बढी पेन्सनको लोभ- मुख्य सचिव सुवेदी राजीनामा नदिई एडीबीको जागिरमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
४५ पटक हेरिएको
Shares
बढी पेन्सनको लोभ- मुख्य सचिव सुवेदी राजीनामा नदिई एडीबीको जागिरमा

सारांश

  • काठमाडौं ।
  • मुख्य सचिव सोमलाल सुवेदी निवृत्तिभरण (पेन्सन) बढाउनका लागि राजीनामै नदिईकन एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक पदमा जागिर खान लागेका छन् ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार निजामती प्रशासनकै नेतृत्व गरिरहेका सुवेदीले थप ३ वर्ष सेवा गरेबराबरको पेन्सन बढाउने लोभमा आफ्नो पद अतिरिक्त समूहमा राखी एडीबीको ३ वर्षे जागिरमा जान लागेका हुन् ।

काठमाडौं । मुख्य सचिव सोमलाल सुवेदी निवृत्तिभरण (पेन्सन) बढाउनका लागि राजीनामै नदिईकन एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक पदमा जागिर खान लागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार निजामती प्रशासनकै नेतृत्व गरिरहेका सुवेदीले थप ३ वर्ष सेवा गरेबराबरको पेन्सन बढाउने लोभमा आफ्नो पद अतिरिक्त समूहमा राखी एडीबीको ३ वर्षे जागिरमा जान लागेका हुन् । उनी साउन १ देखि पद सम्हाल्न एडीबीको मुख्यालय फिलिपिन्सको मनिला जाँदै छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ । सुवेदीको पेन्सन बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रिपरिषद्समेत सहयोगी बनिदिएको स्रोतले जनायो । देउवा र मन्त्रिपरिषद्ले एडीबीमा जागिर खान जान लागेका सुवेदीको राजीनामा माग्नुको सट्टा उनको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिदिएको छ ।

मन्त्रिपरिषद्को जेठ ४ को बैठकले सुवेदीको मुख्य सचिव पद जेठ २८ (बिहीबार) देखि लागू हुने गरी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय गरिदिएको हो । उनले काज बिदामै रहेर एडीबीको जागिर खानेछन् । २०७२ साउन २० मा मुख्य सचिवमा बढुवा भएका सुवेदीको तीनवर्षे कार्यकाल २०७५ साउन २० सम्म रहनेछ ।

एडीबीको वैकल्पिक कार्यकारी निर्देशकमा जागिर खाँदा पनि अब सुवेदीको मुख्य सचिव पद यथावत् रहनेछ । मुख्य सचिवको बाँकी कार्यकाल पूरा गर्दा सुवेदीको एक वर्षको पेन्सन सुविधा बढ्नेछ । पदावधि सकिनु एक साताअघि ‘स्वैच्छिक’ राजीनामा दिँदा थप दुई वर्ष सेवा गरेबापतको पेन्सन पाइने व्यवस्था निजामती ऐन तथा नियमावलीमा छ ।

एक वर्षअगाडि नै राजीनामा दिँदा बाँकी एक वर्षको पेन्सन पाइने छैन भने ‘स्वैच्छिक अवकाश’ का नाममा निजामती कानुनको लुप होल दुरुपयोग गरी थप दुई वर्ष सेवा गरेबापतको पेन्सनसमेत पाइँदैन । प्राय: सबैजसो मुख्य सचिव र सचिवहरूले अनिवार्य अवकाश पाउने एक साताअघि राजीनामा दिएर यो कानुनी व्यवस्थाअनुसार थप दुई वर्ष सेवा गरेबराबरको पेन्सन लिने प्रवृत्ति छ । ‘सुवेदीले राजीनामा नदिईकन एडीबीमा जागिर खान जाँदा थप तीन वर्ष सेवा गरेबापतको पेन्सन पाउने छन् ।

राजीनामा नदिएकै कारण उनले अहिलेको हिसाबमा झन्डै ४५ सय रुपैयाँ बढी पेन्सन पाउने छन् । बढी पेन्सन पाउनकै लागि उनले राजीनामा नदिएका हुन्,’ एक उच्च अधिकारीले भने । यसबारे प्रतिक्रिया लिन खोज्दा सुवेदी उपलब्ध भएनन् । पूर्वमुख्य सचिव विमल कोइरालाले मुख्य सचिवजस्तो निजामती प्रशासनको सबभन्दा माथिल्लो तहमा रहेका व्यक्तिले पेन्सन बढाउनकै लागि राजीनामा नदिई एडीबीमा जागिर खान जानु गलत भएको टिप्पणी गरे ।

‘मुख्य सचिवजस्तो मान्छेले थप पेन्सनको लोभ नगरेको भए राम्रो हुन्थ्यो,’ उनले कान्तिपुरसित भने । मुख्य सचिव सुवेदी सहसचिव सरहको पदमा जानुसमेत नसुहाउँदो भएको र त्यसले गलत नजिर बसाउने सरकारी अधिकारीहरूको भनाइ छ । ‘एडीबीमा तीन वर्षसम्म आकर्षक तलबसुविधा पाइन्छ, त्यसैको लोभमा सुवेदीले मुख्य सचिवजस्तो पदको महत्त्व र गरिमा बिर्सेर सहसचिव जाने पदमा जान लागेका हुन्,’ ती अधिकारीले भने ।

‘एडीबीको वैकल्पिक कार्यकारी निर्देशक सहसचिव जाने पद हो । नेपालबाट उक्त पदमा धेरै पटक सहसचिव गएका छन् । केही पूर्वसचिवसमेत उक्त पदमा गएका उदाहरण छन् । अरू देशबाट समेत त्यो पदमा सहसचिव नै जाने गरेका छन्,’ कोइरालाले भने ।

मन्त्रिपरिषद्ले गत फागुन १७ मा सुवेदीलाई एडीबीको वैकल्पिक कार्यकारी निर्देशकमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । एडीबीबाट सहमति आएपछि सुवेदी साउन १ देखि हाजिर हुने गरी मनिला जाने भएका हुन् । उनी मंगलबारदेखि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट औपचारिक रूपमा बिदाइ भइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी
माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी
लक्ष्मीपूजापछिको साँझमा गाईघाट (फोटो फिचर)
लक्ष्मीपूजापछिको साँझमा गाईघाट (फोटो फिचर)
बेरोजगार युवालाई मासिक २ हजार दिने निर्णयको तयारीमा प्रधानमन्त्री देउवा
बेरोजगार युवालाई मासिक २ हजार दिने निर्णयको तयारीमा प्रधानमन्त्री देउवा
के छ बामदेव गौतमको फरकमतमा ? पूर्णपाठ पढ्नुहोस् !
के छ बामदेव गौतमको फरकमतमा ? पूर्णपाठ पढ्नुहोस् !
सरकारले दुई तिहाईको बलमा आतंक शुरु गर्यो:  गगन थापा
सरकारले दुई तिहाईको बलमा आतंक शुरु गर्यो: गगन थापा
उच्च वायु मण्डलमा न्यूनचापीय क्षेत्रको विकासले देशभर माैसम बद्ली
उच्च वायु मण्डलमा न्यूनचापीय क्षेत्रको विकासले देशभर माैसम बद्ली
पत्नी भेट्न विश्वकपबाट सुटुक्क लण्डन पुगे बिराट कोहली
पत्नी भेट्न विश्वकपबाट सुटुक्क लण्डन पुगे बिराट कोहली
ब्यारेकका लागि स्थान पाएन सशस्त्रले
ब्यारेकका लागि स्थान पाएन सशस्त्रले
जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान
जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान
केरलामा कोरोनाः तीन हजार २५२ जना निगरानीमा
केरलामा कोरोनाः तीन हजार २५२ जना निगरानीमा