बनेपाको स्कुलको होस्टलमा वेहोस भएर एकजना बिधार्थीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ९, २०७३
|
|
१८४ पटक हेरिएको
Shares
बनेपाको स्कुलको होस्टलमा वेहोस भएर एकजना बिधार्थीको मृत्यु

सारांश

  • काभ्रेपलाञ्चोक, फागुन ९ बनेपा नगरपालिका–५ स्थित ज्ञानकुन्ज बोर्डिङ स्कुलको होस्टेलमा सोमबार बेहोस अवस्थामा फेला परेका सोही स्कुलको कक्षा १० मा अध्यनरत उग्रतारा जनगाल–८ बस्ने १७ वर्षीय कृष्णराम पुर्कोटीको उपचारको लागि शिर मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
  • आइतबार बेलुका खाना खाई सुतेका पुर्कोटी बिहान उठाउने क्रममा बेहोस अबस्थामा फेला परेका थिए ।
  • तस्बिर बलराम घिमिरे को फेसबुक बाट  सोही बिषयलाई लिएर मृतकका आफन्तले स्कूलको मुलगेट, प्रतिक्षालय, स्कूलको झ्यालको शिशा तोडफोड गरेकोले प्रहरीले हवाई फायर समेत गरी स्थितिलाई नियन्त्रणमा लिएको छ ।

काभ्रेपलाञ्चोक, फागुन ९

बनेपा नगरपालिका–५ स्थित ज्ञानकुन्ज बोर्डिङ स्कुलको होस्टेलमा सोमबार बेहोस अवस्थामा फेला परेका सोही स्कुलको कक्षा १० मा अध्यनरत उग्रतारा जनगाल–८ बस्ने १७ वर्षीय कृष्णराम पुर्कोटीको उपचारको लागि शिर मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । आइतबार बेलुका खाना खाई सुतेका पुर्कोटी बिहान उठाउने क्रममा बेहोस अबस्थामा फेला परेका थिए ।

तस्बिर बलराम घिमिरे को फेसबुक बाट 

सोही बिषयलाई लिएर मृतकका आफन्तले स्कूलको मुलगेट, प्रतिक्षालय, स्कूलको झ्यालको शिशा तोडफोड गरेकोले प्रहरीले हवाई फायर समेत गरी स्थितिलाई नियन्त्रणमा लिएको छ । सो क्रममा २ जना प्रहरी कर्मचारी सामान्य घाइते भएकोले उपचारको लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौं पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ|

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?