बलात्कारीलाई जन्मकैद सजाय
सारांश
- सुर्खेत, २ पुस ।
- सुर्खेत जिल्ला अदालतले बालिका बलात्कार गरी हत्या गर्ने ३ जनालाई जन्मकैद सजायको फैसला सुनाएको छ ।
- सुर्खेत पञ्चपुरीकी गोरीकला रोकायको हत्यामा संलग्न पञ्चपुरीका लक्ष्मीप्रसाद बास्तोला, खुमप्रसाद बास्तोला र दैलेख घर भई सुर्खेतमा कार्यरत ट्राफिक प्रहरी हरिप्रसाद कोइरालालाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरी हिजो जन्मकैदको फैसला सुनाएको हो ।
सुर्खेत, २ पुस । सुर्खेत जिल्ला अदालतले बालिका बलात्कार गरी हत्या गर्ने ३ जनालाई जन्मकैद सजायको फैसला सुनाएको छ ।
सुर्खेत पञ्चपुरीकी गोरीकला रोकायको हत्यामा संलग्न पञ्चपुरीका लक्ष्मीप्रसाद बास्तोला, खुमप्रसाद बास्तोला र दैलेख घर भई सुर्खेतमा कार्यरत ट्राफिक प्रहरी हरिप्रसाद कोइरालालाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरी हिजो जन्मकैदको फैसला सुनाएको हो ।
फैसलाअनुसार उनीहरुलाई ३२ वर्षको जेल सजाय तोकिएको छ । हत्या र जबरजस्ति करणीको अभियोग पुष्टि गर्दै अदालतले २० वर्ष जन्मकैद सँगै थप १२ वर्ष कैद सजाय तोकेको हो । जिल्ला न्यायाधीश धु्रवकुमार शाहको एकल इजलासले गोरीकला हत्याको फैसला सुनाएको हो ।
अदालतको फैसलाअनुसार अभियुक्त तीनैजनाले जबरजस्ति करणी महल १० नम्बर अनुसार १ लाख रुपैयाँ क्षतिपूर्तिसमेत तिर्नुपर्ने अदालतले जनाएको छ । सूर्यप्रकाश माध्यामिक विद्यालय पञ्चपुरी–४, पलैटेबाट एसइई दिन बाबियाचौर पुगेकी गोरीकलाको २०७४ साल चैत १३ गते हत्या भएको थियो ।
प्रतिक्रिया