बसको ठक्करवाट वृद्धाको मृत्यु
सारांश
- माधव बेल्वासे कपिलवस्तु चन्द्रौटा पुष १६ कपिलवस्तुको वहादुरगंजमा सवारी दुर्घटनामा परी एक वृद्धाको ज्यान गएको छ ।
- कृष्णनगर नगरपालिका वडा नं ८ वहादुरगंज स्थित चन्द्रौटा कृष्णनगर सडकखण्डमा बिहान पौने १२ बने सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
- चन्द्रौटा बाट कृष्णनगर तर्फ जादै गरेको लु १ ख ६९०९ नम्बरको बसले बाटो काट्दै गरेकी ७५ वर्षीय शरमति कोरीको ज्यान गएको इलाका प्रहरी कार्यलय गणेशपुरले जनाएको छ ।
माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा पुष १६
कपिलवस्तुको वहादुरगंजमा सवारी दुर्घटनामा परी एक वृद्धाको ज्यान गएको छ । कृष्णनगर नगरपालिका वडा नं ८ वहादुरगंज स्थित चन्द्रौटा कृष्णनगर सडकखण्डमा बिहान पौने १२ बने सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चन्द्रौटा बाट कृष्णनगर तर्फ जादै गरेको लु १ ख ६९०९ नम्बरको बसले बाटो काट्दै गरेकी ७५ वर्षीय शरमति कोरीको ज्यान गएको इलाका प्रहरी कार्यलय गणेशपुरले जनाएको छ । वस अनियन्त्रीत भई विपरित दिशा वाट आएको साइकल लाई समेत ठक्कर दिएको थियो ।
साईकल यात्री बिष्णु रहिदासको उपचार भईरहेको र अवस्था सामान्यमा रहेको बताइएको छ । ठक्कर दिने बसका चालक र बस प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी निरिक्षक नविन पौडेलले वताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया