बाँकी चार कम्युनिष्ट पार्टी पनि पार्टी एकताको प्रक्रियातिर
सारांश
- काठमाडौं, ९ चैत ।
- नेपालको कम्युनिष्ट तथा वामपन्थी आन्दोलनमा ध्रुवीकरणको प्रक्रिया तीब्र बनेको छ ।
- नेपालका दुई ठूला वामपन्थी पार्टीहरु एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बनेको छ भने छिटै एकताको घोषणा हुने भनिएको छ ।
काठमाडौं, ९ चैत । नेपालको कम्युनिष्ट तथा वामपन्थी आन्दोलनमा ध्रुवीकरणको प्रक्रिया तीब्र बनेको छ । नेपालका दुई ठूला वामपन्थी पार्टीहरु एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बनेको छ भने छिटै एकताको घोषणा हुने भनिएको छ ।
यता, बाँकी रहेका चारवटा कम्युनिष्ट पार्टीहरु पनि एकता प्रक्रियातिर कदम चालेका छन् । यसक्रममा आज मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल), मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बीच बैठक बसेको छ ।
उक्त बैठकले पार्टी एकताका लागि आधार तयार पार्न छलफल र बहस गर्दै जाने निर्णय गरेको छ । सहमति भएका विषयमा संयुक्त आन्दोलन गर्ने र आन्दोलनका ठोस कार्यक्रम बनाउन अर्को बैठक बस्ने निर्णय भएको मसालका महामन्त्री मोहनविक्रम सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Krishna Thakuri
तिमीहरूकाे एकता भनेको जन्तालाई सु ख दिने उदेश्यले होइन दु ख दिने हो
Prem Raj Giri
चारवटा पाटि ऐकभयाेभने अाफुपनि माअाेबादि बन्नुपर्छ हाेला ।