दुई दिनदेखि बाँकेका सबै अस्पताल बन्द

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७४
|
|
३६ पटक हेरिएको
Shares
दुई दिनदेखि बाँकेका सबै अस्पताल बन्द

सारांश

  • नेपालगन्ज: बरिष्ठ चिकित्सक डा.
  • श्याम सुन्दर यादव माथि हातपात र अस्पतालमा तोडफोडको विरोधमा चिकित्सकहरुले बाँकेका सबै अस्पताल बन्द गरेका छन्।
  • नेपाल चिकित्सक संघ भेरीको आह्वानमा मंगलबारदेखि अस्पतालको आपतकालीन सेवा बाहेक सबै सेवा बन्द गरिएको छ।

नेपालगन्ज: बरिष्ठ चिकित्सक डा. श्याम सुन्दर यादव माथि हातपात र अस्पतालमा तोडफोडको विरोधमा चिकित्सकहरुले बाँकेका सबै अस्पताल बन्द गरेका छन्। नेपाल चिकित्सक संघ भेरीको आह्वानमा मंगलबारदेखि अस्पतालको आपतकालीन सेवा बाहेक सबै सेवा बन्द गरिएको छ।

नेपालगन्जका मेडिकल कलेज, निजी अस्पताल र बन्द गरिएका छन्। संघका आजीवन सदस्य एवं भेरी अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा. यादवमाथि आक्रमणको प्रयास भएको र आक्रमण प्रयास गर्ने ब्यक्तिलाई कारवाही नभएको भन्दै भेरी अंचल अस्पतालका चिकित्सकले ओपीडी सेवा समेत बन्द गरेका हुन्।

डा. यादवले संचालन गरेको ‘माँ जानकी’ अस्पतालमा विरामीका आफन्तले आक्रमण प्रयास गरेको र कारवाहीको माग गर्दै किटानी जाहेरी दिँदासमेत बेवास्ता गरिएकाले सुरक्षाको माग गर्दै आन्दोलन शुरु गरिएको संघका सचिव डा.आरके झाले जानकारी  दिनुभयो।

विज्ञप्ती जारी गर्दै उनले चिकित्सकमाथि आक्रमणको प्रयास गर्नेलाई कारवाही र सुरक्षा व्यवस्था नमिलाएसम्म सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। गत असार २८ गते माँ जानकी अस्पतालका चिकित्सक यादवमाथि दुव्र्यवहार भएको थियो ।

संघले सो घटनामा सन्दीप सिंह, यादव बस्याल, कमल शाही र महेश खतिवडाको नाममा किटानी जाहेरी दिएको छ । कोहलपुर नगरपालिका १० का ४९ बर्षिय नारायण भट्टराईलाई बैशाख २९ गते उपचारका लागि नेपालगन्जको माँ जानकी अस्पतालमा भर्ना गरिएको थियो ।

डा. यादवले अन्यत्र रिफर गरेपछि उहाँलाई भारतको लखनउका बिभिन्न अस्पताल हुदै, नेपालगन्ज मेडिकल कलेज र अन्त्यमा राजधानीको बि एण्ड बि अस्पतालमा उपचारका लागि पुर्याउदा चिकित्सकले भट्टराईको  खुट्टा काट्नु परेको थियो  । बिरामीको खुट्टा काटेपछि आक्रोशित स्थानीय माँ जानकी अस्पतालपुग्दा घटना भएको  थियो ।

डा. श्यामसुन्दर यादवकी छोरी डा. अनितालाई समेत धम्की दिइएको दावी चिकित्सक संघको छ । यसैबीच चिकित्सक संघको आन्दोलनप्रती नसिंङ संघले पनि ऐक्यवद्धता जनाएको छ । अस्पतालका सेवा बन्द भएपछि उपचारका लागि टाढा–टाढाबाट नेपालगन्ज आएका बिरामी र तिनका आफन्तले सास्ती भोग्नुपरेको छ । जसले विरामीहरु विचल्लीमा परेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ : महासचिव पोखरेल
सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ : महासचिव पोखरेल
ट्याक्सी मिटरमा जान नमानेमा १०३ मा फोन गर्नुस्, ९८५१२९५१०० मा एसएमस
ट्याक्सी मिटरमा जान नमानेमा १०३ मा फोन गर्नुस्, ९८५१२९५१०० मा एसएमस
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
माछाको तेल आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने
माछाको तेल आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने
एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने
एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने
पूर्वीनाकाबाट मात्रै गत आवमा छ अर्ब ३० करोड रुपैयाँ बराबरको तरकारी र फलफूल आयात
पूर्वीनाकाबाट मात्रै गत आवमा छ अर्ब ३० करोड रुपैयाँ बराबरको तरकारी र फलफूल आयात
भोलीदेखि इन्टरनेटको मुल्य बढ्ने
भोलीदेखि इन्टरनेटको मुल्य बढ्ने
नेपालमा परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै, संसदमा विधेयक दर्ता
नेपालमा परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै, संसदमा विधेयक दर्ता
कोच दीपले स्टिल गरेका सिडीविजय अधिकारी बने पहिलो ‘द भ्वाइस अफ नेपाल’
कोच दीपले स्टिल गरेका सिडीविजय अधिकारी बने पहिलो ‘द भ्वाइस अफ नेपाल’
Which in turn Dating Web page Is the Best? Reviews of Top rated Online Dating Offerings