बागलुङ समाज दोहा कतारको अध्यक्षमा पौडेल
सारांश
- दोहा, १९ चैत ।
- “बागलुङवासीको चाहना : स्वदेशमा समृद्धिको कामना” भन्ने मूल नाराका साथ बागलुङ सेवा समाज दोहा कतारको १० औं अधिवेशन तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
- गल्फ होराइजन होटेलको सभाहलमा भएको अधिवेशनबाट सागर पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
दोहा, १९ चैत । “बागलुङवासीको चाहना : स्वदेशमा समृद्धिको कामना” भन्ने मूल नाराका साथ बागलुङ सेवा समाज दोहा कतारको १० औं अधिवेशन तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गल्फ होराइजन होटेलको सभाहलमा भएको अधिवेशनबाट सागर पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
समितिमा प्रथम उपाध्यक्ष नगेन्द्रबहादुर पौडेल, द्वितीय उपाध्यक्ष छम परियार, सचिव टीका कार्की, सहसचिव बाबुराम गैरे, कोषाध्यक्ष सन्तोष पौडेल, सहकोषाध्यक्ष सत्यिकीप्रताप सिंह, सदस्यहरु घनश्याम तिवारी, उमानन्द शर्मा, दीपक सेन्चुरी, टेक रसाइली, तिलबहादुर खत्री रहेका छन् । बाँकी सदस्य कार्य समितिको बैठकले मनोनयन गर्ने बताइएको छ ।
दीप प्रज्वलन, व्यानर अनावरण र नेपाली राष्ट्रिय गानबाट सुरु भएको अधिवेशन तथा विविध साँस्कृतिक कार्यक्रम समाजका अध्यक्ष चन्द्रकान्त शर्माको सभापतित्व तथा नेपाली राजदूतावास दोहा कतारका नियोग उपप्रमुख मणिरत्न शर्माको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले दूतावासले कतारमा कार्यरत श्रमिकहरुको सुविधाको लागि दूतावासको आधिकारिक फेसबुक पेज र दूतावासका केही कर्मचारीहरुको मोबाइलमा आफूलाई परेका समस्याहरुको उजुरी गर्न सकिने व्यवस्था गरेको जनाउँदै समस्याको प्रकृति हेरी तत्काल उद्धार गर्न सकिने जानकारी गराए ।
अतिथि शर्माले आगामी महिनाको १२, १३ र १४ का दिन एमआइए पार्कमा नेपालसहित सार्क राष्ट्रहरुको संयुक्त आयोजनामा कला, सँस्कृति र खाना महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।
सरिता थापाको “डाफे जस्तै नाची हिमाल जस्तै हाँसी” भन्ने गीतको स्वागत नाचसँगै सुरु भएको साँगीतिक माहोलमा सहजीकरण (सञ्चालन) समाजका सल्लाहकार छम परियारले गरेका थिए । कतारका स्थानीय कलाकार दीपक सेन्चुरी, शरद पाण्डे, घनश्याम तिवारी र युवराज छन्त्यालको लोकगीत प्रस्तुति रहेको थियो भने टेक रसाइलीको समूहले सामूहिक नृत्य र जेनिभरको एकल नृत्य रहेको थियो ।
लोकगायक तथा सञ्चारकर्मी खगेन्द्र बिक, लोकदोहोरी गायिका शान्तीश्री परियार, बसन्त थापा, देविका केसी, युवराज छन्त्याल, खगेन्द्र बिकबीच घम्साघम्सी दोहोरी पनि चलेको थियो । समापन कार्यक्रममा बोल्दै चन्द्रकान्त शर्माले धन्यवाद ज्ञापन गरेका थिए । ३ सय भन्दा बढी दर्शक र ५० भन्दा बढी संघसंस्थाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन समाजका प्रथम उपाध्यक्ष सागर पौडेल रहेको थियो भने समाजका द्वितीय उपाध्यक्ष नगेन्द्र बहादुर पौडेलले स्वागत गरेका थिए ।
प्रतिक्रिया