बैंकले पैसा दिनछाडेपछि पोखरामा जग्गाको कारोबार चौपट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
बैंकले पैसा दिनछाडेपछि पोखरामा जग्गाको कारोबार चौपट

सारांश

  • राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइ गरेपछि कास्कीमा जग्गाको कारोबार खस्केको छ ।
  • जसको प्रभाव मालपोत कार्यालयले संकलन गर्ने राजश्वमा समेत परेको छ ।
  • जिल्ला मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत ऋषिराम सुबेदीले अघिल्लो बर्षको तुलनामा कारोबार र राजश्व दुबैमा गिरावट आएको जानकारी दिए ।

राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइ गरेपछि कास्कीमा जग्गाको कारोबार खस्केको छ । जसको प्रभाव मालपोत कार्यालयले संकलन गर्ने राजश्वमा समेत परेको छ । जिल्ला मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत ऋषिराम सुबेदीले अघिल्लो बर्षको तुलनामा कारोबार र राजश्व दुबैमा गिरावट आएको जानकारी दिए ।

उनका अनुसार बैंकहरुले कर्जामा कडाई गरेसँगै जग्गाको कारोबारमा पनि मन्दी आएको छ । जग्गाको न्युनतम लागत मूल्यांकन आर्थिक वर्ष २०७२÷०७३ को तुलनामा २५ देखि ५० प्रतिशतसम्म बढ्ता भएपनि आर्थिक वर्ष २०७३÷०७४ मा राजश्व घटेको हो । मालपोत अधिकृत सुवेदीका अनुसार यो वर्ष मालपोत कार्यालयबाट ३४ हजार ३ सय ५६ लिखत पास भएको छ । यसबाट १ अर्ब २२ करोड ७० लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

 

गत चैत्रबाट लेखनाथमा समेत मालपोत कार्यालय खुलेर कारोबार भएको थियो । त्यहाँको १० करोड रुपैयाँ जोडिएको छ । आर्थिक वर्ष २०७२÷७३मा जम्मा ४२ हजार ४ सय ५९ लिखत पास भएको थियो । जसबाट १ अर्व ४० करोड ८८ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । आर्थिक वर्ष २०७२÷७३ को तुलनामा २०७३÷०७४मा ८ हजार १ सय ३ लिखत कम पास भएको हो । यसैगरी अघिल्लो वर्षको तुलनामा १८ करोड १८ लाख रुपैयाँ राजश्व कम उठेको हो ।

 

गत मंसिरमा बैंक वित्तिय संस्थामा क्रेडिट क्रन्चको अवस्था आएपछि घर जग्गाको कारोबारमा सुस्तता आएको हो । अहिले देशभरमै जग्गाको घरजग्गाको कारोबार स्थीर र खस्कदो अवस्था मै छ । कास्कीमा जग्गामा बैंकहरुको लागानी पछिल्लो समय फाट्ट फूट्ट हुनेगरेको भएपनि नगन्य छ । अहिले पनि ऋण माग्दै आउने नयाँ ग्राहकलाई बैंक तथा बित्तीय संस्थाहरुले निराश बनाएरै पठाउनु परेको छ ।

 

नेपाल डेभलपमेन्ट बैंकर्श एसोसिएसनका निवर्तमान अध्यक्ष एवं कृष्णराज लामिछानेले अझै डेढ देखि २ बर्षसम्म बैंक तथा बित्तीय संस्थाहरुको ब्याजदर पुरानो अवस्थामा फर्कन नसक्ने र जग्गाको कारोबार र मूल्य समेत आरालोमा रहने तर्क गर्छन् । लामिछानेले दुईवटा कारणले जग्गाको मूल्यमा गिरावट आउने प्रष्टाए । बैंक तथा वित्तीय क्षेत्रले जग्गामा लगानी नगर्दा क्याँसमा कारोबार गर्न सम्भव नरहेको उनको तर्क छ । त्यसैगरी लगानी उत्पादनसिल क्षेत्रमा आकर्षित भएकाले जग्गामा लगानी अब कम नै हुने उनको प्रष्टोक्ति छ ।

 

अर्थशास्त्रका उपप्रध्यापक समेत रहेका ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी समेत लामिछानेको कुरामा सहमत देखिए । उनले साविकको पोखरा क्षेत्रमा जग्गाको कारोबार स्थीर रहने र लेखनाथ क्षेत्रमा कारोबार र मूल्यमा गिरावट आउन सक्ने दावी गरे । राष्ट्रबैंकले दिएको सिमा अनुरुप दुई वर्ष अगाडिसम्म लागतको ७० प्रतिशतसम्म लगानी गरेका बेंक वित्तिय संस्थाले अघिल्लो वर्ष ६० प्रतिशतसम्म लगानी गरे । अनुत्पादक क्षेत्रमा लगानी बढेसंगै राष्ट्रबैंकले घरजग्गामा कडाई ग¥यो ।

 

पछिल्लो मौद्रीक नीति अनुरुप लागतको ५० प्रतिशत मात्र बैंकले लगानी गर्न पाउँछ । त्यसमा पनि बित्तिय संस्थाको जम्मा लगानी योग्य रकमको १० प्रतिशत मात्र लगानी गर्न पाउँछन् । देशमा उत्पादकत्व बढाउन र आयात प्रतिस्थापन गर्न राष्ट्रबैंकले लिएको यो नीति सही रहेको ओम डेभलपमेन्ट बैंकका सिइओ अधिकारीको भनाई छ । अझै कम्तिमा पनि ६ महिनासम्म बैंक वित्तिय संस्थाले जग्गामा लगानी गर्न नसक्ने उनको प्रष्टोक्ति छ ।

 

गण्डकी जग्गा तथा आबास विकास संघ पोखराका सल्लाहकार यदुनाथ अधिकारीले पनि घरजग्गामा कारोबार खस्कदो रहेको स्वीकार गरे । पोखरा उद्योग वाणिज्य संघको कार्यकारीणि सदस्य समेत रहेका अधिकारीले बिकास बजेटको खर्च सन्तोष जनक नभएको, निर्वाचनका बेला समेत अर्थतन्त्रको चलायमान अपेक्षित नहुँदा कारोबार खस्केको धारणा राखे । अब सबै चरणका निर्वाचन भएर राजनीतिक स्थीरता आएपछि कारोबारले गति लिने उनको अपेक्षा छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ
एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत
एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत
संशोधन प्रस्ताव फेल गराउन एमालेसहितको ९ दल फेरि सक्रिय
संशोधन प्रस्ताव फेल गराउन एमालेसहितको ९ दल फेरि सक्रिय
एक क्विन्टल गाँजा बरामद
एक क्विन्टल गाँजा बरामद
भारतीय सेनाको नयाँ प्रमुखमा लेफ्टिनेन्ट जनरल मनोज पाण्डे
भारतीय सेनाको नयाँ प्रमुखमा लेफ्टिनेन्ट जनरल मनोज पाण्डे
भ्रष्टाचारको जालो अन्त्य नगर्दासम्म मुलुकको विकास र समृद्धि हुन्नः उपप्रधानमन्त्री श्रेष्ठ
भ्रष्टाचारको जालो अन्त्य नगर्दासम्म मुलुकको विकास र समृद्धि हुन्नः उपप्रधानमन्त्री श्रेष्ठ
एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता
एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता
जनताले वाम गठबन्धनलाई जिताउनुपर्छ : महासचिव पोखरेल
जनताले वाम गठबन्धनलाई जिताउनुपर्छ : महासचिव पोखरेल
चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
सञ्चारमाध्यमले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ : महामन्त्री थापा
सञ्चारमाध्यमले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ : महामन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?