बैशाख ९ गते एमाले–माओवादी पार्टी एकता घोषणा हुन्छ : नेता श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १७, २०७४
|
|
३१ पटक हेरिएको
Shares
बैशाख ९ गते एमाले–माओवादी पार्टी एकता घोषणा हुन्छ : नेता श्रेष्ठ

सारांश

  • राजेन्द्र न्यौपाने पालुङ्टार, १७ चैत ।
  • नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ “प्रकाश”ले २०७५ सालको बैशाख ९ गते एमाले र माओवादी पार्टीबीच एकताको घोषणा हुने बताएका छन् ।
  • एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने र आफ्नै झण्डा विधान रहने उनले बताए ।

राजेन्द्र न्यौपाने

पालुङ्टार, १७ चैत । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ “प्रकाश”ले २०७५ सालको बैशाख ९ गते एमाले र माओवादी पार्टीबीच एकताको घोषणा हुने बताएका छन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने र आफ्नै झण्डा विधान रहने उनले बताए ।

पालुङटार नगरपालिका– ६ स्थित तालदेवी युवाक्लवले गरेको बृहत साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले भने, समाज र विकास विरोधी बाहेकका सबै कामहरु गर्न अहिलेको कम्युनिष्ट सरकार तयार छ । यसका लागि हामी बैशाख ९ गते नै पार्टी एकता घोषणा गर्ने तयारीमा जुटेका छौं । यो देशको विकास र समृद्धिको फल सबै नेपाली जनतालाई दिनका लागि कम्युनिष्ट सरकार आतुर रहेको भनाइ श्रेष्ठको छ । त्यसका लागि आफू केही दिन काठमाडौ रहने उनले बताए ।

यसअघि गोरखा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचनमा पराजित भएका नेता श्रेष्ठ पछिल्ला समय यस क्षेत्रमा आयोजना हुने विद्यालयका वार्षिक उत्सवदेखि युवा क्लवका साँस्कृतिक कार्यक्रमहरुमा उपस्थित हुन थालेका छन् ।

सरकारको प्रशंसा गर्दै नेता श्रेष्ठले यो सरकारले रोजगारी ल्याउने र पाँच वर्षभित्र ४० लाख युवाहरुलाई स्वदेशमा नै रोजगारी प्रदान गर्ने बताए । त्यसका पूर्व तयारीका लागि गोरखामा कृषि क्याम्पस, औद्योगिक करिडोर, पालुङटार हवाई मैदान पुन सञ्चालन, बाह्रै महिना चल्ने मोटरबाटो निर्माण गरिने उनले बताए । देशैभरिका जिल्लाहरुमा त्यहाँको आवश्यकता अनुसारका विकास यो सरकारले अगाडि बढाउने नेता श्रेष्ठको भनाई छ ।

आफूलाई मत दिने र चिन्न नसकेर मत दिन नपाउनु भएका सबैलाई धन्यवाद प्रदान गर्दै देशैभरिबाट बाम गठबन्धनलाई विजय गराएर ६ वटा प्रदेशमा सरकार गठन र केन्द्रमा दुई तिहाइको सरकार बनाउन जनादेश दिएकोमा आफूलाई गर्व लागेको बताए ।

विकास कुनै एउटा पार्टी, वर्ग, क्षेत्र, जाति, समुदाय, बस्ती, धर्मका लागि नभै सबैका लागि भएको बताउँदै शहर, नगर, गाउँ सबैका कुुना कुनासम्म विकासका लहर ल्याईने उनको भनाई छ । गुरु योजना बनाएर यो सरकार अगाडि बढ्ने बताउँदै देश विकासमा कसैले पनि व्यावधान खडा गर्न नसक्ने दावी श्रेष्ठको छ । गोरखाका ठूला टारहरुको सिञ्चाईका लागि चेपे र मस्र्याङ्दीका पानी प्रयोग गरिने उनले बताए ।

कार्यक्रममा पालुङटारका उपमेयर पम्फा बसेल, वडा नं. ६ का वडाध्यक्ष गोविन्द बराकोटी लगायतले मन्तव्य राखेका थिए । स्थानीय कलाकारका साथै राष्ट्रिय कलाकारहरु मिलन लामा, अमृता लुङ्गेली मगर लगायतले कार्यक्रममा सहभागीहरुलाई कला सँस्कृति मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Dalbahadur Rawat

    एकता छिट्टै हुनछ भन्दाभन्दै तीन मैना पुगेको अबस्थामा एकता भय पनि अाकाश खस्ने हाेइन कसले रोकेको छ र

    Comment Author

    Purna Thami

    Tq! Kamred N.K.S!!

    Comment Author

    Amma Pandey

    Mero phoo

    Comment Author

    Dharam Raj Khamal

    औलिबाट पर्चन्डले के

    Comment Author

    Arktiy Uprety

    Good✊✊✊✊✊✊✊

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाका नेताविरुद्ध अदालत जाने दिगम्बर झाको चेतावनी, भ्रष्ट प्रमाणित गर्न चुनौती
नेकपाका नेताविरुद्ध अदालत जाने दिगम्बर झाको चेतावनी, भ्रष्ट प्रमाणित गर्न चुनौती
रक्षामन्त्री पोखरेल किन पुगे कालापानी क्षेत्र ? कुटनीतिक वृत्तमा आलोचना
रक्षामन्त्री पोखरेल किन पुगे कालापानी क्षेत्र ? कुटनीतिक वृत्तमा आलोचना
राष्ट्रपतिबाट गौरा पर्वको शुभकामना
राष्ट्रपतिबाट गौरा पर्वको शुभकामना
भ्रष्टचारमा को पर्छ भनेर अनुहार हेर्दिनँः प्रधानमन्त्री
भ्रष्टचारमा को पर्छ भनेर अनुहार हेर्दिनँः प्रधानमन्त्री
भुटानसँग पाँच वर्षमा रु एक खर्ब व्यापार घाटा
भुटानसँग पाँच वर्षमा रु एक खर्ब व्यापार घाटा
‘तेरा घाटा…’ गायक गजेन्द्र वर्माको कन्सर्ट नेपालमा हुदैँ
‘तेरा घाटा…’ गायक गजेन्द्र वर्माको कन्सर्ट नेपालमा हुदैँ
महानगरको २६ र २९ नं वडामा एमालेको प्यानल विजयी
महानगरको २६ र २९ नं वडामा एमालेको प्यानल विजयी
परदेशिले मध्यरात मै छाडेर गएपछी गायिका प्रतिक्षाको बिलौना
परदेशिले मध्यरात मै छाडेर गएपछी गायिका प्रतिक्षाको बिलौना
किन जनावरसँग शारिरीक सम्बन्ध राख्न चाहन्छन् मानिस ?
किन जनावरसँग शारिरीक सम्बन्ध राख्न चाहन्छन् मानिस ?
कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप विकास गर्न १८ महिना लाग्ने

तपाईंले छुटाउनुभयो कि?