भक्तपुरको नयाँ बाटोमा साझा बसलाई रूट अनुमति, व्यवसायीको एकाधिकार तोडियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०७४
|
|
७७८ पटक हेरिएको
Shares
भक्तपुरको नयाँ बाटोमा साझा बसलाई रूट अनुमति, व्यवसायीको एकाधिकार तोडियो

सारांश

  • ७ जेठ, काठमाडौं ।
  • साझा यातायातले आफ्नो यात्रु बस सेवा भक्तपुरसम्म नै विस्तार गर्न अनुमति पाएको छ ।
  • ललितपुरको यातायात ब्यवस्थापन समितिले २० वटा साझाका बसलाई भक्तपुरको नयाँ बाटोमा मात्रै चल्ने गरी रुट इजाजत दिएको हो ।

७ जेठ, काठमाडौं । साझा यातायातले आफ्नो यात्रु बस सेवा भक्तपुरसम्म नै विस्तार गर्न अनुमति पाएको छ । ललितपुरको यातायात ब्यवस्थापन समितिले २० वटा साझाका बसलाई भक्तपुरको नयाँ बाटोमा मात्रै चल्ने गरी रुट इजाजत दिएको हो ।

अब स्वयम्भुबाट सीतापाइला- कलंकी- रवीभवन- सोल्टीमोड- कालीमाटी- टेकु- त्रिपुरेश्वर- सहीदगेट- सिंहदरबार- माइतिघर- बबरमहल- नयाँबानेश्वर-मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्यविनायकसम्म सम्म जाने यातायात ब्यवस्था विभागका प्रवक्ता डाा. टोकराज पाण्डेले जानकारी दिए ।

साझाले कोटेश्वरबाट सानोठिमी- पुरानोठिमी- भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागेको थियो । तर, यो रुटमा भने साझाले अनुमति पाएन ।

नयाँ बाटो र पुरानो बाटोमा बस सेवा विस्तारका लागि गत चैतको सुरुवातमै भक्तपुरसम्म रुट इजाजत माग्दै साझाले यातायात ब्यवस्था विभागको साना ठूला सवारी कार्यालयमा आवेदन दर्ता गरेको थियो ।

यातायात ब्यवस्था विभाग साना ठूला सवारी कार्यालयले २० वटा बस नयाँ बाटोमा चल्न पाउने गरी अनुमति दिएको हो ।
योसँगै भक्तपुरको पुरानो बाटोमा अब साझा नजाने पक्का भएको छ । साझा यातायातले पुरानो बाटो र नयाँ बाटोलाई समेटेर कमलविनायकबाट फर्किने गरी १०/१० वटा बस सेवा भक्तपुरसम्म विस्तार गर्न अनुमति मागेको थियो ।

यातायात ब्यवसायीको विरोधका बीच विभागले नयाँ बाटोमा साझाका बस गुडाउने निर्णय गरेको हो । तर, पुरानो बाटोमा रुट इजाजत दिनेबारेमा अध्ययन भइरहेको विभागले जनाएको छ । ब्यवसायीले साझालाई भक्तपुरमा प्रवेशको अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

साझा बसले सेवा थालेपछि आफ्नो एकाधिकार तोडिने डरले ब्यवसायीहरु अत्ताल्लिएर विभागसमक्ष साझाको रुट इजाजत प्रक्रिया रोक्न माग गरेका थिए ।

‘पुराानो बाटोमा भक्तपुर मिनी ब्यवसायी समितिले ४० सिटसम्मका बस चलाउन तयारी गरिरहेको छ,’ विभागका प्रवक्ता पाण्डेले भने,’भक्तपुरमा साझा प्रवेश गरेपछि ब्यवसायी पनि दबावमा परेका छन् । अब सिन्डकेट भन्ने कुनै चिज याहाँ रहँदैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली खेलाडीको अर्को विश्व कीर्तिमान : सन्दिप बने सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी
नेपाली खेलाडीको अर्को विश्व कीर्तिमान : सन्दिप बने सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताकाे सेमिफाइनल र फार्इनल खेल अाज
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताकाे सेमिफाइनल र फार्इनल खेल अाज
यातायात क्षेत्रको सिन्डिकेट हटेन भने राजिनामा दिन्छु: मन्त्री रघुवीर महासेठ
यातायात क्षेत्रको सिन्डिकेट हटेन भने राजिनामा दिन्छु: मन्त्री रघुवीर महासेठ
पहिलो खेलमै रोनाल्डोको गोलले मान्यता पाएन
पहिलो खेलमै रोनाल्डोको गोलले मान्यता पाएन
उपत्यकामा प्रहरीको ‘पर्फरमेन्स अडिट टिम’ गठन
उपत्यकामा प्रहरीको ‘पर्फरमेन्स अडिट टिम’ गठन
विद्युतीय सवारीकाे आयात ६६ प्रतिशतले बढ्यो
विद्युतीय सवारीकाे आयात ६६ प्रतिशतले बढ्यो
बालवीर र छोटा भिम नामक चिप्स गुणस्तरहिन
बालवीर र छोटा भिम नामक चिप्स गुणस्तरहिन
एक अर्व दुर्इ कराेड ५ लाख कर्णाली प्रदेशकाे वजेट (पुर्ण पाठ सहित)
निर्मला पन्त हत्या प्रकरणः कांग्रेसद्धारा संसदमा संकल्प प्रस्ताव पेश
निर्मला पन्त हत्या प्रकरणः कांग्रेसद्धारा संसदमा संकल्प प्रस्ताव पेश
डा.बाबुराम भट्टराईमा एक्कासी किन जाग्यो प्रेम ?
डा.बाबुराम भट्टराईमा एक्कासी किन जाग्यो प्रेम ?