भरतपुर : पछिल्लो मत परिणाम, रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम
सारांश
- चितवन, साउन २१ – भरतपुर महानगरपालिका वडा नं १९ को फेरि मतदान भएपछि अहिले मतगणना भइरहेको छ ।
- शुक्रबार फेरि मतदान भएपछि राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो ।
- सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ ।
चितवन, साउन २१ – भरतपुर महानगरपालिका वडा नं १९ को फेरि मतदान भएपछि अहिले मतगणना भइरहेको छ । शुक्रबार फेरि मतदान भएपछि राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ ।
पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १९ को २४ सय १० मत गनिसक्दा एमालेका देवी ज्ञवालीले ४१ हजार ७ सय ७४ र माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ५ सय तीन मत प्राप्त गर्नु भएको छ । दाहालले वडा नम्बर १९ मा ज्ञवालीले भन्दा धेरै मत पाएर उहाँसँगको दूरी कम गर्नुभएको छ । अहिले रेणु भन्दा देवी २७१ मतले अघि हुनुहुन्छ ।
पछिल्लो मत परिणाम
- देवी ज्ञवाली–४१७७४
- रेणु दाहाल–४१५०३
पछिल्लो मतपरिणाम अनुसार वडा नम्बर १९ मा रेणु दाहालले अग्रता लिनुभएको छ । तर समग्रमा भने देवी ज्ञवालीको अग्रता कायम नै छ । १९ नम्वर वडाको मत गनेर २० नम्वर वडाको सुरु गर्ने तयारी छ । अब वडा नम्बर १९ को बाँकी केही र वडा नम्बर २० को ३३ सय १८ मत गन्न बाँकी छ ।
पहिलो चरणको मतगणनाका क्रममा गएको जेठ १४ गते राति माओवादी प्रतिनिधिले मत्रपत्र च्यातेका थिए । मतपत्र च्यातिएसँगै रोकिएको वडा नं १९ को मतगणना फेरि मतदानपछि सुरु गरिएको हो । मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा जडान गरिएको छ ।
मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली लगाइएको छ । दलका प्रतिनिधि जालीभित्र रहनेछन् भने बाहिर कर्मचारीले मतगणना गर्नेछन् । राजनीतिक दलका प्रमुख नेतृत्व, उम्मेदवार र गणना हुने वडाका प्रतिनिधिबाहेक अन्य प्रतिनिधि राखिएको छैन ।
प्रतिक्रिया