भरतपोखरीमा पढाइ उत्सवसम्पन्न
सारांश
- पोखरालेखनाथ महानगरपालिकाको भरतपोखरीमा शैक्षिक प्रगतिका लागि पढाइ उत्सव सम्पन्न भएको छ ।
- राष्ट्रिय प्रारम्भिक कक्षा पढाइकार्यक्रम अन्तर्गत यो कार्यक्रम सम्पन्न भएको हो ।
- जिल्ला शिक्षा कार्यालय कास्कीबाट सामुदायिक विद्यालयलाइ लक्षितगरी आयोजित पढाइ उत्सवमा वरपाण्डेथुम स्रोतकेन्द्र अन्तर्गतका१४ सामुदायिक विद्यालयको सहभागिता रहेको उत्सव व्यवस्थापन संयोजक हेमराज अधिकारीले वताए ।
पोखरालेखनाथ महानगरपालिकाको भरतपोखरीमा शैक्षिक प्रगतिका लागि पढाइ उत्सव सम्पन्न भएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइकार्यक्रम अन्तर्गत यो कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला शिक्षा कार्यालय कास्कीबाट सामुदायिक विद्यालयलाइ लक्षितगरी आयोजित पढाइ उत्सवमा वरपाण्डेथुम स्रोतकेन्द्र अन्तर्गतका१४ सामुदायिक विद्यालयको सहभागिता रहेको उत्सव व्यवस्थापन संयोजक हेमराज अधिकारीले वताए ।

पढाइ उत्सवमा पठन प्रतियोगिता र उत्कृष्ट वर्ष अभिभावक सम्मान समेत गरिएकोथियो । पढाइ उत्सवमा १४वटा स्टल रहेका र उत्सव सम्पन्न गर्न विभिन्न समिति समेत गठन गरिएका थिए्। सो अवसरमा जिल्ला शिक्षा कार्यालय कास्कीका उपजिशिअ दिपेन्द्र ढकाललेअबको शिक्षा नयाँनयाँ प्रविधि खोज र अनुसन्धानमा आधारित हुनुपर्नेमा जोड दिए ।
शैक्षिकप्रगति हासिल गर्दै अगाडि बढ्दै पढाइ उत्सव सफल बनाउनका लागि सबैको सहयोग र सहकार्य रहेको स्रोतव्यक्ति हेमराज आचार्यले वताए। बिसिस्ट अतिथी वडा न्ं ३३ का वडा अदक्ष्य शिव प्रसाद आचार्यको उपस्थिती रहेको थियो र सरस्वती टीका मा वि विद्यालय व्यवस्थापन समितिका अदक्ष्य ऋषि राज आचार्यको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया