भारतीय ट्रकले रोकिराखेको बसमा ठक्कर दिँदा ५ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १९, २०७३
|
|
२०८ पटक हेरिएको
Shares

सारांश

  • नवलपरासी कावासेतिमा भारतीय ट्रकले रोकिराखेको बसमा ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ ।
  • पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने मध्यविन्दु नगरपालिककाको चालिसकिलो भन्ने स्थानमा भएको दुर्घटनामा ५ जना यात्रु घाइते भएका छन् ।
  • पश्चिमबाट पूर्वका लागि छुटेको ना ४ ख ३९ ९५ बसलाई युपी ५८ टी ५४७१ को भारतीय ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

नवलपरासी कावासेतिमा भारतीय ट्रकले रोकिराखेको बसमा ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने मध्यविन्दु नगरपालिककाको चालिसकिलो भन्ने स्थानमा भएको दुर्घटनामा ५ जना यात्रु घाइते भएका छन् ।

पश्चिमबाट पूर्वका लागि छुटेको ना ४ ख ३९ ९५ बसलाई युपी ५८ टी ५४७१ को भारतीय ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

बिग्रेर रोकिराखेको बसमा भारतीय नम्बर प्लेटको बसले पछाडिबाट ठक्कर दिएको हो । घटनामा मृत्यु भएका ३ जनाको सनाखत भएको प्रहरीले जानकारी दियो ।

दुर्घटनामा मृत्यु भएका दाङको सिरिगाउँका १६ वर्षीय दलिराम चौधरी, सोही ठाउँका १७ वर्षीय बीरबल चौधरी र सुर्खेत जुमखालाका ३८ वर्षीय हरि रामजाली मगरको सनाखत भएको छ ।

दुर्घटना विहान ३ बजे भएको इलाका प्रहरी कार्यलयले जनाएको छ ।

बसको टायर पञ्चर भएर मर्मत गर्दै गर्दा ट्रकले ठक्कर दिएको प्रहरीले बताएको छ ।

दुर्घटनमा भारतीय ट्रकका चालकको पनि ज्यान गएको छ । उनको सनाखत भएको छैन ।

घाइतेहरुको मध्यविन्दुस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?