भोट हालेर घर नफर्केका पुरुष मृत अवस्थामा फेलापरेका छन् ।
सारांश
- बुटवल सैनामैना वडा नम्बर ७ को देउवापर स्थित नमुना सामुदायिक वनमा शनिबार विहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
- सैनामैना ६ झाला निवासी वर्ष ३८का मेगराज पाण्डे मृत अवस्थामा फेला परेका हुन् ।
- इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी नायव निरिक्षक पदम खड्काका अनुसार १४ गते भोट हालि घर नआएकोले खोज अनुुसन्धान गर्ने क्रममा सामुादायिक वनमा लु २१ प ३९५२ नम्बरको स्कुटीलाई अन्दाजि १५ मिटर डेस्टेन्समा राखी विष सेवन गरि मृत्यु भएको हुन सक्ने आशंका रहेको खड्काले बताए ।
बुटवल सैनामैना वडा नम्बर ७ को देउवापर स्थित नमुना सामुदायिक वनमा शनिबार विहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सैनामैना ६ झाला निवासी वर्ष ३८का मेगराज पाण्डे मृत अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी नायव निरिक्षक पदम खड्काका अनुसार १४ गते भोट हालि घर नआएकोले खोज अनुुसन्धान गर्ने क्रममा सामुादायिक वनमा लु २१ प ३९५२ नम्बरको स्कुटीलाई अन्दाजि १५ मिटर डेस्टेन्समा राखी विष सेवन गरि मृत्यु भएको हुन सक्ने आशंका रहेको खड्काले बताए । प्रहरीले घट्ना स्थलको अनुसन्धान गर्ने क्रममा मृतकको स्कुट भित्र एउटा विषको प्याकेट फेला परेको र उक्त प्याकेटमा रहेको केही विष प्रयोग भएकोले मृत्यु भएको आशका गरेको छ । मृतक पाण्डेलाई पोष्टमार्टमका लागी बुटवल लगिएको प्रहरी जनाएको छ ।घट्नाबारे थप अनुसन्धान भइरहेको सालझण्डीका प्रहरी नायव निरिक्षक पदम खड्काकाले जानकारी दिए ।
प्रतिक्रिया