भ्रमण गएर फर्केका शिक्षक र विद्यार्थी बोकेको बस दुर्घटनामा २१ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
भ्रमण गएर फर्केका शिक्षक र विद्यार्थी बोकेको बस दुर्घटनामा २१ जनाको मृत्यु

सारांश

  • दाङ ।
  • सल्यानको कपुरकोटबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको शिक्षक र विद्यार्थी बोकेको बस शुक्रबार साँझ दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ ।
  • बा४ख ९७६६ नम्बरको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर ३ राम्रीमा दुर्घटना हुँदा तीन महिलासहित २१ जनाको मृत्यु भएको हो ।

दाङ । सल्यानको कपुरकोटबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको शिक्षक र विद्यार्थी बोकेको बस शुक्रबार साँझ दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । बा४ख ९७६६ नम्बरको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर ३ राम्रीमा दुर्घटना हुँदा तीन महिलासहित २१ जनाको मृत्यु भएको हो ।

दाङ घोराहीमा रहेको कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा १५ जना घाइते भएका छन् । मृतकहरुको सनाखत हुन बाँकी छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गम्भीर घाइते ११ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

बस भीरबाट तल खसेको थियो । शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मुलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरी तुलसीपुर फर्कँदै थिए । बसमा ३४ जना विद्यार्थी र दुईजना शिक्षक थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?