मतदाता नामावलीमा नाम लेखाउन भीड

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
४६ पटक हेरिएको
Shares
मतदाता नामावलीमा नाम लेखाउन भीड

सारांश

  • श्रावण १५, २०७४- जिल्ला निर्वाचन कार्यालय रामेछापमा फोटोसहितको मतदाता नामावली दर्ताका लागि आइतबार बिहानैदेखि भीड लागेको छ ।
  • सर्वसाधारणहरु बिहानैदेखि लाइन बसेर आफ्नो पालो कुरिरहेका छन् ।
  • हालै सम्पन्न निर्वाचनमा उमेर पुगेर पनि नाम नहुँदा आफ्नो उम्मेदवारलाई भोट दिन नपाएको बताउँदै जिल्ला निर्वाचनअघि भेला भएका सर्वसाधारणहरु जति समय लागे पनि फोटो खिचाएर मात्र फर्कने बताउँछन् ।

श्रावण १५, २०७४- जिल्ला निर्वाचन कार्यालय रामेछापमा फोटोसहितको मतदाता नामावली दर्ताका लागि आइतबार बिहानैदेखि भीड लागेको छ । सर्वसाधारणहरु बिहानैदेखि लाइन बसेर आफ्नो पालो कुरिरहेका छन् ।

हालै सम्पन्न निर्वाचनमा उमेर पुगेर पनि नाम नहुँदा आफ्नो उम्मेदवारलाई भोट दिन नपाएको बताउँदै जिल्ला निर्वाचनअघि भेला भएका सर्वसाधारणहरु जति समय लागे पनि फोटो खिचाएर मात्र फर्कने बताउँछन् । रामेछाप नगरपालिका ८ का सन्तोष राय भन्छन्– मैरै परिवारका ६ जनाको नाम लेखाउनु छ, जति बेला भए पनि लेखाएर मात्र फर्कन्छु ।

जिल्लाभरिका मतदातालाई आजसम्म मात्र जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ताको समय दिइएको थियो । भोलिदेखि सम्बन्धित स्थानीय तहमै पुगेर नामावली संकलन गर्ने कार्यक्रम छ । जिल्ला निर्वाचन अधिकारी कपिलप्रसाद अधिकारीका अनुसार सदुरमुकाममा रहेको जिल्ला निर्वाचन कार्यालयमा साउन १ देखि सुरु भएको नामावली संकलन अभियानमा आजसम्म करिब २ हजारको हाराहारीमा नाम समावेश भएको छ ।

निर्वाचन आयोगले जिल्ला सदरमुकाममा रहेको निर्वाचन कार्यालयमा सम्बन्धित स्थानीय तहको र अन्य स्थानीय तहमा अलग्यै टोली पठाएर मतदाता नामावली संकलन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । सोमबारदेखि १७ दिनसम्म सम्बन्धित गाउँ र नगरपालिकाबाटै मतदाता नामावली संकलन हुने छ । त्यसपछि जिल्ला निर्वाचन कार्यालयबाट उक्त सेवा सञ्चालन हुने जनाइएको छ । इकान्तिपुर बाट ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवासका अस्थायी संरचना हटाउन कामपाले दियो सात दिनको समय
ललिता निवासका अस्थायी संरचना हटाउन कामपाले दियो सात दिनको समय
अमेरिकामा बन्दुक नियन्त्रण र विद्यालय सुरक्षाको मागगर्दै प्रदर्शन
अमेरिकामा बन्दुक नियन्त्रण र विद्यालय सुरक्षाको मागगर्दै प्रदर्शन
राप्रपा प्रजातान्त्रिकले बनायो पराजयको कारण खोज्न समिति
राप्रपा प्रजातान्त्रिकले बनायो पराजयको कारण खोज्न समिति
मोर्चाको कार्यविधि पारित
मोर्चाको कार्यविधि पारित
किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम
किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम
क्वारेन्टिनमा मृत भेटिएका युवाको पिसिआर रिपोर्ट पोजिटिभ, नेपालमा कोरोनाबाट ज्यान गुमाउने संख्या ७
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
काभ्रे, धनुषा,र सुनसरी मा सवारी दुर्घटनामा मृत्यु तथा घाइत
काभ्रे, धनुषा,र सुनसरी मा सवारी दुर्घटनामा मृत्यु तथा घाइत
छाेडिसकेकाे श्रीमान संग फेरि याैन सम्पर्क भयाे, अब के गर्ने ?
छाेडिसकेकाे श्रीमान संग फेरि याैन सम्पर्क भयाे, अब के गर्ने ?
महरा पछि रोशनीको तारोमा पूर्वसभामुख नेम्वाङ
महरा पछि रोशनीको तारोमा पूर्वसभामुख नेम्वाङ