मनाङ २ खेल अघि नै ‘ए’ डिभिजन लिग च्याम्पियन
सारांश
- काठमाडौ १२,पुष।
- मनाङ मर्स्याङदी क्लब अन्तिम चरणका २ खेल बाँकी रहँदै पल्सर सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको छ ।
- मनाङ मर्स्याङदी क्लबले बिहिबार लिगको दोस्रो स्थानको सीएमजी क्लब संकटालाई ३-१ ले पराजित गर्दै लिग उपाधि पक्का गर्यो ।
काठमाडौ १२,पुष। मनाङ मर्स्याङदी क्लब अन्तिम चरणका २ खेल बाँकी रहँदै पल्सर सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको छ ।मनाङ मर्स्याङदी क्लबले बिहिबार लिगको दोस्रो स्थानको सीएमजी क्लब संकटालाई ३-१ ले पराजित गर्दै लिग उपाधि पक्का गर्यो ।
किर्तीमानी आठौं उपाधि जित्ने क्रममा मनाङले ११ मध्ये ११ खेलमा नै जित हात पारेको छ ।घरेलु लिगमा आठ पटक लिग जित्ने मनाङ एक्लो टोली हो । ११ चरण सम्म आइपुग्दा विजय यात्रालाई जारी राखेको मनाङले उपाधि रक्षा पनि गरेको हो ।
शत प्रतिशत जित नतिजा सहित लिग उपाधि पक्का गरेको मनाङको ११ खेलको समाप्तीमा ३३ अंक छ,२५ अंकको संकटाले अन्तिम २ खेल जितेपनि अब मनाङलाई भेट्ने छैन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया