मन्त्री यादवको जेल पठाउने चेतावनीपछि उधारो तिर्न तयार भए उद्योगी
सारांश
- २२ चैतबाट उखुको बक्यौता रकम बुझाउने उद्योगीको प्रतिबद्धता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनी उद्योगीलाई उखु किसानको बक्यौता नतिरे ठगी मुद्दा चलाएर जेल पठाउने चेतावनी दिएलगत्तै उद्योगीहरू बक्यौता तिर्न तयार भएका छन् ।
- मन्त्री यादवले शनिबार उखु किसान र उद्योगीहरूसँग भएको छलफलमा उद्योगीलाई किसानको बक्यौता नतिरे हत्कडी लगाउने चेतावनी दिएका थिए ।
- लगत्तै, आइतबार चिनी उद्योगीहरूले आ–आफ्नो उद्योग रहेको जिल्ला प्रसाशन कार्यालयमा किसानलाई भुक्तानी गर्न बाँकी रकम चाँडै तिर्ने प्रतिबद्धता पत्र पठाएका छन् ।
२२ चैतबाट उखुको बक्यौता रकम बुझाउने उद्योगीको प्रतिबद्धता
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनी उद्योगीलाई उखु किसानको बक्यौता नतिरे ठगी मुद्दा चलाएर जेल पठाउने चेतावनी दिएलगत्तै उद्योगीहरू बक्यौता तिर्न तयार भएका छन् ।
मन्त्री यादवले शनिबार उखु किसान र उद्योगीहरूसँग भएको छलफलमा उद्योगीलाई किसानको बक्यौता नतिरे हत्कडी लगाउने चेतावनी दिएका थिए ।
लगत्तै, आइतबार चिनी उद्योगीहरूले आ–आफ्नो उद्योग रहेको जिल्ला प्रसाशन कार्यालयमा किसानलाई भुक्तानी गर्न बाँकी रकम चाँडै तिर्ने प्रतिबद्धता पत्र पठाएका छन् ।
चिनी उद्योग संघका महासचिव राजेश केडियाका अनुसार सबै उद्योगले कुन मितिबाट बक्यौता बुझाउन सुरु गर्ने भन्ने व्यहोराको पत्र सम्बन्धित जिल्ला प्रसाशन कार्यालयमा पठाइएको छ ।
‘अधिकांशले २२ चैतबाट किसानको बक्यौता रकम बुझाउने भनेर सिडिओ कार्यालयमा पठाएका छौँ,’ उनले भने, अहिलेसम्म किसानको करिब ५ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । बिस्तारै सबै रकम तिरिसक्छौँ ।’
उद्योगीको असन्तुष्टि
न्यूनतम समर्थन मूल्यप्रति चिनी उद्योगी असन्तुष्ट छन् । उनीहरूले आयातीत चिनीको भन्सार मूल्य वृद्धि गर्ने सर्तमा मात्रै सरकारले सिफारिस गरेको मूल्य उखु किसानलाई भुक्तानी गर्ने अडान राखेका छन् ।
-नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया