महेश बस्नेतको अनुभवःहजुरबा समानका वडाध्यक्षहरु र काकाजस्तो सचिव

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २३, २०७३
|
|
१६७९३ पटक हेरिएको
Shares
महेश बस्नेतको अनुभवःहजुरबा समानका वडाध्यक्षहरु र काकाजस्तो सचिव

सारांश

  • भक्तपुरको गुण्डु गाविसको अध्यक्षमा ०५४ सालको स्थानीय निर्वाचनमा विजयी हुँदा महेश बस्नेत भर्खर २२ वर्ष पुग्दै थिए ।
  • यसबीचमा उनी युथफोर्स र युवा संघको अध्यक्ष हुँदै उद्योगमन्त्री समेत भइसके यो समाचार हामीले अनलाईन खवरबाट लिएका हौ ।
  • २० वर्षपछि अर्को स्थानीय चुनाव हुनै लाग्दा महेश बस्नेतको उमेरका युवाले गाउँपालिकाको अध्यक्ष होइन, वडाध्यक्षमा समेत उम्मेदवार बन्न हच्किनुपर्ने अवस्था आएको छ ।

भक्तपुरको गुण्डु गाविसको अध्यक्षमा ०५४ सालको स्थानीय निर्वाचनमा विजयी हुँदा महेश बस्नेत भर्खर २२ वर्ष पुग्दै थिए । यसबीचमा उनी युथफोर्स र युवा संघको अध्यक्ष हुँदै उद्योगमन्त्री समेत भइसके यो समाचार हामीले अनलाईन खवरबाट लिएका हौ ।


२० वर्षपछि अर्को स्थानीय चुनाव हुनै लाग्दा महेश बस्नेतको उमेरका युवाले गाउँपालिकाको अध्यक्ष होइन, वडाध्यक्षमा समेत उम्मेदवार बन्न हच्किनुपर्ने अवस्था आएको छ । महेश बस्नेतका पालामा गाउँपालिका र नगरपालिकामा भिड्नेहरु अहिले फेरि उही कुर्सी ताकिरहेका छन् ।

आजभन्दा २५ वर्ष अघि ०४९ सालमा मेयर र अध्यक्ष भएका नेता नै फेरि पनि सोही पदका प्रमुख दाबेदार बन्दा यसबीचमा जन्मिएका र राजनीतिमा लागेका युवाले मतदाता र मत माग्ने अभियन्ता मात्रै बन्नुपर्ने अवस्था देखिँदैछ ।

विसं. ०५४ सालमा देशभरका करीव ४ हजार गाविस अध्यक्षमध्ये कान्छो अध्यक्ष बनेका एमाले नेता महेश बस्नेत यसपटक आफू अध्यक्ष बन्दाकै उमेरका युवाले कुनै पनि पार्टीबाट टिकट पाउने लक्षण देखिरहेका छैनन् ।

राजनीतिक दलहरु उम्मेदवार छनौटको मापदण्ड तय गर्न व्यस्त रहेका बेला युवा नेताहरु कुनै पनि दलको रोजाइमा परेका छैनन् । यस्तो किन हुँदैछ ?

कान्छा गाविस अध्यक्ष बस्नेतको अनुभव उनकै शब्दमाः

कानुनले झण्डै अध्यक्ष हुन दिएन

विसं. ०५४ जेठमा स्थानीय चुनाव हुँदा म २२ वर्ष पुगेको थिएँ । त्यसबेला निर्वाचन ऐनअनुसार उम्मेदवार हुन २५ वर्ष उमेर पुग्नुपर्ने थियो । म गाउँमा मनमोहन अधिकारी सरकारले आफ्नो गाउँ आफैं बनाउँ मार्फत ३ लाख बजेट गएपछि,त्यसको परिचालन गर्ने सर्वदलीय संयन्त्रमा बसेर काम गर्दै थिएँ । गाउँकमिटीको सचिव समेत थिएँ ।

हाम्रो गाउँमा एमाले तेस्रो शक्ति थियो । मेरो उमेर नपुग्ने भएपछि अहिले रेडियो नेपालमा कार्यरत ईश्वर थापालाई अध्यक्षको उम्मेदवार बनाइयो । उहाँ ०४९ मा पनि अध्यक्ष उठेर हार्नुभएको थियो ।
संयोग कस्तो पर्‍यो भने तत्कालीन लोकेन्द्रवहादुर चन्द प्रधानमन्त्री र बामदेव गौतम गृहमन्त्री भएको सरकारले अध्यादेश मार्फत स्थानीय निकायमा उम्मेदवार हुन २१ वर्ष पुगे हुने व्यवस्था गर्‍यो । अनि त मलाई गाउँको अध्यक्ष उठ्न सबैले दबाव दिए ।

ठूलो रिस्क मोलेर एमाले कमजोर भएको ठाउँमा अध्यक्ष उठेँ र जितेँ पनि । पछि निर्वाचन आयोगको रेकर्ड अनुसार सबैभन्दा कान्छो गाविस अध्यक्ष मै भएँछु । देशभर मेरो चर्चा त्योबेलै भयो ।

युवाले भविश्य सोच्छः पाकोले भेटेका बेला छाड्दैन

म अध्यक्ष भएपछि गुण्डुको भौतिक पूर्वाधार विकासमा धेरै काम गरियो । १३ लाख बजेटको काम ६ लाखमै गर्न थाल्यौं । स्थानीय सहभागिता राम्रो भयो । ६०/६५ वर्षका हजुरबा समानका वडाध्यक्षहरुसँग काम गर्नुपर्ने । गाविस सचिव काकाजस्तो उमेरका ।

सीडीओ साबहरुले पनि केटो देख्ने । तर, मैले आफ्नो उमेरभन्दा पाको ढंगले नै काम गरेँ । कसैसँग उमेरकै कारण असहज महशुस भएन । आफ्ना अगाडि ५०/६० वर्षको राजनीतिक जीवन रहेकाले कहिँ कतै कमजोरी हुन्छ कि भनेर सधैं जोगिएँ । किनकि गाविस अध्यक्षमै गडबडी भयो भने बाँकी राजनीतिक जीवन त समाप्तै हुन्थ्यो ।

युवालाई गाउँ र नगरको प्रमुख उपप्रमुख र वडाध्यक्षको जिम्मेवारी दिँदा वास्तवमा राम्रो काम हुन सक्छ भन्ने म आफैं उदाहरण हो । किनकि बुढा भइसकेकाहरुका लागि अगाडिको बाटो हुँदैन, यही नै मेरो अन्तिम गन्तव्य हो भनेर तलमाथि गर्न सक्छन् । तर युवाले अब १०/२० वर्षपछि आफू जाने माथिल्लो ठाउँहेरिरहेको हुन्छ । त्यसैले उसले भविश्य सम्झेर पनि गलत काम गर्नुअघि दश पटक सोच्नुपर्छ ।

मेरो जीवनको संयोग नै भनौं, गाविस अध्यक्षमा पनि देशभरको कान्छो अध्यक्ष बनेर काम गरेँ । गाविस अध्यक्ष जितेको करीव १८ वर्षपछि मन्त्री हुँदा पनि जेष्ठ प्रधानमन्त्री सुशील कोइरालाको क्याबिनेटको कान्छो मन्त्री हुन पुगेँ । म आफ्नै अनुभवका आधारमा भन्छु- युवालाई कामको जिम्मेवारीप्रति जति संवेदनशीलता र उर्जा हुन्छ, पाको मान्छेमा कमै हुन्छ । किनकि युवाले मैले योभन्दा धेरै माथि जानु छ भन्ने सोचेर लोभलालचमा फस्नुअघि सोच्छ ।

अहिले पाइएन भने कहिल्यै पाइँदैन भन्ने सोच युवामा कमै हुन्छ । २२ वर्षको उमेरमा अध्यक्ष नभएको भए सायद मेरो राजनीतिक यात्रा यति चाँडै माथि पुग्ने थिएन ।

यदि ०५४ मा उमेरकै कारण मैले उम्मेदवार बन्न नपाएको भए सायद गाउँ वा जिल्लाको राजनीतिमा सीमित भएर बसेको हुन्थेँ। अहिले पनि म त्यही गाउँ वा अहिले बनेको एउटा नगरपालिकाको प्रमुख, उपप्रमुख वा वडाध्यक्ष बन्न आफ्नै पार्टीभित्र संघर्ष गरिरहेको हुन्थेँ होला ।

यसपटक युवाको चान्स देखिन्न

कुनै गडबडी भएन भने अब बैशाख ३१ गते स्थानीय तहको चुनाव हुन्छ । यसपालि उम्मेदवारका आकांक्षीहरुको नाम सञ्चारमाध्यम र सामाजिक सञ्जाल तथा पार्टीभित्रका फोरमहरुमा जसरी आइरहेको छ, त्यो हेर्दा युवाले अवसर पाउने सम्भावना म देखिरहेको छैन ।

युवा भनेर हामीले ४० वर्ष उमेर समूहसम्मलाई मानेका छौं । त्यो उमेर समूहका युवाले ठूला पार्टीबाट टिकट पाउने सम्भावना म कमै देख्छु । पाइहाले पनि पार्टी संगठन कमजोर भएको र जित्ने निश्चित नभएको तथा हार्ने खालका ठाउँमा पूराना नेताले उठ्न नचाहेको खण्डमा मात्र युवालाई दिने होला । जित्ने ठाउँमा पूराना बिसौं वर्ष पार्टीमा काम गरेका नेताहरुबीचमै प्रतिस्पर्धा छ ।

हाम्रै पार्टीको कुरा गर्ने हो भने मदन भण्डारी ३५/३६ को उमेरमा महासचिव भइसक्नुभएको थियो । माधव नेपाल, केपी ओली, ईश्वर पोखरेललगायतका नेताहरु पनि ४० को उमेरमा सांसद भइसक्नुभएको थियो । तर, अहिले उहाँहरुले ४०/४५ उमेरका हामीजस्ता नेता कार्यकर्तालाई केटाकेटी नै देख्नुहुन्छ ।

उहाँहरुले आफू बुढो भएको महशुस नगर्नु भएको हो वा हामी केटाकेटीनै भएर हो ? यसले के संकेत गर्छ भने ४० वर्षमुनिका युवाहरु अहिले टिकट दिनका लागि नेतृत्वको नजरमा परिसक्नुभएको छैन ।

पार्टीको टिकट दिने निकायमा ५० भन्दा तलका नेता छैनन् । युवालाई देऊ भनेर पार्टीभित्र दबाव दिने अवस्था पनि कुनै पार्टीमा देखिन्न ।

माथिल्लो तहकाले उमेर वा लोकपि्रयता हेर्ने भन्दा पनि आफू अनुकुल वा आफ्नो गुटको कार्यकर्ता छान्ने हो । त्यहाँभित्र पनि भागबण्डा हुन्छ ।

निर्णय गर्ने नेतामा युवालाई अघि बढाउँ भन्ने सोच देखिन्न । मलाई लाग्छ, अपवाद बाहेक यसपटक महानगर, उपमहानगर र नगरपालिका र गाउँपालिका प्रमुखमा फ्रेस युवाले टिकट पाउन गा्रहो छ ।

यस्तो किन भयो ?

युवाले यसपटक पाउँदैनन् भन्ने कुराले निराशा पनि जगाउन सक्छ । तर, यसमा देशको राजनीतिक अस्थिरता र लोकतन्त्र चलायमान नहुनु मुख्य कारण हो । २० वर्षदेखि स्थानीय चुनाव भएको छैन । वर्षौंसम्म पार्टीमा लागेका नेताहरुले कुनै चुनावमा प्रतिस्पर्धा गर्न नपाएर नेतृत्व जाम भएको छ । जिल्ला अध्यक्ष वा जिल्लाका इञ्चार्जहरु नै जहाँ भेट्यो त्यहिँको प्रमुख बन्न चाहिरहेका छन् । किनकि नेताहरु जनतामा जाँचिनै पाएका छैनन् ।

पार्टीको नेतृत्व तहमा उनीहरुनै छन् । टिकट दिने वा टिकट सिफारिस गर्ने ठाउँमा भएकाले नै पहिले आफूले पाएपछि युवालाई तिमीहरुको पालो पछि आउँछ भन्दैछन् ।

युवाले पनि आफ्नै आँखा अगाडि वर्षौसम्म पार्टीको नेतृत्व गरेर बसेको नेतालाई तिमीले छाड अब हाम्रो पालो भन्न सक्दैन ।

६० कटेसी मेयर/अध्यक्ष खाउँला !

यसबीचमा कम्तिमा तीनवटा स्थानीय चुनाव भएको भए म अध्यक्ष जुन उमेरमा बनेँ त्यो उमेरमा अरु पनि बन्न सक्थे । तर, अहिले त यस्तो भइसकेको छ कि ४० कटेसी रमाउँला भन्ने गीत जस्तै ६० कटेसी मेयर र अध्यक्ष खाउँला भनेर राजनीति गर्नुपर्ने अवस्थामा युवा कार्यकर्ता छन् ।

मुख्यतः यसबीचमा चुनाव नहुनुको ग्यापले गर्दा युवालाई अघि आउन समस्या भयो । राजनीतिमा नयाँ बसन्त आएन । त्यसैले पुराना पात झरेर नयाँ पालुवा पलाउनै पाएनन् ।

धेरै टाढा जानुपर्दैन, यदि क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सर्वोच्च अदालतले २८ वर्षे उमेर हद नलगाएको भए यसपटक ५० वर्षसम्मका नेता त स्ववियुकै सभापतिका दाबेदार हुने थिए । किनकि उनीहरुका लागि अन्त ठाउँनै भएन । अब क्याम्पसमा सभापति बन्न नपाएकाहरुले गाउँपालिका पनि नपाउने अवस्था छ ।

त्यसैले युवाहरुलाई मेरो सुझाव छ- मेयर वा अध्यक्ष नै पाउने अवस्था छैन । तत्काल वडा प्रमुख भने पनि नछाड्नुस् । वडा पनि अहिलेको स्थानीय तहमा ठूलो पद हो । पहिलेको गाविस अध्यक्ष भन्दा वडाध्यक्षको अधिकार धेरै छ । त्यसैले वडाध्यक्षबाट भने पनि सुरु गर्नुस् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना सङ्क्रमणबाट बच्न प्रदेश नं २ सरकारको तयारी
कोरोना सङ्क्रमणबाट बच्न प्रदेश नं २ सरकारको तयारी
कालीगण्डकी कोरिडोरमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य !
कालीगण्डकी कोरिडोरमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य !
एमाले-कांग्रेस दूरी बढ्दै, ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समभावा कति?
एमाले-कांग्रेस दूरी बढ्दै, ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समभावा कति?
बाच्छी काटेर मासु भाग लगाउँदै गर्दा चारजना पक्राउ
बाच्छी काटेर मासु भाग लगाउँदै गर्दा चारजना पक्राउ
डा.उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति गम्भीर, सघन उपचार चल्दै, फोटो सहित…
डा.उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति गम्भीर, सघन उपचार चल्दै, फोटो सहित…
नेपालगञ्ज उपमहानगरपालिकाः २० वर्ष पहिलेकै प्रतिस्पर्धी
नेपालगञ्ज उपमहानगरपालिकाः २० वर्ष पहिलेकै प्रतिस्पर्धी
सभामुख पूर्व माओवादीबाट !
सभामुख पूर्व माओवादीबाट !
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण
साइबर अपराध नियन्त्रणका लागि कार्ययोजना तयार…
मोटरसाइकलले माइक्रोलाई ठक्कर दिँदा मोटरसाइकलचालक बेहोस
मोटरसाइकलले माइक्रोलाई ठक्कर दिँदा मोटरसाइकलचालक बेहोस