महोत्तरीमा आधा किलोसम्मको असिना र बर्षाले लाखौँको क्षति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०७४
|
|
२०९ पटक हेरिएको
Shares
महोत्तरीमा आधा किलोसम्मको असिना र बर्षाले लाखौँको क्षति

सारांश

  • महोत्तरी जिल्लामा गएराति आधा किलोसम्मको असिना झरेसँगै भारी वर्षा भएको छ ।
  • तीव्र गतिको हावाहुरीसँगै सुरुमा सुक्खा ५० ग्रामदेखि पाँचसय ग्रामसम्मका असिना खसेको थियो भने त्यसपछि भारी वर्षा भएका कारण जिल्लाका विभिन्न गाउँठाउँमा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
  • सुक्खा असिना, हावाहुरी र वर्षाका कारण दर्जनौँ घरका छाना उडाएको छ भने कतिको घर, गोठ, पसलसमेत भत्काएको छ ।

महोत्तरी जिल्लामा गएराति आधा किलोसम्मको असिना झरेसँगै भारी वर्षा भएको छ ।

तीव्र गतिको हावाहुरीसँगै सुरुमा सुक्खा ५० ग्रामदेखि पाँचसय ग्रामसम्मका असिना खसेको थियो भने त्यसपछि भारी वर्षा भएका कारण जिल्लाका विभिन्न गाउँठाउँमा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सुक्खा असिना, हावाहुरी र वर्षाका कारण दर्जनौँ घरका छाना उडाएको छ भने कतिको घर, गोठ, पसलसमेत भत्काएको छ ।

त्यस्तै, जिल्लाका सयौँ हेक्टर जग्गामा स्थानीय किसानले लगाएको तरकारीबाली पनि असिना, हावाहुरी र वर्षाले नष्ट बनाएको  छन । त्यसैगरी, तीव्रगतिका हावाहुरीका कारण जिल्लाका आधा दर्जनभन्दा बढी गाउँमा बिजुलीका पोल खसेर विद्युत् अवरुद्ध भएको छ र सयौँ रूख ढलेर बाटोघाटो र बिजुलीका तारसहित कतिको घरबार समेत तोडफोड गरेको विद्युत् प्राधिकरण शाखा जलेश्वरले जनाएको छ ।

भारी वर्षाले जिल्लाका मुख्य सडक, जलेश्वर–जनकपुर, जलेश्वर–मटिहानी, जलेश्वर –भिट्ठामोड र जलेश्वर – रौजामा भइरहेको निर्माण कार्यमा निकै क्षति पु¥याएको छ । वर्षाका कारण ती सबै सडकखण्डमा भइरहेको माटोको काममा सडकभरि हिलैहिलो बनाएको छ भने खाल्डाखुल्डीमा पानी जमेर यातायातमा समस्या उत्पन्न भएको छ ।

यसअघि कहिल्यै पनि नदेखिएको यस्तो ठूल्ठूलो असिनाले बाटोघाटोमा हिँड्ने धेरैजसो यात्रुलाई चोटपटकसमेत पु¥याएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिशिरको निर्देशनमा प्रमोदको नयाँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)
शिशिरको निर्देशनमा प्रमोदको नयाँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)
उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा अवरुद्ध
उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा अवरुद्ध
एउटा मान्छेले केही भन्दैमा शेयरबजारको समस्या समाधान हुँदैन, सिस्टम सुधार गर्नुपर्छ : शर्मा
एउटा मान्छेले केही भन्दैमा शेयरबजारको समस्या समाधान हुँदैन, सिस्टम सुधार गर्नुपर्छ : शर्मा
संयुक्त टिकट काउन्टर
संयुक्त टिकट काउन्टर
निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन : मन्त्री रिजाल
निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन : मन्त्री रिजाल
युक्रेनलाई समर्थन गर्नबाट अमेरिका पछि हट्दैनः जो वाइडेन
युक्रेनलाई समर्थन गर्नबाट अमेरिका पछि हट्दैनः जो वाइडेन
अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत
अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत
SHOCKING! Balika Vadhu actress Toral Rasputra aka Anandi ended her marriage of 5 years!
SHOCKING! Balika Vadhu actress Toral Rasputra aka Anandi ended her marriage of 5 years!
नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
बुटवल मिलनचाेकमा बम बिष्फाेट
बुटवल मिलनचाेकमा बम बिष्फाेट