महोत्तरीमा पाँचजनामा डेंगु रोग संक्रमित

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १६, २०७४
|
|
३४ पटक हेरिएको
Shares
महोत्तरीमा पाँचजनामा डेंगु रोग संक्रमित

सारांश

  • महोत्तरी, १६ असोज  ः महोत्तरीको बर्दिबासमा पाँचजनामा डेंगु रोगको संक्रमण देखिएको छ ।
  • स्वास्थ्य चौकी गौरीवासका प्रमुख महेन्द्र साहसहित स्थानीय पाँचजनामा उपचारका क्रममा डेंगुको संक्रमण फेला परेको हो ।
  • संक्रमित हुनेमा बर्दिबास नगरपालिका वडा नं १ का ३८ वर्षीय किशोर भट्टराई, वडा नं २ की ३० वर्षीया प्रमिला कार्की, वडा नं ५ की ६० वर्षीया खिनमाया पोखरेल र वडा नं १४ का ४० वर्षीय खुरहरि अधिकारी रहेको बर्दिवासस्थित सरकारी अस्पतालका जनस्वाथ्य निरीक्षक मीनबहादुर सेनले बताउनुभयो ।

महोत्तरी, १६ असोज  ः महोत्तरीको बर्दिबासमा पाँचजनामा डेंगु रोगको संक्रमण देखिएको छ ।

स्वास्थ्य चौकी गौरीवासका प्रमुख महेन्द्र साहसहित स्थानीय पाँचजनामा उपचारका क्रममा डेंगुको संक्रमण फेला परेको हो ।

संक्रमित हुनेमा बर्दिबास नगरपालिका वडा नं १ का ३८ वर्षीय किशोर भट्टराई, वडा नं २ की ३० वर्षीया प्रमिला कार्की, वडा नं ५ की ६० वर्षीया खिनमाया पोखरेल र वडा नं १४ का ४० वर्षीय खुरहरि अधिकारी रहेको बर्दिवासस्थित सरकारी अस्पतालका जनस्वाथ्य निरीक्षक मीनबहादुर सेनले बताउनुभयो ।

बर्दिबासस्थित शुभस्वस्तिक हस्पिटल र बर्दिबासस्थित सरकारी अस्पतालमा उपचार गराउन गएको समयमा उनीहरुमा सो संक्रमण भएको तथ्य सार्वजनिक भएको जिल्ला अस्पताल महोत्तरीका प्रमुख नागेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

गृहजिल्ला महोत्तरीमा रहनुभएका स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले यस्ता महामारीको प्रकोपलाई नियन्त्रण गर्नका लागि प्रमुख यादवलाई निर्देशन दिइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लामा डेंगु परीक्षणका लागि कीट प्रशस्तमात्रामा रहेकाले नियन्त्रणमा यहाँका स्वास्थ्यकर्मी जुटेको जिल्ला जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?