मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरोले एउटा बस र जीप बगायो
सारांश
- काठमाडौं, साउन १९ – मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरोले एउटा बस र जीप बगाएको छ ।
- कालिखोला नजिकैको दुई किलो र तीन किलो भन्ने ठाउँमा पहिरो खसेको हो ।
- पहिरोले काठमाडौंबाट इलामका लागि छुटेको ना ६ ख ७१२१ नम्बरको बस बगाएर त्रिशूली नदीमा पुर्याएको छ ।
काठमाडौं, साउन १९ – मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरोले एउटा बस र जीप बगाएको छ । कालिखोला नजिकैको दुई किलो र तीन किलो भन्ने ठाउँमा पहिरो खसेको हो ।
पहिरोले काठमाडौंबाट इलामका लागि छुटेको ना ६ ख ७१२१ नम्बरको बस बगाएर त्रिशूली नदीमा पुर्याएको छ । बसका सबै यात्रु र चालक भने सकुशल रहेका चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बाटोमा ढुंगा खस्न थालेपछि चालकले सबै यात्रुलाई झारेका थिए ।
यस्तै पहिरोले बा १५ च ९३८० नम्बरको जीप पनि पुरेको छ । जीपका यात्रु पनि सकुशल छन् । ठूलो झरी परिरहेकाले बाटोमा खसेको पहिरो पन्छाउन समय लाग्ने थापाले बताउनुभयो । मुग्लिन नारायणगढ सडकखण्ड खुल्न ५/६ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
यो सडकखण्डमा झरी पर्नसाथ पहिरो जान थालेपछि हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले अनुगमन गर्नु भएको थियो । तर बुधबार राति पहिरो खसेको कालिखोलासम्म भने उहाँ पुग्न सक्नु भएन ।
प्रतिक्रिया