मुम्बईमा भवन भत्किदा मृत्यु हुनेको संख्या १२ पुग्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
२० पटक हेरिएको
Shares
मुम्बईमा भवन भत्किदा मृत्यु हुनेको संख्या १२ पुग्यो

सारांश

  • एजेन्सी ।
  •  भारतको मुम्बईमा मंगलबार एक पाँच तले भवन भत्किँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
  • अन्य १२ जना घाइते भएको र अझै केही व्यक्तिहरु भवनको भग्नावशेषमा पुरिएको अवस्थामा रहेको चिनियाँ समाचार संस्था सिन्हलाले जनाएको छ ।

एजेन्सी । भारतको मुम्बईमा मंगलबार एक पाँच तले भवन भत्किँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । अन्य १२ जना घाइते भएको र अझै केही व्यक्तिहरु भवनको भग्नावशेषमा पुरिएको अवस्थामा रहेको चिनियाँ समाचार संस्था सिन्हलाले जनाएको छ ।

मुम्बइको घाटकोपार क्षेत्रमा रहेको रहेको सो पाँचतले भवनमा १५ परिपार वसोबास गर्ने स्थानीय प्रहरीले बताएका छन् । के कारणले भवन भत्किँएको हो भन्ने पत्ता नलागेको स्थानीय प्रहरीले बताएको छ ।भारतमा भवन भत्किँनु एक साधारण घटनाका रुपमा रहेको छ । बारम्बार यस्तो घटना भइरहेको पाइन्छ ।

सन् २०१३ मा मुम्बईमा गैरकानूनीरुपमा निर्माण भएको एक भवन भत्किँदा ७४ व्यक्तिको मृत्यु भएको थियो । यसलाई एक दशकभित्रको नै खराव घटनाको रुपमा लिइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?