मेरो गाउँ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २४, २०७३
|
|
१६२ पटक हेरिएको
Shares

सारांश

  • पाक्न लागेका धानका बालाहरुको पहेलो कार्पेट बिछ्याएर स्वागत गर्छ दशैको दशै उन्मुक्त हास्छ फुरुङ्ग हुँदै बिना सङ्कोच फन्को लगाउदै रोटे पिङमा लिङ्गे पिङको टुप्पो छुन मच्चिदै हात भरी दक्षिणा अनि कानभरी पहेला जमाराको आशीर्वाद बोकेर फुरुङ्ग पर्छ दशै पराले झुपडिहरुमा शहर सुनका कचौरी भरी लोभ लाग्दा असर्फी भरेर बेल्जियम अनि सुन्दर कार्पेट बिछ्याएर डिजिटल क्यामेरामा कैद गर्दै धुलो धुवाले बिरसिलो स्वागत गर्छ दशैको निस्सासिदै खाल्टे सडक छेउमा उन्मुक्त मुस्कुराउने कोसिस गर्छ कलेटी परेका ओठहरु उघारेर आखिर सहर पनि त उसको आफ्नै हो नि !
  • !

पाक्न लागेका धानका बालाहरुको
पहेलो कार्पेट बिछ्याएर स्वागत गर्छ दशैको
दशै उन्मुक्त हास्छ
फुरुङ्ग हुँदै बिना सङ्कोच
फन्को लगाउदै रोटे पिङमा
लिङ्गे पिङको टुप्पो छुन मच्चिदै
हात भरी दक्षिणा अनि कानभरी
पहेला जमाराको आशीर्वाद बोकेर
फुरुङ्ग पर्छ दशै पराले झुपडिहरुमा
शहर
सुनका कचौरी भरी
लोभ लाग्दा असर्फी भरेर
बेल्जियम अनि सुन्दर कार्पेट बिछ्याएर
डिजिटल क्यामेरामा कैद गर्दै
धुलो धुवाले बिरसिलो स्वागत गर्छ दशैको
निस्सासिदै खाल्टे सडक छेउमा
उन्मुक्त मुस्कुराउने कोसिस गर्छ
कलेटी परेका ओठहरु उघारेर
आखिर सहर पनि त उसको आफ्नै हो नि !!
प्रेम राई ‘परीक्षित’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?