‘मोदी सरकारको उल्टो दिन गन्ती सुरु’

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २६ मंसिर।
  •   पाँच राज्यमा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) कांग्रेस भन्दा पछि देखियो ।
  • तीन ठूला राज्य मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपालाई पछि पार्दै कांग्रेस सत्तामा फर्किने लगभग निश्चित भएको छ ।

काठमाडाै, २६ मंसिर।  पाँच राज्यमा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) कांग्रेस भन्दा पछि देखियो । तीन ठूला राज्य मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपालाई पछि पार्दै कांग्रेस सत्तामा फर्किने लगभग निश्चित भएको छ । यस्तै तेलंगानामा कांग्रेस दोस्रो स्थानमा रह्यो भने मिजोरममा सत्ता गुमाउँदै दोस्रो स्थानमा झरेको छ । तर भाजपालाई भने यो चुनावले नोक्सानी मात्रै दियो ।

सन् २०१९ मा हुने आम चुनावको सेमिफाइनलको रुपमा हेरिएको विधानसभा चुनावमा भाजपा अझ विशेष गरी मोदी लहर कमजोर भएको देखियो । केन्द्रमा नरेन्द्र मोदीको नेतृत्वमा सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) ले बलियो चुनावी अभियानका बाबजुद सत्ता जोगाउन नसकेको देखियो ।मध्य प्रदेशमा कांग्रेस ठूलो पार्टी बने पनि बहुमतका लागि मात्रै केही सिटले पछि पर्ने देखिएको छ । यस्तोमा कांग्रेसका प्रदेश कमिटि अध्यक्षले राज्यपाल आनन्दी बेन पटेलसँग समय माग गर्दै चिट्ठि लेखेका छन् । निर्दलीय उम्मेदवारसँग छलफलका लागि उनले समय मागेका हुन् । चुनावी अभियानमा भाजपाको नेतृत्व मुख्यतः प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । उनले मंगलबार राति १० बजेपछि ट्वीट गरेर जितका लागि कांग्रेसलाई बधाई दिएका छन् । यस्तै मोदीले तेलंगानामा केसिआर र मिजोरममा एमएमएफलाई पनि जितका लागि बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्, ‘विधानसभा चुनावमा भाजपा कार्यकर्ताले रात दिन मेहनत गरे । म उनीहरुको मेहनतका लागि आभारी छु । हार वा जित जिन्दगीको अंश हो ।’

सन् २०१४ को मे मा सत्तामा आएको मोदी सरकारका लागि पाँच राज्यको चुनाव अहिलेसम्मकै ठूलो झड्का हो । यी राज्यले नै भाजपालाई केन्द्रको सत्तामा पुग्नका लागि सहयोग गरेका थिए । छत्तीसगढ र मध्य प्रदेशमा गएको १५ वर्षदेखि भाजपाको सत्ता थियो । यस्तै राजस्थानमा पाँच वर्षअघि भाजपा सत्तामा आएको थियो । कांग्रेस छत्तीसगढमा दुई तिहाई बहुमत नजिक पुगेको छ भने राजस्थानमा बहुमतको अवस्थामा छ । यस्तै मध्य प्रदेशमा कडा टक्कर भए पनि कांग्रेस अघि देखिएको छ ।

चुनावी नतिजामा भाजपा पछि परेको तथा भाजपा इतरका पार्टी सत्तामा आउने देखिएको अवस्थामा दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालले ट्वीट गरेर मोदी सरकारको दिन अब सकिएको बताएका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘मोदी सरकारको उल्टो गन्ती सुरु भयो ।’

यस्तै चुनावी नतिजाले भाजपाको नीतिलाई लिएर देशभर नागरिकमा आक्रोस रहेको देखिएकाे छ । राजस्थानका मुख्य मन्त्री बन्ने दाबेदारका रुपमा हेरिएका कांग्रेस नेता सचिन पायलटले जनादेश भाजपा विरुद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?