यसै सातादेखि भक्तपुरमा पनि लाइसेन्सका लागि ट्रायल परिक्षा
सारांश
- श्रावण ३, २०७४- सवारी चालक अनुमति पत्रको प्रयोगात्मक अर्थात् सवारी साधन परीक्षा अब भक्तपुरमै यसै सातादेखि सञ्चालन हुने भएको छ ।
- यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित इजी वे सवारी सेन्टर प्रालिमा दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने भएको हो ।
- कार्यालय र प्रालिबीच सवारी केन्द्र सञ्चालन गर्न आज लिखित सम्झौता भएपछि जिल्लामै सवारी परीक्षा हुने भएको कार्यालयका प्रमुख अनोज घिमिरेले जानकारी दिए ।
श्रावण ३, २०७४-
सवारी चालक अनुमति पत्रको प्रयोगात्मक अर्थात् सवारी साधन परीक्षा अब भक्तपुरमै यसै सातादेखि सञ्चालन हुने भएको छ ।
यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित इजी वे सवारी सेन्टर प्रालिमा दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने भएको हो ।
कार्यालय र प्रालिबीच सवारी केन्द्र सञ्चालन गर्न आज लिखित सम्झौता भएपछि जिल्लामै सवारी परीक्षा हुने भएको कार्यालयका प्रमुख अनोज घिमिरेले जानकारी दिए । उनले भने, ‘आज इजी वे सवारी सेन्टर प्रालिसँग दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने सम्झौता गरेका छौं, अब भक्तपुर र पूर्वका बासिन्दालाई सहज हुन्छ ।’
कार्यालयले आफ्नै सवारी केन्द्र निर्माण नगरेसम्म सोही सवारी केन्द्रमा सो परीक्षा हुने भएको छ । गत माघ २ गते भक्तपुरको जगातीमा कार्यालय स्थापना भएको छ महिनापछि भक्तपुरमै सवारी परीक्षा सञ्चालन हुने भएपछि यहाँका बासिन्दालाई सहज हुने भएको छ ।
आगामी वैशाख ७ गते कार्यालयले सवारी परीक्षा केन्द्र सञ्चालनका लागि बोलपत्र आह्वान गरेको थियो । भक्तपुर कार्यालयमा दैनिक ३०० भन्दा बढी सेवाग्राहीले आवेदन दिने गरे पनि सवारी परीक्षा दिने स्थानको अभावले एक सातामा दुई पांग्रेको ८५० र चार पांग्रेको २५० भन्दा बढीलाई सवारी परीक्षामा सहभागी गराउन नसकिएकामा अब यसै सातादेखि भक्तपुरमै सवारी परीक्षा सञ्चालन हुने भएपछि निकै सहज हुने कार्यालय प्रमुख घिमिरेले बताए ।
भक्तपुरमै सवारी परीक्षा हुने भएपछि आवश्यकता अनुसार दैनिक सवारी परीक्षा हुने हुँदा सेवाग्राहीलाई निकै सहज हुने घिमिरेको भनाइ छ ।
सम्झौतानुसार इजी वे सवारी सेन्टर प्रालिले भक्तपुरका बासिन्दाको लागि भन्दै कार्यालय र सेवाग्राहीसँग कुनै शुल्क नलिई निःशुल्क सवारी केन्द्र उपलब्ध गराउने भएको छ । उक्त केन्द्र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको र १२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया