यस्तो बन्दैछ एकीकृत कम्युनिष्ट पार्टी, आयो राजनीतिक प्रतिवेदन

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १७, २०७४
|
|
३१ पटक हेरिएको
Shares
यस्तो बन्दैछ एकीकृत कम्युनिष्ट पार्टी, आयो राजनीतिक प्रतिवेदन

सारांश

  • एमाले–माओवादी एकताको महत्वपूर्ण राजनीतिक दस्ताबेज ‘अन्तरिम राजनीतिक प्रतिवेदन’ तयार भएको छ ।
  • १३ शीर्षकमा विभाजित ४२ पृष्ठको प्रतिवेदनलाई अन्तरिम राजनीतिक प्रतिवेदन लेखन कार्यदलले बिहीबार राति अन्तिम रूप दिएको हो ।
  • ‘प्रतिवेदनलाई बिहीबारै अन्तिम रूप दिइएको छ,’ कार्यदलमा एमालेतर्फका नेता सुवास नेम्वाङले नयाँ पत्रिकासँग भने, ‘अब सामान्य भाषा मिलाउने काम कार्यदल संयोजकले गरिसकेपछि पार्टी एकता संयोजन समितिको बैठकमा बुझाइनेछ ।

एमाले–माओवादी एकताको महत्वपूर्ण राजनीतिक दस्ताबेज ‘अन्तरिम राजनीतिक प्रतिवेदन’ तयार भएको छ । १३ शीर्षकमा विभाजित ४२ पृष्ठको प्रतिवेदनलाई अन्तरिम राजनीतिक प्रतिवेदन लेखन कार्यदलले बिहीबार राति अन्तिम रूप दिएको हो ।

‘प्रतिवेदनलाई बिहीबारै अन्तिम रूप दिइएको छ,’ कार्यदलमा एमालेतर्फका नेता सुवास नेम्वाङले नयाँ पत्रिकासँग भने, ‘अब सामान्य भाषा मिलाउने काम कार्यदल संयोजकले गरिसकेपछि पार्टी एकता संयोजन समितिको बैठकमा बुझाइनेछ ।’ सामान्य भाषिक कमजोरी सच्याउनका लागि कार्यदल संयोजक एमाले नेता नेपालले माओवादी नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता रघुजी पन्तको सहयोग लिनेछन् । भाषा मिलाउन शुक्रबार बिहान नेता नेपालसहित तीन नेता एमाले संसदीय दलको कार्यालयमा केहीबेर बसेका थिए ।

बाग्मती हाउजिङमा तयार भयो प्रतिवेदन
शंखमूलस्थित बागमती हाउजिङमा बिहीबार बसेको अन्तरिम राजनीतिक प्रतिवेदन लेखन कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको हो । प्रतिवेदन टुंग्याउन कार्यदलका संयोजक नेपालले साँझ ५ बजेदेखि राति १० बजेसम्मका लागि बैठक बोलाएका थिए । प्रतिवेदनलाई अन्तिम रूप दिएर राति करिब ११ बजे नेताहरू आ–आफ्ना निवास फर्किएका थिए । प्रतिवेदन लेखन कार्यदलमा एमालेबाट नेपालसहित भीमबहादुर रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त, माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, टोपबहादुर रायमाझी, पम्फा भुसाल र देवेन्द्र पौडेल थिए ।

प्रतिवेदन १३ शीर्षकमा
एकीकृत पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन १३ शीर्षकमा बनाइएको छ । वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, विश्व कम्युनिस्ट आन्दोलन, नेपाली क्रान्ति रणनीति र कार्यनीति, नेपाली पुँजीवादी जनवादी क्रान्तिः समाजवादउन्मुख समावेशी लोकतन्त्र शीर्षकमा प्रतिवेदन लेखिएको छ । त्यसैगरी राजनीतिक कार्यदिशा, रणनीति र कार्यनीति, विशिष्ट राजनीतिक कार्यदिशा : मूल राजनीतिक कार्यनीति, तात्कालिक राजनीतिक परिस्थिति, राजनीतिक शक्तिहरूको विश्लेषण, नेपाली कम्युनिस्ट आन्दोलन र पार्टी एकीकरण, कम्युनिस्ट आन्दोलनका गौरवशाली ६८ वर्ष, पार्टी एकताको ऐतिहासिक आवश्यकता, पार्टी निर्माण र पार्टीको संगठनात्मक सिद्धान्त शीर्षकमा प्रतिवेदनका विषय समेटिएका छन् ।

एकीकृत पार्टी कस्तो बन्दै छ ?
मार्गदर्शक सिद्धान्त
माक्र्सवाद–लेनिनवाद
मुख्य कार्यदिशा
समाजवादको आधार निर्माण
रणनीतिक लक्ष्य
समाजवादी क्रान्ति
समाजवादको बाटो
शान्तिपूर्ण प्रतिस्पर्धा
समाजवादको मोडल
बहुलवादी विशेषताको समाजवाद
नेपाली समाजको चरित्र
दलाल पुँजीवाद हाबी

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्टरनेट कर : उपभोक्तामाथि भार थोपर्ने सरकार या सेवा प्रदायक कम्पनी !
इन्टरनेट कर : उपभोक्तामाथि भार थोपर्ने सरकार या सेवा प्रदायक कम्पनी !
एम्बुलेन्स मर्मत भएनन्, बिरामीलाई सास्ती
एम्बुलेन्स मर्मत भएनन्, बिरामीलाई सास्ती
एमालेका तर्फबाट काठमाडौँको मेयरमा प्रस्तुत विद्यासुन्दर को–हुन् ?
एमालेका तर्फबाट काठमाडौँको मेयरमा प्रस्तुत विद्यासुन्दर को–हुन् ?
नागरिकता विधेयक पुनः संसदमा ल्याउनुपर्छ : नेता ओली
नागरिकता विधेयक पुनः संसदमा ल्याउनुपर्छ : नेता ओली
मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने
मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने
चुनावमा रुसी हस्तक्षेपबारे ट्रम्पले दिए यस्तो जवाफ
सांसद पद खारेजपछि बादल गृहमन्त्री रहेनन्, उपप्रधानसहित गृहमन्त्रीका रुपमा सपथको तयारी
सांसद पद खारेजपछि बादल गृहमन्त्री रहेनन्, उपप्रधानसहित गृहमन्त्रीका रुपमा सपथको तयारी
हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने
हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने
सरकारले सबै समस्याको समाधान गर्छ, साना साना कुरामा संसद अवरुद्ध नगरौँः महेश बस्नेत
सरकारले सबै समस्याको समाधान गर्छ, साना साना कुरामा संसद अवरुद्ध नगरौँः महेश बस्नेत
नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि बिगार्न सक्दैन् : भारतीय मन्त्री हर्ष वर्धन
नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि बिगार्न सक्दैन् : भारतीय मन्त्री हर्ष वर्धन

तपाईंले छुटाउनुभयो कि?