यस कारण यसपालिको संविधान संशोधन राष्ट्रघाती हो : संजिब झा

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १६, २०७३
|
|
२७१ पटक हेरिएको
Shares
यस कारण यसपालिको संविधान संशोधन राष्ट्रघाती हो : संजिब झा

सारांश

  • दशकौंदेखि नेपाली जनताको चाहना, आफ्नो संविधान आफै बनाउँ भन्ने इच्छा पूरा भएपछि संविधानसभाका ९० प्रतिशत सदस्यको समर्थनले २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो ।
  • संविधान जारी भएपछि अबको मुल कार्यभार संविधान कार्यान्वयन हो ।
  •   संविधान कार्यान्वयनका लागि देश तिनै तहका निर्वाचन २०७४ माघ ७ गतेसम्म सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता हो ।

दशकौंदेखि नेपाली जनताको चाहना, आफ्नो संविधान आफै बनाउँ भन्ने इच्छा पूरा भएपछि संविधानसभाका ९० प्रतिशत सदस्यको समर्थनले २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो । संविधान जारी भएपछि अबको मुल कार्यभार संविधान कार्यान्वयन हो ।

 

संविधान कार्यान्वयनका लागि देश तिनै तहका निर्वाचन २०७४ माघ ७ गतेसम्म सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता हो । तर, शक्ति केन्द्रको खराब मनसाय र नाम मधेशको र स्वार्थ आफ्नो पूरा गर्न चाहने मधेशी मोर्चाको फोहोरी राजनीतिका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले छापामार शैलीमा मंसिर १४ गते राति करिब ११ बजेतिर संविधान संशोधन दर्ता गर्यो ।

मधेशमा हिन्दी कोही पनि बोल्दैन । मधेशी मोर्चाका नेता संसद र आमसभामा मात्रै हिन्दी बोल्छन् । आफ्नै भूगोल, क्षेत्रमा जाँदा त्यही मैथली, भोजपुरी, अवधी र थरुहट भाषा बोल्छन् । हाम्रै मैथली, भोजपुरी लगायतका मौलिक भाषालाई हत्या गरेर हिन्दी भाषा ल्याउनुपर्ने कारण के ?

 

संविधान आफैमा गतिशिल दस्तावेज हो । आवश्यकता र औचित्यको आधारमा यो संशोधन भइरहने हो । तर, प्रचण्ड सरकारले ल्याएको संविधान संशोधनको आवश्यकता र औचित्य न संसदसामु न देश सामु पुष्टि गर्न सकेका छन् । सारमा हेर्दा बहुलोकप्रिय एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढाल्न मधेशी मोर्चा र शक्ति केन्द्रसँग गरेको तमसुकको कार्यान्वयन गरे जस्तो मात्र हो । जसले सरकार टिकाउन त मद्दत गर्छ तर, देशलाई खाल्डोमा लिन्छ ।

यो संविधान संशोधन क्रमशः यस कारण राष्ट्रघाती हो:

१. सरकारद्वारा ल्याइएको संविधानको धारा ६ मा संशोधनः नेपाल सरकारको भाषा आयोगको सिफारिसमा सबै मातृभाषाहरुलाई संविधानको अनुसूचीमा समावेश गरिने छ ।

 

२. धारा ७ मा संशोधनः संविधानको धारा ७ को उपधारा २ पछि २ (क) थपिएको छ । जसमा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले कामकाजको भाषा भनी निर्णय गरिएका भाषाहरुलाई संविधानको अनुसूचीमा समाबेश गर्नेछ ।

भाषा सम्बन्धि संशोधन

भाषा सम्बन्धि यो संशोधन किन ल्याएको हो भने बुझ्नै सकिएन । जारी भएको नेपालको संविधानमा नेपालमा बोलिने सबै भाषा राष्ट्रिय भाषा हुन् भनेर उल्लेख छ । र, प्रदेशमा सबैभन्दा बढी बोलिने कुनै दुई भाषालाई कामकाजको भाषा बनाउन सकिने व्यवस्था छ ।

 

मधेशकै कुरा गर्ने हो भने त्यहाँ बोलिने मैथली, भोजपुरी, अवधी र थरुहट भाषा संविधानको व्यवस्थाअनुसार नेपालको राष्ट्रिय भाषा हो । यी सबै भाषा नेपालको भाषिक अनुसूचीमा छन् । यस्ता कुन भाषा राख्न छुट्यो, जसकारण सत्ता पक्ष र उसको पृष्ठपोषक बेचैन भए ? खास कुरा हिन्दी भाषाको हो । मधेशमा हिन्दी कोही पनि बोल्दैन । मधेशी मोर्चाका नेता संसद र आमसभामा मात्रै हिन्दी बोल्छन् । आफ्नै भूगोल, क्षेत्रमा जाँदा त्यही मैथली, भोजपुरी, अवधी र थरुहट भाषा बोल्छन् । हिन्दी मित्र राष्ट्र भारतको राष्ट्रिय भाषा हो । हाम्रै मैथली, भोजपुरी लगायतका मौलिक भाषालाई हत्या गरेर हिन्दी भाषा ल्याउनुपर्ने कारण के ? संविधानको दफा ६ मा संशोधन गरेर हिन्दीलाई राष्ट्रिय भाषाको अनुसूचीमा राख्ने र दफा ७ को २ (क) संशोधन गरि हिन्दी भाषालाई कामकाजको भाषा बनाउने यो संशोधनको नियत हो ।

 

भारतमै बहुसंख्यक नेपाली भाषीहरु छन्, तर पनि त्यहाँ नेपाली भाषालाई कामकाजको भाषा बनाइएको छैन । तर, नेपालमा मधेशी मोर्चाका नेता बाहेक त्यो पनि विशेष समयमा हिन्दी बोल्छन्, त्यसबाहेक कोही पनि बोल्दैनन् । अनि हिन्दी भाषालाई किन राष्ट्रिय भाषा बनाउनुप¥यो ।

नागरिकता सम्बन्धि संशोधन

संविधानको धारा ११ मा नागरिकता सम्बन्धि संशोधन ल्याइएको छ । संविधानमा अहिले पनि नेपाली पुरुषसँग विहे गरेको विदेशी महिलाले बैवाहिक अंगिकृत नागरिकता पाउने व्यवस्था छ । तर, नेपालको सांसद, मन्त्री लगायतका पदमा जान पाँच वर्ष कुर्नुपर्ने व्यवस्था छ । तर, अहिले ल्याएको संशोधनले विहान, विहे गर्नुहोस्, १० बजे जिल्ला प्रशासनमा गएर नागरिकता लिनुहोस्, १२ बजे सांसद बन्नुहोस् र २ बजे मन्त्रीको सपथग्रहण गर्नुहोस् भन्ने व्यवस्था गर्न खोजिएको छ ।

 

मलाई भन्नुहोस्, पहिलो कुरा मधेशको रैथाने धर्तीपुत्री (छोरी)को अधिकार काटेर अंगिकृत बुहारीलाई दिन मिल्छ ? त्यसमा पनि त्यही हाम्रो नेपालकी छोरी भारतमा विहे गरेपछि नागरिकता लिन सात वर्ष कुर्नुपर्छ । त्यसमापनि मधेशमै हेर्ने हो भने धेरै कम संख्यामा विदेशी बुहारी भित्र्याएका छन् । र, अहिले झन–झन कम हुँदै गएका छन् । नेपालको कुनै प्रमुख पद नेपालको छोरीको पहिलो अधिकार हो ।

अहिले नै हेर्दा सर्लाहीका नेपालीकी छोरी नगिनादेवी बिहारमा विहे गरिन् र बथनाहा क्षेत्रबाट दुईपटक विधायक बनिन् । तर, त्यहाँका केही मानिसले उनी नेपाली हुन् भनेर मुद्दा हाले । जो समाचारको विषय पनि बनेका थिए । हालसम्म उनी मुद्दा लड्दै छिन् । यस्ता व्यवहार नेपालका छोरीसँग छिमेकी राष्ट्रमा हुन्छ । नागरिकता त्यसैपनि देशको सुरक्षासंग जोडिएको विषय हो ।

 

देशलाई सिक्किमीकरण र फिजिकरण गर्न यस किसिमका छोरीका अधिकार काटी बुहारीको नाउँमा आफ्ना अधिकांश जनतालाई नेपाली नागरिक बनाउन कसैको विशेष स्वार्थमा यो नागरिकता सम्बन्धि संशोधन ल्याइएको हो ।

राष्ट्रियसभा सम्बन्धि

संविधानको दफा ८६ मा संशोधन गरेर जनसंख्याको आधारमा राष्ट्रिसभाको सदस्य निर्वाचित हुने व्यवस्था ल्याइएको छ । राष्ट्रिय सभाका सदस्य भनेको जनप्रतिनिधि होइन् । यसलाई अंग्रेजीमा पनि ‘हाउस अफ लर्ड’ भनिन्छ । अर्थात, ‘काउन्सिल अफ स्टेट’ भनिन्छ ।

 

जसरी तल्लो सदनको प्रत्यक्ष जिम्मेवारी जनतासंग जोडिएको हुन्छ भने राष्ट्रिय सभाका सदस्यहरुको जिम्मेवारी प्रदेशसंग जोडिएको हुन्छ ।
यो यसकारण बनाइन्छ, केन्द्रीय सरकारले कुनैपनि नीति नियम पास गर्दा सबै प्रदेशमा पनि लागू हुन्छ । जनतासँग प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभाबाट कुनै विषय पास गर्छ भने त्यो प्रदेशको प्रतिनिधिको रुपमा राष्ट्रय सभाले पास गर्नुपर्छ । राष्ट्रिय सभा प्रदेशको प्रतिनिधि भएको हिसाबले सबै प्रदेशलाई संविधानले बराबरी आठ जना सदस्य निर्वाचित हुने गरि व्यवस्था गरिएको छ ।

 

त्यसैले यो जनसंख्याको आधारमा हुन सक्दैन । एउटालाई बढी अधिकार र एउटालाई कम गर्न सकिँदैन । एउटै बाबुका छोरा एक जना दलित र एक जना बाहुन हुन सक्दैन । केही द्वन्द्व उद्यमी र धेरै जान्ने मधेशी मोर्चाका नेताहरु राष्ट्रिय सभालाई पनि भारतको व्यवस्था अनुसार उदाहरण दिन्छन् । तर, म उहाँसंग प्रश्न गर्छु, भारतमा संघीयता हो कि संघहरुको राष्ट्र हो ? अलि अध्ययन गर्न हार्दिक अनुरोध गर्दै विभिन्न राज्यहरुलाई सरदार पटेल र जहवाहरलाल नेहरुको नेतृत्वमा विभिन्न राज्यहरुलाई मिलाई भारत बनाएको थियो ।

 

तर, नेपालमा नेपालको सम्बृद्धि, विकास र तल्लो तहसम्म अधिकार पु¥याउनका लागि यस संविधानमा स्थानीय तह र संघीयताको व्यवस्था गरिएको छ ।

 

अहिलेको संविधानअनुसार गाउँपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुखले आफ्नो प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाका सदस्यका उम्मेदवारलाई मतदान गर्न पाउने व्यवस्था छ । त्यति मात्र होइन, स्थानीय तहका प्रमुख, उपप्रमुखले राष्ट्रपति, उपराष्ट्रपतिका लागि पनि मतदान गर्न पाउने व्यवस्था छ ।

 

तर, मधेसी मोर्चाले संविधान संशोधनमा यो व्यवस्था खारेज हुनुपर्ने बताउँदै आएको छ । मधेसी जनताको अधिकारका नाममा राजनीति गरे पनि नेताहरु त्यो अधिकार जनताले सिधै उपभोग गरेको मन पराउँदैन । उनीहरुले स्थानीय तहको त्यो अधिकार प्रदेशमा सीमित गर्नुपर्ने बताइरहेका छन् । यसको अर्थ हो, अधिकार तलका जनताले हैन केही टाठावाठा र आफूले पाउनुपर्यो भन्ने नै हो ।

 

गाउँ, नगर प्रमुख, उपप्रमुखले यो अधिकार उपभोग गर्न पाउँदा तल्लो तहको पहुँच र प्रभाव सिधै माथिल्लो तहमा पुग्ने र माथिल्लो तहले पनि जनस्तरको तल्लो तहमा प्रतक्ष संवाद गर्नुपर्ने, उनीहरूका कुरा सुन्नुपर्ने हुन्छ । मधेसी मोर्चाका नेतालाई यो सह्य छैन । उनीहरू जनता अधिकार सम्पन्न भए, जनताले कुरा बुझे आफ्नो नेतागिरी नचल्ने चिन्ता छ । त्यसैले बिभिन्न बाहना बनाएर उसले यो अधिकार कटौती गरेर प्रदेशसभामा सीमित गर्न खोजेको छ ।

सीमांकन सम्बन्धि संशोधन

संविधानको अनुसूची ४ मा नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके र बर्दियालाई पहाडबाट छुट्टयाई ५ नम्बर प्रदेशमा गाभ्न यो संशोधन ल्याइएको हो । भावनात्मक रुपमा आन्दोलन २ नम्बर प्रदेशमा भएको थियो । र, करिब ६० जना जतिले आन्दोलनमा साहदत प्राप्त गरे । मेरो पहिलो प्रश्न, ५ नम्बर प्रदेश संशोधन गरेर २ नम्बर प्रदेशका सहिदका परिवार र जनताले के पाउँछन् ? नेपाल भौगालिक परनिर्भता र विविध संस्कृतिबीचको एकताको देश हो । तराईमा कृषि खाद्यन्न छ भने पहाडमा खरखनिज, वनजंगल र हिमालमा जडिबुटी लगायत विभिन्न स्रोत छन् ।

 

एउटा व्यक्ति वा एउटा प्रदेशलाई सम्बृद्ध हुनको लागि तराई, पहाड र हिमालका सबै स्रोत साधान चाहिन्छ । मधेशी मोर्चाले पटक–पटक मधेशको छट्टै प्रदेशको माग गर्छन् । तर, उनीहरुलाई नै छुट्टै मधेश प्रदेश बनाएर तपाई मधेशको जनतालाई कसरी सम्बृद्ध पार्नुहु्न्छ ? सोध्दाखेरी मुखारविन्दुबाट एउटा शब्द पनि निस्किँदैन ।

 

उपेन्द्र यादव भन्छन्, मधेश प्रदेश जानकी मन्दिरको भेटीले चल्दैन । अनि किन चाहिन्छ, तपाईंलाई छुट्टै मधेश प्रदेश ? छुट्टै मधेश प्रदेश मधेशी जनताको माग पनि होइन । यो संशोधनको विरुद्ध केही घण्टामै जसरी के मधेशी, के पहाडी र के हिमाली एकैपटक एकसाथ लाखौंको संख्यामा बुटवलमा ओर्ले, त्यसले पनि जनताको चाहना के हो भन्ने पुष्टि गर्छ ।

 

यो संशोधनको अन्तरंग कुरा के हो भने नेहरु डक्ट्रिनका अनुसार नेपालका तराई भूभाग भारतमा मिसाउनुनै हो । सिके राउतका पछिल्ला गतिविधि हेर्दा र उसलाई समर्थन गर्ने अनुहारहरु हेर्दा यो कुराको पुष्टि पनि हुन्छ । दातालाई खुशी पार्न देश र जनतालाई दुःख दिन सकिँदैन । भागको राजनीति गर्नेहरु भविष्यप्रति चिन्तित हुँदैनन् । सारमा हेर्दा अहिलेको संविधाने संशोधन राष्ट्रघाती हो ।

दैनिक नेपालबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डुङ्गा दुर्घटनाः दुईको शव फेला तीनजना अझै वेपत्ता
डुङ्गा दुर्घटनाः दुईको शव फेला तीनजना अझै वेपत्ता
‘मेरो बिरामी तपाईले हेरिदिनु भनेर चुनावी प्रचारमा हिँडेको थिएँ’
‘मेरो बिरामी तपाईले हेरिदिनु भनेर चुनावी प्रचारमा हिँडेको थिएँ’
झापाको दशगजा क्षेत्रमा सीमास्तम्भ निरिक्षण
झापाको दशगजा क्षेत्रमा सीमास्तम्भ निरिक्षण
प्रमुख, उपप्रमुखलगायतले अझैपनि बुझाएनन सम्पत्ति विवरण
गृहमन्त्रीको नजर क्रसर र चिनी उद्योगतर्फ !
गृहमन्त्रीको नजर क्रसर र चिनी उद्योगतर्फ !
भारतबाट सामान आयात गर्दा अनिवार्य एलसी खोल्नु पर्ने
भारतबाट सामान आयात गर्दा अनिवार्य एलसी खोल्नु पर्ने
सासंद ठेकेदारदेखि सहन्यायाधिवक्तासम्म अख्तियारको फन्दामा, को को पर्दैछन जेलमा ?
सासंद ठेकेदारदेखि सहन्यायाधिवक्तासम्म अख्तियारको फन्दामा, को को पर्दैछन जेलमा ?
एमालेले अहिलेसम्म कहाँ–कहाँ जित्यो ? यसरी कांग्रेस र माओवादीले पिछा गरिरहेका छन् !
एमालेले अहिलेसम्म कहाँ–कहाँ जित्यो ? यसरी कांग्रेस र माओवादीले पिछा गरिरहेका छन् !
ओलीविरुद्ध प्रचण्डभन्दा किन बढी आक्रामक भए माधव नेपाल
ओलीविरुद्ध प्रचण्डभन्दा किन बढी आक्रामक भए माधव नेपाल
गायिका मिलन अमात्यको नयाँ भिडियो सार्वजनिक (भिडियो)
गायिका मिलन अमात्यको नयाँ भिडियो सार्वजनिक (भिडियो)