यी दुई नेताको संसदमा खाँचो खट्किरहनेछ, केही पार्टी नभएनि सांसद भए

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २७, २०७४
|
|
२५ पटक हेरिएको
Shares
यी दुई नेताको संसदमा खाँचो खट्किरहनेछ, केही पार्टी नभएनि सांसद भए

सारांश

  • काठमाडौं, २७ फागुन- अहिलेको संसद्मा पुराना दुई अनुभवी राजनीतिज्ञ छैनन् ।
  • नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई संसद्मा ‘मिस’ गरिएको छ ।
  • बिजुक्छे पाँचपटक सांसद भए, सरकारमा कहिल्यै सहभागी भएनन् ।

काठमाडौं, २७ फागुन- अहिलेको संसद्मा पुराना दुई अनुभवी राजनीतिज्ञ छैनन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई संसद्मा ‘मिस’ गरिएको छ । बिजुक्छे पाँचपटक सांसद भए, सरकारमा कहिल्यै सहभागी भएनन् । केसी सामान्य जीवनशैली र सत्तापक्षमाथिको खरो प्रस्तुतिका कारण अघिल्ला संसद्मा चर्चामा रहन्थे । यसअघिको केपी ओली नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री बनेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

जसको दल सकियो तर पद जोगियो

एक–दुई सिट हुँदा पनि अघिल्ला संसद्मा केही चल्तीका सांसदको तत्कालीन पार्टी अस्तित्वविहीन बने पनि आफ्नो पद जोगाएका छन् । ठूला पार्टीमा प्रवेश गरेर उनीहरू अहिले पनि सांसद बनेका छन् । अखण्ड नेपाल पार्टी गठन गरेर दोस्रो संविधानसभामा समानुपातिक सांसद बनेका कुमार खड्का प्रचण्ड नेतृत्वको सरकारमा महिला, बालबालिकामन्त्रीसमेत बने । यसपटकको निर्वाचनमा थ्रेसहोल्ड लागू भएपछि निर्वाचनअघि नै उनी कांग्रेस छिरे र आमन्त्रित केन्द्रीय सदस्य बने । अहिले प्रदेश ४ को सांसद पनि छन् । संसदीय दलको नेतामा दाबेदारी गरिरहेका छन् ।

सद्भावना आनन्दीदेवीका तर्फबाट पहिलो संविधानसभामा समानुपातिक सांसद सरिता गिरी बाबुराम भट्टराई नेतृत्वको सरकारमा श्रममन्त्री बनिन्, तर बर्खास्तीमा परिन् । आनन्दीदेवीपछि श्यामसुन्दर गुप्तासँगै पार्टीमा सक्रिय रहिन् । गुप्तासँग पनि विवाद भएपछि उनले नेपाल सद्भावना पार्टी गठन गरिन् । दोस्रो संविधानसभामा चुनाव पनि लडिन्, तर जितिनन् । ०७१ फागुनमा अनिल झाको संघीय सद्भावना पार्टीसँग एकता गरेर सह–अध्यक्ष भइन् ।

त्यसपछि अनिल झाले कानुन विपरीत काम गरेको भन्दै अदालतसम्म पुगिन् । तर, मुद्दा नुटुंगिदै उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा पुगिन् । खस आर्य कोटाको पहिलो नम्बरमा समानुपातिकतर्फ सिफारिस भएकी उनी अहिले प्रतिनिधिसभामा सांसद छिन् ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि अतहर कमाल मुसलमानले कपिलवस्तु–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । चुनाव पनि जिते । स्वतन्त्र सांसद कमाल त्यतिबेला उपराष्ट्रपतिको उम्मेदवारसमेत बनेका थिए । हिन्दू धर्म मान्ने पार्टी अखण्ड नेपालका कुमार खड्काको प्रस्ताव र क्रिश्चियन धर्म मान्ने लोकमणि ढकालको समर्थनमा कमालको उम्मेदवारी थियो । तर, पछि उम्मेदवारी फिर्ता लिए ।

संविधानसभामा स्वतन्त्र उम्मेदवारी दिएलगत्तै कांग्रेसले कारबाही ग¥यो, तर सांसद बनेपछि उनलाई कारबाहीले असर गरेन । साढे दुई वर्षजति स्वतन्त्र सांसदकै हैसियतमा काम गरे । १३औं महाधिवेशनको एक हप्ताअघि पार्टीले अनुशासनको कारवाहीबाट फुकुवा गरिदिएपछि उनी पुनः कांग्रेसमै सक्रिय रहे ।

यसपटकको निर्वाचनमा कपिलवस्तुबाटै उम्मेदवारी दिने तयारी गरे पनि दिपकुमार उपाध्याय निर्वाचन लड्ने भएपछि उनी पछाडि हटेका थिए । उम्मेदवारी दिन नपाएपछि कमाललाई सभापति शेरबहादुर देउवाले २६ मंसिरमा केन्द्रीय सदस्यमा मनोनित गरे । प्रतिनिधिसभामा समानुपातिकबाट मुस्लिम कोटामासमेत परे । उनी पहिलो संविधानसभामा कांग्रेसबाटै टिकट पाएर पनि पराजित भएका थिए ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Madhav Neupane

    Marmik koora

    Comment Author

    Khagendra Karki

    Ramra manxe ko thau kaha hunx r

    Comment Author

    Magar Gagan

    Aafule Ghar pani nabanaune Arulai pani banauna nadine jantu ko naam ho Monkeys…

    Comment Author

    मतिराज पौडेल

    सत्य कुरा

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?