यी हुन् इन्चार्जबाट इन्चार्जमै सरुवा हुुने भाग्यमानी एसएसपी…

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १५, २०७३
|
|
६८८ पटक हेरिएको
Shares
यी हुन् इन्चार्जबाट इन्चार्जमै सरुवा हुुने भाग्यमानी एसएसपी…

सारांश

  • प्रहरी सरुवाको मापदण्डविपरीत गृह मन्त्तालयले केही एसएसपीहरुको इन्चार्जबाट इन्चार्जमै सरुवा  गरेको छ ।
  • काठमाडौं परिसरमा सरुवा गरिएका छविलाल जोशी द्यौलागिरी अञ्चलको इन्चार्ज थिए ।
  • त्यस्तै मेचीमा सरुवा भएका पितँम्बर अधिकारी ललितपुर परिसरको प्रमुख थिए ।

प्रहरी सरुवाको मापदण्डविपरीत गृह मन्त्तालयले केही एसएसपीहरुको इन्चार्जबाट इन्चार्जमै सरुवा  गरेको छ । काठमाडौं परिसरमा सरुवा गरिएका छविलाल जोशी द्यौलागिरी अञ्चलको इन्चार्ज थिए । त्यस्तै मेचीमा सरुवा भएका पितँम्बर अधिकारी ललितपुर परिसरको प्रमुख थिए । मध्यक्षेत्रीय तालिम केन्द्र सिन्धुलीमा सरुवा गरिएका महेन्द्र पोखरेल गण्डकी अञ्चलको प्रहरीका रुपमा कार्यरत थिए । त्यस्तै सिन्धुली तालिम केन्द्रको इन्चार्जबाट महेशबिक्रम शाहको भेरी अञ्चल इन्चार्जमा सरुवा गरिएको छ । बिष्णुहरी गौतम कर्णाली अञ्चलको इन्चार्जबाट गण्डकीको इन्चार्ज भएका छन् । केही एसएसपीहरुले एकपटक पनि इन्चार्ज नपाएको अवस्थामा केहीले भने लगातार अवसर दिइएको सरुवाप्रति प्रहरीमा असन्तुष्टि देखिएको छ । आईजीपी अर्याल आफैं पनि गृहमन्त्रीले सरुवामा खराब पृष्ठभुमी भएका व्यक्तिहरुलाई छानेको भन्दै असन्तुष्ट बनेको स्रोत बताउछ । मन्त्री र आईजीपीको विवादकै कारण सामान्यतया एक वर्षमा हुने सरुवा डेढ वर्षपछि मात्र भएको हो ।    गृहमन्त्रीको रोजाईअनुसार गत बुधबार ३९ जना एसएसपीको सरुवा भएको  थियो ।  गृहमन्त्रीस्तरबाट भएको सरुवाअनुसार महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी छबिलाल जोशी तथा महानगरीय अपराध महाशाखामा दिनेश अमात्यको सरुवा भएको छ । तुलनात्मक रुपमा  कार्यक्षमता कमजोर भएकाले जोशीलाई काठमाडौं परिसरमा ल्याउन नहुने अडान आईजीपीले राख्दै आएका थिए । आईजीपीले सरुवामा सम्झौता गरेपछि गृहमन्त्रीकै निकट व्यक्तिहरुले महत्वपूर्ण कार्यालयको जिम्मेवारी पाएका छन् । सरुवाअनुसार लितपुर परिसरमा ठुले राईको सरुवा भएको छ । अपराध महाशाखाका एसएसपी सर्बेन्द्र खनालको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ ।  १४ अञ्चल र ५ तालिम केन्द्रका प्रमुख फेरिए  सरुवामा १४ वटै अञ्चल प्रहरी कार्यालय र ५ वटा क्षेत्रीय प्रहरी तालिम केन्द्रका प्रमुख पनि फेरिएका छन् । अञ्चल प्रहरी कार्यालय मेचीमा पिताम्बर अधिकारी, कोशीमा उत्तक कार्की, सगरमाथामा बलराज शर्मा पौडल, जनकपुरमा सुभाषचन्द्र चौधरी, नारायणीमा सूर्य उपाध्याय, बाग्मतीमा पुष्प रंजितको सरुवा भएको छ ।  त्यस्तै लुम्बिनीमा दीपक थापा, गण्डकीमा बिष्णुहरी गौतम, द्यौलागिरीमा बिक्रम गुरुङ, भेरीमा महेशबिक्रमम शाह, राप्तीमा ज्ञान बिक्रम शाह, कर्णालीमा सुरज केसी, सेतीमा दानसिंह बोहोरा तथा महाकालीमा सुशील भण्डारीको सरुवा भएको छ ।  पुर्व क्षेत्रीय तालिम केन्द्र विराटनगरमा पुष्कलराज रेग्मी, सिन्धुलीमा महेन्द्र पोखरेल  बुटवलमा शरद चन्द, नेपालगंजमा ठाकुर प्रसाद ज्ञवाली, दीपालयमा मोहनराज जोशीको समादेशकका रुपमा सरुवा भएको छ ।

श्रोत्: दृस्टी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले पार्टी प्रवेश गर्ने क्रम  बढेको नेताहरुको ब्रिफिङ ,प्रदेश २ को चुनावमा ६० बढी तह जित्ने  दाबी
एमाले पार्टी प्रवेश गर्ने क्रम बढेको नेताहरुको ब्रिफिङ ,प्रदेश २ को चुनावमा ६० बढी तह जित्ने दाबी
बेमौसमी हिमपातले ढोरपाटनमा सिकार खेल्न समस्या
बेमौसमी हिमपातले ढोरपाटनमा सिकार खेल्न समस्या
३८ थान दाह्रा र छ वटा नङ्ग्रासहित पाँच जना पक्राउ
३८ थान दाह्रा र छ वटा नङ्ग्रासहित पाँच जना पक्राउ
पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र बाबुराम भट्टराई,देउवाले बोलाएको बैठकमा गएनन्
पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र बाबुराम भट्टराई,देउवाले बोलाएको बैठकमा गएनन्
गोपाल खड्काले एक घण्टामै अदालतलाई २ करोड ५० लाख बुझाए
गोपाल खड्काले एक घण्टामै अदालतलाई २ करोड ५० लाख बुझाए
अनुमतिबिना नै जताततै सीसीटीभी
अनुमतिबिना नै जताततै सीसीटीभी
हात्ती महोत्सवमा कवितामार्फत संरक्षणको सन्देश
हात्ती महोत्सवमा कवितामार्फत संरक्षणको सन्देश
प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन
प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन
शसत्र प्रहरी उदयपुरका २५ जना ले गरे रक्तदान
शसत्र प्रहरी उदयपुरका २५ जना ले गरे रक्तदान
प्रधानमन्त्री दाहाल भन्छन् : छोटो समयमा सरकारले प्रभावकारी काम गरेको छ
प्रधानमन्त्री दाहाल भन्छन् : छोटो समयमा सरकारले प्रभावकारी काम गरेको छ