युवा संगठन पनि लोकमानको विरुद्धमा एकजुट भएर बानेश्वरमा संयुक्त प्रदर्शन गर्ने…

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ८, २०७३
|
|
४१२ पटक हेरिएको
Shares
युवा संगठन पनि लोकमानको विरुद्धमा एकजुट भएर बानेश्वरमा संयुक्त प्रदर्शन गर्ने…

सारांश

  • अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावको पक्षमा बिभिन्न राजनीतिक दल निकट युवा संगठनहरु एकजुट भएका छन् ।
  • नेपाली कांग्रेस निकट नेपाल तरुण दल बाहेकका युवा संगठनहरुले मंगलबार महाअभियोगको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेका छन् ।
  • माओवादी केन्द्र निकट वाइसिएलका महासचिव रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भने, ‘महाअभियोग प्रस्ताव संसदबाट छिटो पारित गराउन दबाव दिने उद्देश्यले भोलि दिउँसो एक बजे नयाँबानेश्वरमा संयुक्त प्रदर्शन गर्नेछौं ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावको पक्षमा बिभिन्न राजनीतिक दल निकट युवा संगठनहरु एकजुट भएका छन् । नेपाली कांग्रेस निकट नेपाल तरुण दल बाहेकका युवा संगठनहरुले मंगलबार महाअभियोगको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेका छन् ।

माओवादी केन्द्र निकट वाइसिएलका महासचिव रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भने, ‘महाअभियोग प्रस्ताव संसदबाट छिटो पारित गराउन दबाव दिने उद्देश्यले भोलि दिउँसो एक बजे नयाँबानेश्वरमा संयुक्त प्रदर्शन गर्नेछौं ।’

बिभिन्न दल निकट विद्यार्थीहरुले पनि लोकमानविरुद्ध संयुक्त प्रदर्शन गर्दै आएका छन् । कांग्रेस निकट विद्यार्थीहरुको संस्था नेविसंघ लोकमानविरुद्ध प्रदर्शनमा उत्रिए पनि नेपाल तरुण दल भने अझै खुलेको छैन ।

दबावमुलक कार्यक्रमको स्वरुप तय गर्न सोमबार युवा संगठनका नेताहरुको बैठक अनामनगरमा बसेको थियो ।

बैठकमा वाइसिएल अध्यक्ष आरसी शर्मा ‘बिज्ञान’, युवासंघ कार्यवाहक अध्यक्ष दिलकुमारी पन्त, प्रगतिशिल युवा संघ नेपालका अध्यक्ष लोकेन्द्रबहादुर शाही, अखिल नेपाल युवक संघका अध्यक्ष तिलक थापा, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका कार्यसमिति सदस्य सुर्यबहादुर तामाङ, राष्ट्रिय युवा अभियानका संगठन बिभाग प्रमुख सन्देश कार्की र समाजवादी युवा फोरम नेपालका प्रशिक्षण विभाग प्रमुख चन्द्रदिप राई लगायत सहभागी थिए ।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा कुनै बहानामा वा कुनै भयमा जनअपेक्षाविपरित नजान सबै राजनीतिक दलहरुलाई सचेत गराइएको छ । बृहत्तर राष्ट्रिय एकता कायम गर्ने कामलाई संयुक्त युवा अभियानको रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाउँदै युवाहरुले सबै राजनीतिक दलहरुलाई पनि यो दिशामा अघि बढ्न आह्वान गरेका छन् ।

११ युवा संगठनले जारी गरेको प्रेस विज्ञप्ति

 युवा संगठन पनि लोकमानको विरुद्धमा एकजुट भएर बानेश्वरमा संयुक्त प्रदर्शन गर्ने...

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पि.सि.आर पोजिटिभ हुँदैमा सबैलाई अस्पतालमा राख्नुपर्छ भन्ने छैन : डा. राजभण्डारी
प्रधानमन्त्री ओलीलाई भारतले सम्मान गर्नुका पछाडि गलत नियत : चित्रबहादुर केसी
प्रधानमन्त्री ओलीलाई भारतले सम्मान गर्नुका पछाडि गलत नियत : चित्रबहादुर केसी
नायकलाई ओठमा चुम्नु पर्ने भएपछि रोइन आँचल
नायकलाई ओठमा चुम्नु पर्ने भएपछि रोइन आँचल
आज शहीद दिवस, देशभर विविध कार्यक्रम गरी मनाईँदै
आज शहीद दिवस, देशभर विविध कार्यक्रम गरी मनाईँदै
चर्चित बलिउड कलाकार दिलिप कुमारका भाईको कोरोनाबाट मृत्यु
चर्चित बलिउड कलाकार दिलिप कुमारका भाईको कोरोनाबाट मृत्यु
प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण
प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण
महिला र ऊर्जाको सवालमा जोड
महिला र ऊर्जाको सवालमा जोड
प्रतिपक्षलाई प्रधानमन्त्री ओलीको जवाफ ‘‘गर्छु भन्नेले किन गरेन भन्ने विश्वास त रैछ नि “
साउदीमा महिलामाथि दुर्व्यवहार गर्ने आप्रवासीमाथि कडा सजाय
साउदीमा महिलामाथि दुर्व्यवहार गर्ने आप्रवासीमाथि कडा सजाय
बोलिभियामा सेनाको असफल ‘कू’ प्रयासः केही घण्टामै सैन्य अधिकारी प्रहरी नियन्त्रणमा
बोलिभियामा सेनाको असफल ‘कू’ प्रयासः केही घण्टामै सैन्य अधिकारी प्रहरी नियन्त्रणमा