योमरी पुन्ही आज देशैभरि मनाइँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
योमरी पुन्ही आज देशैभरि मनाइँदै

सारांश

  • काठमाडौं, ७ पुस ।
  • धान्य पूर्णिमा र योमरी पुन्ही आज देशैभरि मनाइँदैछ ।
  • नयाँ धान भित्र्त्याएको खुसियालीमा ‘धान्य पूर्णिमा’ मनाउने परम्परा छ ।

काठमाडौं, ७ पुस । धान्य पूर्णिमा र योमरी पुन्ही आज देशैभरि मनाइँदैछ । नयाँ धान भित्र्त्याएको खुसियालीमा ‘धान्य पूर्णिमा’ मनाउने परम्परा छ ।

यो पर्वमा धानको विशेष महत्व हुन्छ । धानलाई लक्ष्मीका रूपमा पूजा गर्ने परम्परा छ । भकारीमा भरेको धान कम नहोस् र धनधान्यले भरिभराउ होस् भन्ने उद्देश्यले मनाइने भएकाले यो पूर्णिमालाई ‘धान्य पूर्णिमा’ भनिएको हो ।

नेवार समुदायले यो दिनलाई थिन्ला पुन्ही वा योमरी पुन्हीका नामले मनाउने गर्छन् । नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको परिकार योमरी खाने चलन छ । आज लक्ष्मी, कुवेर, कुमार तथा गणेशको पूजा गरिन्छ ।

यस्तै आजको दिनलाई लिम्बू समुदायले बाली भित्र्याएपछि न्वागी खाने पर्वका रूपमा मनाउने गर्छन् । किराँत समुदायका कतिपय जातजातिमा आजको दिन प्रकृति, पितृ र कुलदेवतालाई पूजा गर्ने परम्परा छ भने सामुहिक रूपमा उधौली पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अणुबम बनाउने यी वैज्ञानिक जो गीताबाट निकै प्रभावित थिए
अणुबम बनाउने यी वैज्ञानिक जो गीताबाट निकै प्रभावित थिए
Breaking News : मन्त्री अधिकारी सवार एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना paban bhattarai
Breaking News : मन्त्री अधिकारी सवार एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना paban bhattarai
मतदाता परिचयपत्र लिन नपाएकाले अन्य सरकारी कागज देखाएर भोट हाल्न पाउने
मतदाता परिचयपत्र लिन नपाएकाले अन्य सरकारी कागज देखाएर भोट हाल्न पाउने
गुठी सम्बन्धी विधेयक फिर्ता सकारात्मक : सभापति देउवा
गुठी सम्बन्धी विधेयक फिर्ता सकारात्मक : सभापति देउवा
पीपीएल क्रिकेटः काठमाडाैँकाे लगातार दाेस्राे जित, विराटनगरको प्लेअफ खेल्ने सम्भावना न्युन !
पीपीएल क्रिकेटः काठमाडाैँकाे लगातार दाेस्राे जित, विराटनगरको प्लेअफ खेल्ने सम्भावना न्युन !
लागू औषध सहित पक्राउ
लागू औषध सहित पक्राउ
प्रधानसेनापति भारत उडे, कामु प्रधानसेनापतिले अमेरिकी जनरलसँग भेट !
प्रधानसेनापति भारत उडे, कामु प्रधानसेनापतिले अमेरिकी जनरलसँग भेट !
रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै
रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै
राष्ट्रियसभा बैठक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा बैठक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
नेपाली सेनामाथि सुडानी बालिकालाई बलात्कारको आरोप
नेपाली सेनामाथि सुडानी बालिकालाई बलात्कारको आरोप

तपाईंले छुटाउनुभयो कि?