राजनीतिक दललाई निरुत्साहित गर्ने मनसाय नरहेको गृहमन्त्रीको स्पष्टीकरण
सारांश
- काठमाण्डौं–गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले राजनीतिक दललाई निरुत्साहित गर्ने मनसाय नरहेको स्पष्टीकरण दिनु भएको छ ।
- प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक–२०७४ मा राजनीतिक दलहरुलाई निरुत्साहित गर्ने मनसााय नरहेको गृहमन्त्री शर्माले बताएका हुन ।
- संसदको राज्य व्यवस्था समितिको बैठकमा बुधबार ‘प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७४’ बारे बोल्दै मन्त्री शर्माले त्यस्तो प्रष्टीकरण दिएका हुन ।
काठमाण्डौं–गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले राजनीतिक दललाई निरुत्साहित गर्ने मनसाय नरहेको स्पष्टीकरण दिनु भएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक–२०७४ मा राजनीतिक दलहरुलाई निरुत्साहित गर्ने मनसााय नरहेको गृहमन्त्री शर्माले बताएका हुन ।
संसदको राज्य व्यवस्था समितिको बैठकमा बुधबार ‘प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७४’ बारे बोल्दै मन्त्री शर्माले त्यस्तो प्रष्टीकरण दिएका हुन ।
विगतका ऐनहरुमा रहेको व्यवस्थालाई बिधेयकमा समावेश गरिएको जानकारी दिँदै मन्त्री शर्माले भने,‘समितिमा छलफलको क्रममा आउने निष्कर्षको आधारमा विधेयकलाई परिमार्जन गर्न सकिन्छ ।’
‘निष्पक्ष रुपमा निर्वाचन गर्नका लागि आवश्यक सिद्धान्तहरुलाई मध्यनजर गरेर हाम्रो आवश्यकता र मागलाई संवोधन गर्ने कुरा विधेयकमा प्रस्तुत गरिएको छ’ मन्त्री शर्माले भने,‘महिला, अल्पसंख्यक, आदिवासी जनजाती, थारु, दलित, मधेशी, मुस्लिम, अपांङगता भएका व्यक्तिहरु तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था विधेयकमा प्रस्तावित भएका छन् ।’
सांसदहरुले पेश गरेको संशोधन प्रस्तावको बारेमा समितिमा दफावार छलफल गरेर निष्कर्षमा पुग्न सकिने उल्लेख गर्दै मन्त्री शर्माले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नका लागि विधेयक प्रस्तुत गरिएको बताए ।
पूर्व गृहमन्त्री बामदेव गौतमले मतदाताले ‘मत दिन्न’ भन्ने व्यवस्था जर्बस्ती ल्याईएको बताए । ‘यो व्यवस्थाका कारण एनजिओहरुले जनतालाई भड्काउन सक्छन्, संविधानमा ‘मत दिन्न’ भन्ने प्रावधान छैन, अनि ऐनमा कसरी आउन सक्छ ?’ उनले प्रश्न गरे । उनले अगाडि भने‘यो व्यवस्था असंवैधानिक छ,यसले नेपालको राजनीतिक प्रणालीलाई अवज्ञा गर्न खोजेको छ ।’
सांसद मिना पुनले विदेशमा रहेका नेपालीले उतैबाट मत हाल्न पाउने र समानुपातिक तर्फ उम्मेद्वार हुन पाउने व्यवस्था हुनेगरी विधेयक परिमार्जन गर्नुपर्ने बताइन ।
सांसद शक्ति बस्नेतले प्रतिस्पर्धी दुई उम्मेद्वारको बराबर मत आएमा दुवैलाई विजयी घोषित गरेर पालैपालो काम गर्ने अवसर दिनुपर्ने बताए ।
प्रतिक्रिया