राजन गुरुङको ‘उही खोलीमा पानी’ झनै चर्चामा, पायो ४ विधामा अवार्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ८, २०७४
|
|
२३ पटक हेरिएको
Shares
राजन गुरुङको ‘उही खोलीमा पानी’ झनै चर्चामा, पायो ४ विधामा अवार्ड

सारांश

  • सुजन पन्त काठमाडौं ।
  • दर्शक/स्रोताले अति नै मन पराएको गीत ‘उही खोलीको पानी, उही खोलीको माछा’ यतिबेला झनै चर्चाको शिखरमा छ ।
  • पृथ्वी पाँचौं राष्ट्रिय लोकदोहोरी अवार्ड कार्यक्रममा उक्त गीतले ४ वटा विधामा अवार्ड जित्न सफल भएको छ ।
  • सुजन पन्त

काठमाडौं । दर्शक/स्रोताले अति नै मन पराएको गीत ‘उही खोलीको पानी, उही खोलीको माछा’ यतिबेला झनै चर्चाको शिखरमा छ । पृथ्वी पाँचौं राष्ट्रिय लोकदोहोरी अवार्ड कार्यक्रममा उक्त गीतले ४ वटा विधामा अवार्ड जित्न सफल भएको छ ।

शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिद्वारा आयोजित कार्यक्रममा गायक राजन गुरुङको गीत ‘उही खोलीको पानी, उही खोलीको माछा’ ले ४ वटा अवार्ड जित्न सफल भएको हो ।

उही खोलीको पानी गीतबाट राजन गुरुङले पलिक च्वाईस अवार्ड, लय शब्दतर्फ बसन्त थापा, निर्देशकतर्फ बब्बु थापा र छायाकंनतर्फ करण चैसिरले अवार्ड जितेका हुन् ।

अवार्ड ग्रहण गर्दै गुरुङले भने, ‘यो अवार्डले सांगीतिक यात्रामा हौसला थपिएको छ, आगामी दिनमा अझ राम्रो गर्ने कोसिस गर्नेछु ।’

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आयोजक, जुरी निर्णायक, निर्णायक र सम्पूर्ण दर्शक/स्रोता अनि शुभचिन्तकलाई विशेष धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?