राजमार्ग भन्न पनि लाज लाग्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
३५ पटक हेरिएको
Shares
राजमार्ग भन्न पनि लाज लाग्ने

सारांश

  • श्रावण २, २०७४- बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र सडक माध्यम जयपृथ्वी राजमार्ग अवरुद्ध भएको आज ९ दिन पुगिसक्यो ।
  • यद्यपि तत्काल राजमार्ग खुल्ने कुनै छाँटकाँट देखिदैन ।
  • गत हप्ताको आइतबार साँझ तमैलको माल्लापड भन्ने ठाउँमा पहिरोले सडक बगाएपछि यो सडक बन्द भएको हो ।

श्रावण २, २०७४- बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र सडक माध्यम जयपृथ्वी राजमार्ग अवरुद्ध भएको आज ९ दिन पुगिसक्यो । यद्यपि तत्काल राजमार्ग खुल्ने कुनै छाँटकाँट देखिदैन ।

गत हप्ताको आइतबार साँझ तमैलको माल्लापड भन्ने ठाउँमा पहिरोले सडक बगाएपछि यो सडक बन्द भएको हो । यसबाहेक मटेलाको बगडगाँउ, तमैलको जालेबगर, भैरबनाथको सेकु, रायलको देउरा, नारुगाड र बाँझको बागथलालगायत ठाउँमा पनि दैनिकजसो सडक अवरुद्ध हुने र खुल्ने क्रम चलिरहेको छ । कतिपय स्थानमा पैदल हिड्दा पनि जोखिम हुने गरी सडक बिग्रेको छ ।

लामो समयसम्म सडक अवरुद्ध हुँदा जिल्लामा औषधी, खाद्यान्न, तरकारी, फलफूललगायत दैनिक उपभोग्य सामानको अभाव सुरु भएको छ । जिल्लामा उपचार सम्भव नभएर बाहिर रिफर गरिएका बिरामीहरुले समयमा नै यातायातको साधन नपाउँदा ज्यानको जोखिम मोल्नु पर्ने अवस्था छ ।

बाटो बन्द भएको बहानामा व्यापारीहरुले प्रत्येक सामानको मूल्य अप्रत्यासित बृद्धि गरेका छन् । असार २५ गतेसम्म प्रतिकिलो १ सय पर्ने आँपको मूल्य बृद्धि भएर एकै हप्तामा २ सय पुगेको छ । यो मुल्यबृद्धीको सानो उदाहरण मात्र हो । औषधी, दाल, चामल, तेल, तरकारी, मासु आदी सबैको मूल्यमा अस्वभाविक बृद्धि भएको छ ।

बझाङदेखि ८ घण्टाको गाडीको यात्रामा सजिलै धनगढीसम्म पुग्न सकिन्थ्यो तर अहिले सडक बिग्रिएका कारण तीन दिनसम्म लाग्ने यातायात व्यवसायी बताउँछन् । यो बीचमा यात्रुले पाउने सास्तीको बयान गरी साध्य छैन् ।

ठाउँठाउँमा भएको सडक अवरोधलाई पैदल हिडेर छिचोल्दै र गाडी परिर्वतन गर्दै धनगढी पुगेका जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत राजेसकुमार केसी भन्छन । ‘४ वटा गाडी परिवर्तन गरी बल्ल धनगढी पुगियो । धेरै ठाउँमा हिड्नु पर्छ । सामानहरु धेरै भएका, बिरामी र बृद्ध यात्रुको बेजोग छ’, बाटोमा खाना, पानीको पनि समस्या हुने गरेको बताउँदै उनले विभिन्न ठाउँमा भएको अवरोध पन्छाएपछि आफू चढेको पहिलो गाडी  तीन दिनपछि मात्र धनगढी पुग्न सक्ने उनले बताए ।

चीनको तिब्बतसँग जोडिदै गरेको यो सडक अन्र्तराष्ट्रिय राजमार्ग पनि हो । सडकको हालत र यात्रुले पाउने दुख हेर्दा यसलाई राजमार्ग भन्न पनि लाज लाग्ने गरेको धेरै यात्रुको प्रतिक्रिया छ ।

प्रत्येक बर्खामा सडक अवरुद्ध हुने २ वटा कारण छन । एक कमजोर भौगर्भिक अवस्था र भिरालो भुगोलका कारण जाने पहिरो । अर्को राजमार्गसँगै समानान्तर ढंगले निमार्ण गरिएका विभिन्न शाखा सडकबाट बगेर आउने ढुङ्गा माटो । पछिल्ला ३ वर्षमा पहिरोका कारण भन्दा पनि शाखा सडकबाट आएको माटो र ढुङ्गा थुप्रिएर बढी जसो सडक विग्रने गरेको डिभिजन सडक कार्यालयको भनाई छ ।
इकान्तिपुर बाट साभार ।

 

 

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित  छ : प्रधानमन्त्री
नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित छ : प्रधानमन्त्री
आज काग तिहार मनाइँदै
आज काग तिहार मनाइँदै
रिगलको कैद मिनाह सर्वाेच्चद्वारा बदर
रिगलको कैद मिनाह सर्वाेच्चद्वारा बदर
आगलागीबाट बीस लाखको क्षति
आगलागीबाट बीस लाखको क्षति
धान र नेपालकाे अर्थतन्त्र !
धान र नेपालकाे अर्थतन्त्र !
वैशाख तेस्रो साता स्थानीय निकायको निर्वाचन गराउन तीन दल सहमत..
वैशाख तेस्रो साता स्थानीय निकायको निर्वाचन गराउन तीन दल सहमत..
तुलसीपुर कार्यपालिकाको बैठक ः साउन १ गतेबाट वडामै एकीकृत सम्पत्ति कर बुझिने
तुलसीपुर कार्यपालिकाको बैठक ः साउन १ गतेबाट वडामै एकीकृत सम्पत्ति कर बुझिने
तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन
तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन
मंगलबार सम्म भागबण्डा टुंग्याएर त्यहिँ दिन बेलुका सम्म या बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने
मंगलबार सम्म भागबण्डा टुंग्याएर त्यहिँ दिन बेलुका सम्म या बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने
युवा पुस्तालाई देशको कला, संस्कृतिको महत्त्व बुझाउन लाग्नुपर्छ : मन्त्री शर्मा
युवा पुस्तालाई देशको कला, संस्कृतिको महत्त्व बुझाउन लाग्नुपर्छ : मन्त्री शर्मा

तपाईंले छुटाउनुभयो कि?