राजा महेन्द्रले गर्न नसकेको काम केपी ओलीले गर्नुभएको छ : बडाल (भिडियोसहित)
सारांश
- पुष १३, काठमाण्डौ ।
- नेपाल कम्युनिष्ट पार्टीका नेता केशव बडालले स्थायी समिति बैठकमा अध्यक्षद्धयको प्रतिवेदनमाथि सबै नेताहरु सहमत नहुनु सामान्य भएको टिप्पणी गरेका छन् ।
- प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेता बडालले सबैको विचारमा एकरुपता कहिलै पनि नहुने बताए ।
पुष १३, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता केशव बडालले स्थायी समिति बैठकमा अध्यक्षद्धयको प्रतिवेदनमाथि सबै नेताहरु सहमत नहुनु सामान्य भएको टिप्पणी गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेता बडालले सबैको विचारमा एकरुपता कहिलै पनि नहुने बताए ।
विहिबारको बैठकमा अध्यक्ष केपी ओलीले जवाफ दिएका थिए भने अघिल्लो दिन अर्का अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिएका थिए ।
दुवै अध्यक्षले जवाफ दिइसकेपछि पनि केही स्थायी समिति सदस्यहरुले चित्त नबुझेको भन्दै आपत्ति जनाएका थिए ।
ओलीले प्रतिवेदन मूलतः सही रहेको विष्लेषण गरी पारित गर्न प्रस्ताव राखेका थिए । नेता भीम रावल र घनश्याम भुसालले बैठकमै उठेर प्रतिवाद गरे । अन्य नेताले पनि ओलीको जवाफ चित्त नबुझाएपछि बैठक शुक्रबार बिहानसम्मलाई स्थगन भएको थियो ।
नेता बडालले भने लामो समयपछि बसेको बैठकमा गहन छलफल हुनु स्वभाविक भएको बताए ।
विहिबारको बैठक लामो भएको र नेताहरु थाकेकाले आज विहानका लागि बैठक बोलाइएको बडालको भनाई छ ।
कुनैबेला आफू लगातार ४८ घण्टा बैठक बसेको स्मरण गर्दै बडालले अहिले त्यसरी बैठक बस्नुपर्ने अवस्था नगरहेको बताए ।
सरकारले गरेका कामको आलोचना हुनु पनि स्वभाविक भएको बताउँदै बडालले संसारमा जहाँ पनि सरकारको आलोचना भइरहने बताए । तर सरकारले ९ महिनामा उल्लेखनीय काम गरेको जिकिर गरे ।
तत्कालिन राजा महेन्द्र निकै शक्तिशाली भए पनि उनले चिनसँग गर्न नसकेको पारवाहन सन्धी केपी ओलीले गरेको उदाहरण बडालले पेश गरे ।
प्रतिक्रिया