राति २ बजे उठेर कहाँ हराइन् यी महिला ?
सारांश
- दाङ, २६ फागुन ।
- दाङको प्रतापकोट घर भएकी एक महिला गत फागुन २३ गतेदेखि हराइरहेकी छन् ।
- तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ प्रतापकोट, नाउलाका छविलाल सापकोटाकी श्रीमती पुष्पा सापकोटा मध्यरातमा घरबाट निस्केर सम्पर्कविहीन भएकाले उनको परिवारले खोजीका लागि सबैसँग अनुरोध गरेका छन् ।
दाङ, २६ फागुन । दाङको प्रतापकोट घर भएकी एक महिला गत फागुन २३ गतेदेखि हराइरहेकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ प्रतापकोट, नाउलाका छविलाल सापकोटाकी श्रीमती पुष्पा सापकोटा मध्यरातमा घरबाट निस्केर सम्पर्कविहीन भएकाले उनको परिवारले खोजीका लागि सबैसँग अनुरोध गरेका छन् ।
फागुन २३ गते राति २ बजेतिर घरबाटै श्रीमती हराएको छविलाले जानकारी दिए । मानसिक समस्या भएकी श्रीमती हराएपछि उनले चिन्ने वा फेला पार्ने जोकोहीले पनि आफ्नो मोबाइल नम्बर ९८०९७८२२७७ र ९८४७८७५९४४ मा खबर गरिदिन अनुरोध गरेका छन् ।
हराइरहेकी ३८ वर्षीया महिला पुष्पा गोरो वर्ण, पातलो शरीर भएकी, अगाडिको दाँत खसेको तथा रातो सुरुवाल र स्वीटर लगाएकी छिन् । उनको उचाई अन्दाजी साढे ४ फिट रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया