राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइनु संविधानसम्मत – निर्वाचन आयोग

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ७, २०७३
|
|
१४१ पटक हेरिएको
Shares
राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइनु संविधानसम्मत – निर्वाचन आयोग

सारांश

  • प्रमुख निर्वाचन आयुक्त डा.
  • अयोधिप्रसाद यादवले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउने निर्णय संविधान र कानुनसम्मत भएको स्पष्ट पारेका छन् ।
  • आईताबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधानको मर्म अनुसार लिइएको निर्णयलाई अन्यथा लिन नहुने पनि स्पष्ट पारे ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउने निर्णय संविधान र कानुनसम्मत भएको स्पष्ट पारेका छन्
।आईताबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधानको मर्म अनुसार लिइएको निर्णयलाई अन्यथा लिन नहुने पनि स्पष्ट पारे ।

प्रमुख निर्वाचन आयुक्त यादवले धर्म निरपेक्ष संविधानले व्यवस्था गरेको पनि स्मरण गराए । राजनीतिक दल दर्ता ऐन र संविधानको धारा २६९, २७० र २७१ मा गरिएको व्यवस्था अनुसार राप्रपाको विधानबाट केही शब्द झिक्नु परेको प्रष्टिकरण पनि निर्वाचन आयोगले दिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफनो विचारमाथि प्रतिवन्ध लगाउन खोजेको भन्दै निर्वाचन आयोगको सो निर्णय पुनर्विचार गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ ।
यसैगरी निर्वाचन आयोगले निर्वाचनमा सबै राजनीतिक दलहरुलाई भाग लिन पाउने वातावरण निर्माण गर्न पनि सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?