राप्रपा अब पहिलो शक्ति बन्छ : पूर्वमन्त्री चन्द

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २१, २०७३
|
|
१५६ पटक हेरिएको
Shares
राप्रपा अब पहिलो शक्ति बन्छ : पूर्वमन्त्री चन्द

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्ववाणिज्य मन्त्री जयन्तबहादुर चन्दले राप्रपा अब पहिलो शक्ति बन्ने भएको छ ।
  • राप्रपा पाटन नगर अधिवेशनमा सम्बोधन गर्दै पूर्वमन्त्री चन्दले आर्थिक प्रलोभनमा धर्म परिवर्तन गर्ने खेल भइरहेको र यसलाई रोक्नका लागि राप्रपा लागिपरेको बताउनुभयो ।
  • उहाँले भन्नुभयो, “ठूला राजनीतिक दलले जनतालाई धोका दिएकाले अब राप्रपा वैकल्पिक शक्तिका रुपमा उदय हुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्ववाणिज्य मन्त्री जयन्तबहादुर चन्दले राप्रपा अब पहिलो शक्ति बन्ने भएको छ ।

राप्रपा पाटन नगर अधिवेशनमा सम्बोधन गर्दै पूर्वमन्त्री चन्दले आर्थिक प्रलोभनमा धर्म परिवर्तन गर्ने खेल भइरहेको र यसलाई रोक्नका लागि राप्रपा लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला राजनीतिक दलले जनतालाई धोका दिएकाले अब राप्रपा वैकल्पिक शक्तिका रुपमा उदय हुन्छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीको उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका चन्दले बैतडीको विकासका लागि आफू लागिपरेको समेत बताउनुभयो ।

अधिवेशनले गजेन्द्रबहादुर बोहराको अध्यक्षतामा ३१ सदस्यीय नगरसमिति पनि गठन गरेको छ । समितिको उपाध्यक्षमा दानसिंह बिष्ट र लक्ष्मी बिष्ट, सचिवमा मानसिंह बिष्ट, कोषाध्यक्षमा हिरा बिष्टलगायत अन्य सदस्यहरु रहेका राप्रपाका केन्द्रीय सदस्य गणेश बिष्टले जानकारी दिनुभयो ।

यस्तै, दशरथचन्द नगरपालिकाको नगरअधिवेशन पनि बिहीबार उद्घाटन गरिएको छ । अधिवेशनले आज नगरसमिति चयन गर्ने राप्रपाका जिल्ला सचिव प्रजापति जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रशासन, जवाफदेहिता र विद्युतीय हस्ताक्षर-राम प्रसाद सापकोटा
प्रशासन, जवाफदेहिता र विद्युतीय हस्ताक्षर-राम प्रसाद सापकोटा
इराकमा बन्दुकधारीको आक्रमणबाट ११ को मृत्यु
इराकमा बन्दुकधारीको आक्रमणबाट ११ को मृत्यु
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट
डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जलीका लागि राखियो, आजै पशुपति विद्युतीय शवगृहमा दाहसंस्कार गरिने
डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जलीका लागि राखियो, आजै पशुपति विद्युतीय शवगृहमा दाहसंस्कार गरिने
मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी, एमालेको असहमति
मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी, एमालेको असहमति
लाजै मर्दो अबस्थामा रहेका महिला र पुरुष प्रहरीको खोरमा !!!
लाजै मर्दो अबस्थामा रहेका महिला र पुरुष प्रहरीको खोरमा !!!
उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापतिको कोरोना रिपोर्ट नेगेटिभ
कांग्रेसले हार स्वीकार गरिसक्यो :माधवकुमार नेपाल
कांग्रेसले हार स्वीकार गरिसक्यो :माधवकुमार नेपाल
MP provides monthly salary for social cause
MP provides monthly salary for social cause
देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु
देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु

तपाईंले छुटाउनुभयो कि?