देउवा नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे राप्रपाभित्र विवाद

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०७४
|
|
१९ पटक हेरिएको
Shares
देउवा नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे राप्रपाभित्र विवाद

सारांश

  • २१ जेठ, काठमाडौं ।
  • शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे राप्रपाभित्र विवाद चर्किएको छ ।
  • सरकारमा आउन देउवाले गरेको लिखित आग्रहका विषयमा निर्णय गर्न राप्रपाले आइतबार बिहान कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

२१ जेठ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे राप्रपाभित्र विवाद चर्किएको छ । सरकारमा आउन देउवाले गरेको लिखित आग्रहका विषयमा निर्णय गर्न राप्रपाले आइतबार बिहान कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

सरकारमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपालाई शनिबार लिखित पत्र पठाएका छन् । पत्र पठाएलगत्तै देउवाले सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा राप्रपा नेता पशुपति समशेर राणा र कमल थापालाई छलफलका लागि बोलाएका थिए ।

तर, देउवाले बोलाएको बैठकमा कमल थापा गएनन्, पशुपति समशेर राणामात्रै उपस्थित भए ।

राणासँगको भेटमा देउवाले राप्रपालाई ४ वटा मन्त्रालय दिन सकिने तर उपप्रधानमन्त्री दिन नसकिने प्रस्ताव राखे । राप्रपाले चलाएका पुरानै ४ वटा मन्त्रालय दिने देउवाले राणासँग प्रस्ताव राखेको स्रोतले बतायो । अघिल्लो सरकारमा राप्रपाले स्थानीय विकास, आपूर्ति र भूमिसुधार र पर्यटन मन्त्रालय पाएको थियो ।

राप्रपालाई चारवटा मन्त्रालय दिने भनिए पनि आइतबारसम्म पहिलो चरणको सरकार गठनका लागि एकजना मन्त्रीको मात्रै नाम दिन देउवाले राणालाई आग्रह गरे ।

देउवाको यस्तो प्रस्ताव आएपछि शनिबार नै महाराजगञ्जस्थित पशुपति समशेर राणाको निवास ‘विजयबास’ मा राप्रपाका शीर्ष नेताहरुको अनौपचारिक बैठक बस्यो ।

बिजयबासको गोप्य बैठकमा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्री नपाएसम्म राप्रपा सरकारमा जान नहुने र सरकारको नेतृत्व पार्टी अध्यक्षले नै गर्न पाउनुपर्ने लाइन प्रस्तुत गरेका थिए । सरकारमा राप्रपालाई सम्मानजनक स्थान हुनुपर्ने अध्यक्ष थापाको भनाइ थियो ।

तर, पशुपति समशेर राणाले भने ४ वटा मन्त्रालय पाउनु राप्रपाका लागि सम्मानजनक भएको भन्दै उपप्रधानमन्त्री नपाए पनि सरकारमा जानुपर्ने अडान राखेका थिए ।

सो छलफलमा राणा र चन्द दुबैले राप्रपा प्रजातान्त्रिक शक्ति भएकाले उसको गठबन्धन एमालेसित नभई कांग्रेससँगै हुनुपर्ने मत राखेका थिए । अध्यक्ष थापाले चाँहि नेपाली कांग्रेस राप्रपाको मुख्य प्रतिस्पर्धी दल भएको बताएका थिए ।

शनिबार साँझसम्म चलेको सो छलफलमा शीर्षनेतावीच तीतो भनाभनसमेत भएको स्रोतले बतायो । पहिलो चरणको चुनावमा एमालेसँग मिल्दा राप्रपाको के हालत भयो भन्दै राणा पक्षका नेताले कमल थापाको ‘गल्ती’ औंल्याएको स्रोतले अनलाइनखबरलाई बतायो ।

त्यसैगरी अघिल्लो सरकारमा उपप्रधानमन्त्री पाइरहेका बेला कमल थापाले सरकार छाड्ने निर्णय गरेका कारण राप्रपाप्रति सत्तारुढ गठबन्धनको विश्वास टुटेको भन्दै राणा पक्षले थापाको आलोचना गरेको स्रोतले बतायो ।

‘उपप्रधानमन्त्री पाउनुभएकै थियो, किन छाडेको ?’ विजयबास बैठकमा राणा पक्षले थापालाई सोधेको प्रश्न उधृत गर्दै स्रोतले भन्यो, ‘तपाई शुक्रबार ओलीलाई भेट्न एमालेको संसदीय दलको बैठकमै किन जानुभएको ? देउवाले बोलाएको ठाउँमा किन नजानुभएको ? यस्तो भएपछि राप्रपामाथि विश्वासको संकट आउनु स्वाभाविकै हो ।’

केपी ओलीसँग अध्यक्ष कमल थापाले गरेको साँठगाठँका कारण पहिलो चरणको चुनावमा राप्रपाले ठूलो घाटा ब्यहोर्नुपरेको राणा पक्षको भनाइ थियो । त्यसैगरी संविधान संशोधन प्रस्तावमाथि संसदमा छलफल हुन लाग्दा पूर्वराप्रपा नेपाल समूहका नेताहरुले ओलीसँग साँठगाँठ गरेको आरोपसमेत पूर्वराप्रपा समूहका नेताहरुले लगाएका छन् ।

सरकारमा जानेबारे दुई लाइन

विजयबासको बैठकमा राणा र चन्द पक्षका नेताहरुले ४ वटा मन्त्रालय लिएर भए पनि राप्रपा सरकारमा जानुपर्ने र तीनवटै चुनावमा राप्रपा सरकारमा प्रजातान्त्रिक गठबन्धनमा रहनुपर्ने लाइन प्रस्तुत गरेका थिए ।

र, सरकारमा मन्त्रीहरु पठाउँदा राप्रपाले समानुपातिक तर्फका भन्दा पनि प्रत्यक्ष निर्वाचित सांसदहरुलाई प्राथमिकता दिनुपर्ने राणा पक्षका नेताहरुले जोड दिएका थिए ।

अध्यक्ष कमल थापाले चाँहि उपप्रधानमन्त्री नपाएसम्म र आफैंले सरकारको नेतृत्व गर्न नपाउँदासम्म राप्रपालाई सरकार बाहिरै राख्न चाहेको स्रोतले बतायो ।

सरकारमा जाने नजानेबारे अहिले आइतबार बिहानको बैठकले टुंगो लगाउने राप्रपाका केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसीसी इमर्जिङ कपमा नेपालले जित्यो टस: नेपाल र हङकङ अहिले भिडिरहेका छन्
एसीसी इमर्जिङ कपमा नेपालले जित्यो टस: नेपाल र हङकङ अहिले भिडिरहेका छन्
यस्ता छन् कांग्रेसबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेद्वार (अन्तिम नामावलीसहित)
यस्ता छन् कांग्रेसबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेद्वार (अन्तिम नामावलीसहित)
भागबण्डा मिल्यो,एमाले ४०, माओवादीलाई २६ को नेतृत्व (नाम सहित)
भागबण्डा मिल्यो,एमाले ४०, माओवादीलाई २६ को नेतृत्व (नाम सहित)
प्रकाश दाहाल अन्त्येष्टिको पशुपतिमा तयारी
प्रकाश दाहाल अन्त्येष्टिको पशुपतिमा तयारी
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा, बाँस्कोटाको बिरासत तोड्न हुमागाईँलाई कति कठिन ?
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा, बाँस्कोटाको बिरासत तोड्न हुमागाईँलाई कति कठिन ?
कसरी बन्यो छायाँनाथ रारा पहिलो मदिरामुक्त नगर
कसरी बन्यो छायाँनाथ रारा पहिलो मदिरामुक्त नगर
त्रास देखाएर उठेका ‘डन’ हरू अल्पायुमै लास बनेर सक्किन्छन !
त्रास देखाएर उठेका ‘डन’ हरू अल्पायुमै लास बनेर सक्किन्छन !
३३ वर्षीय प्रेमीकाका साथ सरकारी निवास सरे बेलायती प्रधानमन्त्री
३३ वर्षीय प्रेमीकाका साथ सरकारी निवास सरे बेलायती प्रधानमन्त्री
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
रुसद्वारा युक्रेनको आवासीय भवनमा हमला
रुसद्वारा युक्रेनको आवासीय भवनमा हमला

तपाईंले छुटाउनुभयो कि?