राष्ट्रिय सभामा कोमल ओलीको कवितात्मक मन्तव्य (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
राष्ट्रिय सभामा कोमल ओलीको कवितात्मक मन्तव्य (भिडियोसहित)

सारांश

  • मंगलबार राष्ट्रिय सभामा कोमल ओलीले कवितात्मक मन्तव्य राखेकी छिन्।
  • राष्ट्रिय सभामा दोस्रो पटक सम्बोधन गर्ने क्रममा ओलीले सहिदको सम्झना गर्दै कविता वाचन गरेकी हुन् ।
  • ओलीले शार्दूलविक्रीडित छन्दको कविता वाचन गरेकी हुन् ।

मंगलबार राष्ट्रिय सभामा कोमल ओलीले कवितात्मक मन्तव्य राखेकी छिन्। राष्ट्रिय सभामा दोस्रो पटक सम्बोधन गर्ने क्रममा ओलीले सहिदको सम्झना गर्दै कविता वाचन गरेकी हुन् । ओलीले शार्दूलविक्रीडित छन्दको कविता वाचन गरेकी हुन् । यद्यपी ओलीले रचना कसको हो भन्ने खुलाइनन् । उनले वाचन गरेको कविता सहिदप्रति समर्पित थियो । उनले कविता लय हालेर वाचन गरेकी थिइन् ।

त्यसैगरी राष्ट्रिय सभा सदस्य ओलीले युरोपियन युनियन (ईयू)को वक्तव्यप्रति आक्रोश व्यक्त गरेकी छिन् । उनले संवैधानिक व्यवस्थाविरुद्ध आएको ईयूको वक्तव्यले अन्तराष्ट्रिय स्तरबाट आक्रमण सुरु भएको बताइन् ।

‘आम जनताले चाहेको समृद्धिको बाटोमा अवरुद्ध हुन सुरु भएको छ । हामीलाई सामान्य लाग्न सक्ला तर, इयूले जुन किसिमको रिर्पाट दिएको छ, त्यसले नेपाली जनतालाई भ्रम सिर्जना गर्नमा भूमिका खेल्दै छ’, ओलीले भनिन्, ‘हामी अब पहिलेको स्थितिमा छैनौँ । देश समृद्धिको यात्रामा अघि बढिसकेको छ । हामी सजक नभए आगामी दिनमा यस्ता रिपोर्ट दैनिक आउन सक्छन् र नेपाल र नेपालीका लागि घातक हुन सक्छन् ।’

उनले राष्ट्रिय सभाका सबै सदस्यलाई ईयूको रिपोर्टविरुद्ध बोल्नुपर्ने र विरोध जनाउनुपर्ने धारणा राखिन् ।

https://www.facebook.com/sabin.dhamala/videos/1846166465407548/

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Minesh Gole

    He bhagawan kasto khalko arko neta banayo koi ukhan tukka garne koi kabita baachan garne esari kahilesamma rajae garne ???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?