रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ५ वैशाख, रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन् ।
  • बाह्र वर्षीय गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डशिप कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने भएका हुन् ।
  • फुटबल फर फ्रेन्डशिप, ग्याजप्रोम र फिफाको सहयोगमा यूवा फुटबलको विकाशका साथै स्वस्थ जीवनयापनका लागि प्रेरित गर्ने लक्ष्यका साथ सञ्चालित कार्यक्रम हो ।

काठमाडौँ, ५ वैशाख, रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन् ।

बाह्र वर्षीय गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डशिप कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने भएका हुन् ।

फुटबल फर फ्रेन्डशिप, ग्याजप्रोम र फिफाको सहयोगमा यूवा फुटबलको विकाशका साथै स्वस्थ जीवनयापनका लागि प्रेरित गर्ने लक्ष्यका साथ सञ्चालित कार्यक्रम हो । उक्त कार्यक्रमका अवसरमा विश्वभरका बालबालिकाबीच एक अर्काको संस्कृती आदानप्रदान हुनेछ । दुई सय १० देशका यूवाको सहभागिता रहने सो कार्यक्रममा नेपालले पहिलो पटक भाग लिन लागेको बताइएको छ ।

यही जुनमा रुसको मस्कोमा हुने कार्यक्रममा गिरिश यूवा फुटबलरका रुपमा भाग लिनेछन् । त्यहाँ ३२ टोलीबीच ग्याजप्रोम फुटबल फर फ्रेन्डसिप इन्टरनेशनल च्याम्पियनसिपअन्तर्गत मैत्रपूर्ण खेल हुने छ । अनमेश यूवा पत्रकारको रुपमा सहभागि हुनेछन् । दुवैजनाले रुसमै हुने ‘फुटबल फर फ्रेन्डशिप अन्तर्राष्ट्रिय बालबालिका फोरम’को छैटौँ संस्करणमा समेत भाग लिनेछन् । उनीहरुले विश्वकपको फुटबलको उद्घाटन कार्यक्रम तथा खेल हेर्न पाउने बताइएको छ ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?