रेखा थापाले भनिन्, ‘मेरो बाल विवाह थियो’
सारांश
- काठमाडौं, २४ फागुन – अभिनेत्री रेखा थापाले आफ्नो बाल विवाह भएको बताएकी छन् ।
- १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंको लाजिम्पाटमा आयोजित “म बोल्छुु” कार्यक्रममा उनले आफू अहिले बाल विवाह विरुद्धको अभियानमा रहेको बताएकी छिन् ।
- ‘मेरो बाल विवाह थियो ।
काठमाडौं, २४ फागुन – अभिनेत्री रेखा थापाले आफ्नो बाल विवाह भएको बताएकी छन् । १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंको लाजिम्पाटमा आयोजित “म बोल्छुु” कार्यक्रममा उनले आफू अहिले बाल विवाह विरुद्धको अभियानमा रहेको बताएकी छिन् ।

‘मेरो बाल विवाह थियो । जुन दिन मैले आफ्नो भूमिका थाहा पाएँ त्यसपछि विद्रोह गरें । घरबाट केही गर्छु भनेर निस्केकी थिएँ । त्यसैले म अहिले बाल विवाह विरुद्धको अभियानमा छु’ उनले भनिन् । उनले छवि ओझासँग विवाह गरेर डिभोर्स दिएकी थिइन् । अहिले बाल विवाह विरुद्धको सामाजिक अभियन्ता समेत बनेकी छिन् ।
उनले आफूले नेपाली चलचित्र क्षेत्रमा हिरोको भूमिकामा महिलालाई ल्याएको दाबी गरेकी छिन् । उनले भनिन्, मैले नै भूमिका परिवर्तन गरेको हो । लामो पहिरनमा अल्झिएर दोस्रो भूमिका रहेका महिलालाई छोटो छरितो लुगाबाट मुख्य भूमिकामा ल्याएको बताइन् ।
‘त्यो बेला मलाई कतिले के के भने । मलाई त्यसको मतलव छैन । महिलालाई अगाडि ल्याउनुपर्छ’ मैले जहिलेपनि महिलालाई मुख्य भूमिका राखेर फिल्म बनाएकी छु । यो मेरो उद्देश्य हो । उनले भनिन् ।’
राजनीतिमा आरक्षण छुट्टयाएको भन्दै उनले विरोध पनि गरिन् । कहिलेसम्म हो महिलालाई किस्तीमा पद दिने ? नेपाली राजनीतिलाई पनि नजिकबाट बुझेकी छु । उनले भनिन् किस्तीमा दिएको पद लिएर हामी बस्नु हुन्न । प्रतिस्पर्धामा उत्रनुपर्छ ।
Narbahadur Gharti
त्यो पनि हजुबा संग
Shamsuddin Siddique
Aba briddhhaa bibaah garda hunxa.
Deewakar Pandey
अब जे भन्दा हुन्छ ।
Ambar Purkuti
गर्ने बेलामा मोज गरि अहिले बाल बिबह छानी छानी मिज गर
Arjun Khadka
kina hatar gareko ta.
Bishnu Thapa
Dhari budo vayo.vanayar bal bibaha vanayko
Paudel Krishna
वाल विवाह भयपनि वहु विवाह भयपनि अब तिमी भर,,,,,,,छैनो त,,
Durga Acharya
Je boleni huncha?
Vima Rai
Garnebelama moj garne ahile balbibibaha lajhudaina