ललितपुरको मतगणना विवादः काँग्रेसका चिरीबाबु महर्जनको नाममा अदालतले दियो कारण देखाउ आदेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १९, २०७४
|
|
३९ पटक हेरिएको
Shares
ललितपुरको मतगणना विवादः काँग्रेसका चिरीबाबु महर्जनको नाममा अदालतले दियो कारण देखाउ आदेश

सारांश

  • काठमाडौँ, १९ जेठ ।
  • ललितपुर महानगरपालिकाको मेयरको मतगणनासम्बन्धी विवादमा अदालतले विपक्षीको नाममा कारण देखाउन आदेश दिएको छ ।
  • ललितपुर महानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार बनेका हरिकृष्ण व्यञ्जनकारले आफूलाई बदनियतपूर्वक हराइएको भन्दै दायर गरेको उजुरीमा उच्च अदालत पाटनले विपक्षीको नाममा शुक्रबार कारण देखाउ आदेश मागेको हो ।

काठमाडौँ, १९ जेठ । ललितपुर महानगरपालिकाको मेयरको मतगणनासम्बन्धी विवादमा अदालतले विपक्षीको नाममा कारण देखाउन आदेश दिएको छ ।

ललितपुर महानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार बनेका हरिकृष्ण व्यञ्जनकारले आफूलाई बदनियतपूर्वक हराइएको भन्दै दायर गरेको उजुरीमा उच्च अदालत पाटनले विपक्षीको नाममा शुक्रबार कारण देखाउ आदेश मागेको हो । व्यञ्जनकारले उच्च अदालत पाटनमा बुधबार फिरादपत्र दर्ता गराएका थिए।

मत गणनााकै समयमा दिइएका पटक पटकका निवेदनहरुको सुनुवाई नभएको, गणनाकार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेको विषयमा रुजुसम्म गर्न नदिएको र आफ्ना गणना प्रतिनिधिहरुलाई मुचुल्कामा हस्ताक्षर समेत नगराई एकतर्फी एकलौटी रुपमा मतगणना गरेको लगायतका विषय किटानी गरी एमालेका मेयरका उम्मेदवार व्यन्जनकारले बुधबार मुद्धा दायर गरेका थिए । भरतपुर महानगरपालिकाको मत गणनाा रोकिएर निर्वाचनको अन्तिम मत परिणामका सन्दर्भमा देशैभरको ध्यान त्यसतर्फ गईरहँदा ललितपुर महानगरपालिकाको मत परिणामको विषयमा परेको उजुरीले अझ ध्यान तानेको छ ।

महानगरको वडा नं १,२,४,९ र २६ को गणनामा विवाद भएको र आफनो सहमति बेगर आयोगक कर्मचारीले पेलेर जाने नीति लिएर आफूलाई अन्यायमा पारेको व्यञ्जनकारको दावी छ । आफ्ना गणना प्रतिनिधिहरुलाई उद्धृत गर्दै व्यञ्जनकारले आफ्नो ४१५ मत बढी भएर विजयी हुनुपर्नेमा निर्वाचन आयोगले धाँधली गरेर काँग्रेसका चिरीबाबु महर्जनको भन्दा ३२६ मत कम गराएर हराइएको समेत निवेदनमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तहका उम्मेदवारले खर्च विवरण बुझाएनन्
स्थानीय तहका उम्मेदवारले खर्च विवरण बुझाएनन्
आचारसंहितालाई पालना गर्नु सबैको कर्तव्य हो ः नेता केसी
आचारसंहितालाई पालना गर्नु सबैको कर्तव्य हो ः नेता केसी
नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब पुग्यो: कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा ओगट्दा बढ्यो वित्तीय भार
नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब पुग्यो: कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा ओगट्दा बढ्यो वित्तीय भार
विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने
विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने
इटलीमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चार सय पुग्यो
इटलीमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चार सय पुग्यो
मन्त्रीबाट पदमुक्त भएलगत्तै परराष्ट्रमन्त्रीले बुझाए सम्पत्ति विवरण
मन्त्रीबाट पदमुक्त भएलगत्तै परराष्ट्रमन्त्रीले बुझाए सम्पत्ति विवरण
छठका लागि भोलि पनि सार्वजनिक विदा
छठका लागि भोलि पनि सार्वजनिक विदा
मदन भण्डारीको दुर्घटनाबारे बोलीन राष्टपति भण्डारी
मदन भण्डारीको दुर्घटनाबारे बोलीन राष्टपति भण्डारी
एमालेले  प्रदेश २  चुनावी अभियानमा  ६३ देखि ७४ जित्ने….
एमालेले प्रदेश २ चुनावी अभियानमा ६३ देखि ७४ जित्ने….
बुढानिलकण्ठकी युवतीको नारायणीमा डुबेर मृत्यु
बुढानिलकण्ठकी युवतीको नारायणीमा डुबेर मृत्यु