‘लुट २’ किन हेर्ने त्? कलाकारहरु के भन्छन ?
सारांश
- ‘लुट २’का निर्देशक निश्चल बस्नेतले केहि दिन अगाडि आयोजित पत्रकार सम्मेलनमा यदि चलचित्र सेन्सर बोर्डले संवाद र दृश्य काटेर पनि चलचित्रलाई ‘एडल्ट सर्टिफिकेट’ दिएको खण्डमा सर्वोच्च जाने बताएका थिए ।
- यसैले पनि चलचित्रलाई सेन्सर बोर्डले कसरि हेर्छ भन्ने कौतुहलता धेरैमा थियो ।
- चलचित्रको सेन्सर बोर्डले चलचित्रलाई ‘पीजी’ सर्टिफिकेट दिएको छ ।
‘लुट २’का निर्देशक निश्चल बस्नेतले केहि दिन अगाडि आयोजित पत्रकार सम्मेलनमा यदि चलचित्र सेन्सर बोर्डले संवाद र दृश्य काटेर पनि चलचित्रलाई ‘एडल्ट सर्टिफिकेट’ दिएको खण्डमा सर्वोच्च जाने बताएका थिए ।

यसैले पनि चलचित्रलाई सेन्सर बोर्डले कसरि हेर्छ भन्ने कौतुहलता धेरैमा थियो । चलचित्रको सेन्सर बोर्डले चलचित्रलाई ‘पीजी’ सर्टिफिकेट दिएको छ ।
चलचित्रमा समावेश केहि दोहोर अर्थ लाग्ने र समाजमा अश्लिल मानिने केहि दृश्य काटेर सेन्सरले ‘पीजी’ सर्टिफिकेट दिएको निर्माणपक्षले जानकारी दिएको छ । अब, यो चलचित्र हेर्नका लागि १६ बर्ष तलका बालबालिकाले अभिभावकलाई साथमा लैजानु पर्नेछ ।
चलचित्रका केहि दृश्यका कारण सेन्सरले ‘पीजी’ सर्टिफिकेट दिएको हो । निश्चल बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई , सौगात मल्ल, विपिन कार्की, ऋचा शर्मा लगायतका कलाकारको अभिनय छ । फागुण १३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।
के भन्छन त कलाकारहरु चलचित्र लुट२ को बारे भिडियो हेर्नुस
https://www.youtube.com/watch?v=j_gwiY-eNdw&t=78s
प्रतिक्रिया