लोकमान विरुद्ध युवा संघले संसद भवन घेर्ने…

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ८, २०७३
|
|
९९५ पटक हेरिएको
Shares
लोकमान विरुद्ध युवा संघले संसद भवन घेर्ने…

सारांश

  • अख्तियार दुरुपयोग अुनसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध भोली (मंगलबार) युवाहरुले संसद भवन घेर्ने भएका छन्।
  • युवा संघ नेपालको आयोजनामा हुने घेराउ कार्यक्रम नयाँ बानेश्वरबाट २ बजे सुरु हुने बताइएको छ।
  • घेराउ लोकमानसिंह कार्कीविरुद्ध संसदबाट महाअभियोग प्रस्ताव पारित गर्न दबाब दिने उदेश्यले गर्न लागेको संघ महासचिव किरण पौडेलले बताए।

अख्तियार दुरुपयोग अुनसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध भोली (मंगलबार) युवाहरुले संसद भवन घेर्ने भएका छन्। युवा संघ नेपालको आयोजनामा हुने घेराउ कार्यक्रम नयाँ बानेश्वरबाट २ बजे सुरु हुने बताइएको छ।

घेराउ लोकमानसिंह कार्कीविरुद्ध संसदबाट महाअभियोग प्रस्ताव पारित गर्न दबाब दिने उदेश्यले गर्न लागेको संघ महासचिव किरण पौडेलले बताए। संघले सम्पूर्ण युवाहरुलाई घेराउमा सहभागी हुन आव्हान गरेको छ।

‘लोकतन्त्रमा मौलाएको लोकमानतन्त्रविरुद्ध हामीले संसद भवन घेराउ गर्न लागेका हौं,’ महासचिव पौडेलले भने, ‘सम्पूर्ण युवाहरुलाई यो बेतिथिकाविरुद्ध जुट्न हामी आव्हान गछौं।’

यसअघि विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनले कार्की विरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न दबाब दिदै राजधानीमा र्‍याली निकालेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?