वर्षाका कारण बाटो अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २२, २०७४
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • गौशाला, २२ जेठ ।
  • महोत्तरी जिल्लामा आज एकाबिहानै परेको भीषण वर्षाका कारण जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड अवरुद्ध भएको छ ।
  • बिहान ५ बजेदेखि नै परेको भीषण वर्षाका कारण जिल्लाको जलेश्वर–जनकपुरसहित जलेश्वर–मटिहानी, जलेश्वर–भिट्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायतका बाटो पनि अवरुद्ध भएको छ ।

गौशाला, २२ जेठ । महोत्तरी जिल्लामा आज एकाबिहानै परेको भीषण वर्षाका कारण जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड अवरुद्ध भएको छ ।

बिहान ५ बजेदेखि नै परेको भीषण वर्षाका कारण जिल्लाको जलेश्वर–जनकपुरसहित जलेश्वर–मटिहानी, जलेश्वर–भिट्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायतका बाटो पनि अवरुद्ध भएको छ ।

जिल्लाका प्रायः सबै बाटामा स्तरोन्नतिका काम भइरहेका कारण ठाउँठाउँमा खाल्डाखुल्डी भएकाले ती खाल्डाखुल्डीमा पानी जमेर यातायातका साधन चलाउन नसकिने भएको छ ।

त्यस्तै बाटोमा माटाका थुप्रा यत्रतत्र रहेकाले पानी परेपछि सबैतिर हिलैहिलो भएर यातायातका साधन फस्ने र दुर्घटना हुने डर भएकाले बाटा अवरुद्ध भएका छन् ।

भीषण वर्षाका कारण हिलो र पानी जमेर कुनै पनि बाटोमा बस, जिप, ट्र्याक्कर, ट्रक, टेम्पु, अटोरिक्सा र मोटरसाइकल समेत चलाउने अवस्था नभएपछि जिल्लाका सबै बाटो अवरुद्ध भएको हो ।

तर जिल्लाभित्रका एकमात्र जलेश्वर–बर्दिवास पक्की बाटो भएकाले सो बाटो अवरुद्ध नभएको र अन्य बाटो अवरुद्ध भएपछि यस बाटोमा यातायातका साधनको चाप बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बक्सिङ्ग रियालिटी शो हुने भयो
बक्सिङ्ग रियालिटी शो हुने भयो
‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता
‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता
पानीको स्रोत संरक्षणमा एकजुट भएर जुटौं : खानेपानी मन्त्री मगर
पानीको स्रोत संरक्षणमा एकजुट भएर जुटौं : खानेपानी मन्त्री मगर
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्य
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्य
राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ! राप्रपा बाहिरिएपछि सरकार ढल्छ?
राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ! राप्रपा बाहिरिएपछि सरकार ढल्छ?
यौनेच्छा भएपछि महिलाले देखाउने व्यवहार यस्ता छन्
यौनेच्छा भएपछि महिलाले देखाउने व्यवहार यस्ता छन्
सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध
सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध
देउवासँग नमिलेको स्पष्टीकरण दिँदै पौडेल समूहले बोलायो भेला
देउवासँग नमिलेको स्पष्टीकरण दिँदै पौडेल समूहले बोलायो भेला
सुजुकी मोटरसाइकलको मेगा एक्सचेञ्च मेला, बजार मुल्यभन्दा १५ हजार बढि भ्यालुएसन
सुजुकी मोटरसाइकलको मेगा एक्सचेञ्च मेला, बजार मुल्यभन्दा १५ हजार बढि भ्यालुएसन
निगमले पूर्वाधार शुल्क हटाउने
निगमले पूर्वाधार शुल्क हटाउने

तपाईंले छुटाउनुभयो कि?