वाईडबडी प्रकरण: देउवाले थर्काएपछि संयोजक राजेन्द्र कुमार केसी बेपत्ता !

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २२ पुस ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हप्काएपछि सार्वजनिक लेखा समितिका सदस्य तथा वाईडबडी विमान खरिद प्रकरण छानबिन उपसमितिका संयोजक राजेन्द्र कुमार केसी बेपत्ता भएका छन् ।
  • केसीकाे संयाेजकत्वमा गठित उपसमितिले वाईडबडी खरिद प्रकरणमा ठूलो घोटाला भएको प्रतिवेदन ल्याएको थियो ।

काठमाडौं, २२ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हप्काएपछि सार्वजनिक लेखा समितिका सदस्य तथा वाईडबडी विमान खरिद प्रकरण छानबिन उपसमितिका संयोजक राजेन्द्र कुमार केसी बेपत्ता भएका छन् ।

केसीकाे संयाेजकत्वमा गठित उपसमितिले वाईडबडी खरिद प्रकरणमा ठूलो घोटाला भएको प्रतिवेदन ल्याएको थियो । त्यस्तै, उपसमितिले वाईडबडी खरिद घोटालामा कांग्रेसका नेता जीवनबहादुर शाही र जीतेन्द्र नारायण देवलाई पनि मुछेको थियाे । रिपाेर्टश नेपालका अनुसार उपसमितिका संयोजक केसीले आफ्नै पार्टीका नेताहरुको नाम मुछेकोमा देउवा असन्तुष्ट भएकाे स्राेतकाे दावि छ । त्यही भएर देउवाले शुक्रबार संयोजक केसीलाई थर्काएका थिए । स्रोतका अनुसार देउवाले हचुवाको भरमा नाम किन मुछेको भन्दै थर्काएपछि केसी शुक्रबार देखि बेपत्ता छन् । उनले देउवाको दबाब थेग्न नसकेर मोवाईल नै ‘स्विच–अफ’ गरेका थिए ।

(https://www.losaltosresort.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?