विजयनगर –४ खुल्ला दिसामुक्त घोषणा

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
विजयनगर –४ खुल्ला दिसामुक्त घोषणा

सारांश

  • माधव बेल्वासे,चन्द्रौटा कपिलवस्तु, ९वैशाख।
  • कपिलवस्तुको विजयनगर गाउँपालिका वडा न ४ लाई आईतवार खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ ।
  • “विजयनगर वडा ४ बासीको पहिचान,खुल्ला दिसा मुक्त अभियान”भन्ने नारा सहित सुरु गरिएको अभियान सफल भएको छ ।

माधव बेल्वासे,चन्द्रौटा कपिलवस्तु, ९वैशाख।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा न ४ लाई आईतवार खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ । “विजयनगर वडा ४ बासीको पहिचान,खुल्ला दिसा मुक्त अभियान”भन्ने नारा सहित सुरु गरिएको अभियान सफल भएको छ । गाउँपालिकाले यहि वैसाख भित्र वाकि रहेका सम्पुर्ण वडाहरुलाई खुल्ला दिसा मुक्त घोषणा गर्ने लिएको लक्ष्य अनुसार खुल्ला दिसा मुक्त घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष्य गोपाल थापाले वताए ।सुन्दर विजयनगर गाउपालिका बनाउने अभियानका क्रममा जनतालाई सचेत वनाउदै शौचालय प्रयोगको वारेमा जानकारी गराएर सवैको घरमा शौचालय निमार्ण गर्न अभिप्ररित गरेको थापाले वताए ।

कपिलवस्तुको पहिला खुल्ला दिसा मुक्त गाविश विजयनगरको गुगौली भएको र तेस्रो खुल्ला दिसा मुक्त गाविश पनि हाल विजयनगर गाउपालिकामै रहेको वताए । विजयनगर गाउपालिका मा रहेका ७ वटा वडा मध्य अव एउटा वडा मात्र खुल्ला दिसा मुक्त घोषणा गर्न वाकि रहेकोले त्यो वडालाई यहि वैसाख मसान्त भित्र घोषणा गर्ने प्रतिवद्धता जनाए ।२१ औ शताब्दीमा पनि शौचालय बनाएर यस को प्रयोग वारे सिकाउन सरकारले लाखौ रकम खर्च गरेकोले अव जनता सचेत हुनुपर्नेमा थापाले जोड दिए ।

विजयनगर गाउँपालिका अन्य स्थानिय तह भन्दा अगाडी रहेकोले अव समृद्धीको वाटोमा लागेको वताए ।विजयनगर गाउपालिका वडा न ४ मा रहेका ९ सय ७४ घरधुरी मध्ये शत प्रतिशत घरधुरीले शौचालय प्रयोग गर्ने गरेको वडा अध्यक्ष तिलक कडेलले वताए ।९ सय २५ घरधुरीमा आफ्नै शौचालय रहेको र ४९ घरधुरीले भने साझा शौचालय प्रयोग गरीरहेको कडेलले जनाए ।आगामी दिनमा वडालाई पुर्ण सरसफाई,वालमैत्री स्थानिय शासन युक्त,पुर्ण खोप युक्त,शुद्ध खानेपानिको व्यावस्था र शौचालयको प्रयोग वारे अनुगमन गरीने कार्ययोजना अध्यक्ष कडेलले अघि सारेका छन।

विगतमा विभिन्न समय तोकिएको मितिमा विभिन्न कारणले खुल्ला दिशा मुक्त घोषणा गर्न नसकिएको गाउपालिकाका वास संयोजक अर्जुन बेल्वासेले वताए ।विजयनगर गाउपालिकालाई यहि वैसाख भित्र खुल्ला दिशा मुक्त घोषणा गरेर अन्य कार्यक्रमलाई अघि वढाउने संयोजक बेल्वासेले वताए । जिल्लाको विकट वस्तीहरुमा केहि समस्या रहेकोले ति वस्तीलाई विकाश सगै चेनता वढाउने प्रयास भएको बेल्वासेले जोड दिए ।

कार्यक्रमा विजयनगर गाउपालिकाका उपप्रमुख लक्ष्मी चौधरी,खानेपानी सव डिभिजन कार्यलयका प्रमुख कैलाश नायक,प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरी,पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुषाल,व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,स्वास्थ्य साखाका यज्ञ अधिकारी लगाएत वोलेका थिए । सरसफाई अभियानलाई पश्चिम नेपाल ग्रामिण खानेपानी,सरसफाइ परियोजना द्रोस्रो चरण,सुआहारा लगाएतले विशेष सहयोग गर्दै आएका छन ।

(https://elitetrainingcenter.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ताे छ चिनियाँ सपनामा हिडेका देशहरुको अवस्था
राष्ट्रपतिले संस्था सुहाउँदो चरित्र बनाउनुपर्छ : खड्का (भिडियो सहित)
राष्ट्रपतिले संस्था सुहाउँदो चरित्र बनाउनुपर्छ : खड्का (भिडियो सहित)
उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल
उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल
पारश गोकर्ण जाँदा ज्ञानेन्द्र दक्षिण यात्रामा !
पारश गोकर्ण जाँदा ज्ञानेन्द्र दक्षिण यात्रामा !
संसदमा गगन थापा : प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डमाथि यसरी खनिए(भिडियोसहित)
As to why Women Are Looking For Marriage Partners
नफाल्नुस् चामलको पानी, यस्ता छन् ९ महत्वपूर्ण फाइदा
नफाल्नुस् चामलको पानी, यस्ता छन् ९ महत्वपूर्ण फाइदा
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
आजदेखि होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आउने, यसो गर्न अझै निषेध
आजदेखि होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आउने, यसो गर्न अझै निषेध
आकर्षक शरीर बनाउन यस्ता विधि अपनाउनुहोस्
आकर्षक शरीर बनाउन यस्ता विधि अपनाउनुहोस्

तपाईंले छुटाउनुभयो कि?