विपन्न परिवारका विद्यार्थीलाई सहयोग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
विपन्न परिवारका विद्यार्थीलाई सहयोग

सारांश

  • बाजुरा, २९ चैत, शिक्षामा सहज पहुँच अभिवृद्धिका लागि अति विपन्न समुदायका ३४ जना बालबालिकालाई मलेसियन नागरिक चोङ लिमले शैक्षिक सामग्री सहयोग गरेका छन् ।
  • चीनमा जन्मिएर मलेसियालाई कर्म थलो बनाएका लिम संगीत पेशामा आवद्ध छन् ।
  • संगीत भरेवापत प्राप्त हुने रकमको केही अंश उहाँले गरीव राष्ट्रका विपन्न समुदायका बालबालिकालाई सहयोग गर्दै आएका छन् ।

बाजुरा, २९ चैत, शिक्षामा सहज पहुँच अभिवृद्धिका लागि अति विपन्न समुदायका ३४ जना बालबालिकालाई मलेसियन नागरिक चोङ लिमले शैक्षिक सामग्री सहयोग गरेका छन् ।

चीनमा जन्मिएर मलेसियालाई कर्म थलो बनाएका लिम संगीत पेशामा आवद्ध छन् । संगीत भरेवापत प्राप्त हुने रकमको केही अंश उहाँले गरीव राष्ट्रका विपन्न समुदायका बालबालिकालाई सहयोग गर्दै आएका छन् ।

उहाँले रु एक लाख ४५ हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेको समन्वयकारी भूमिका निर्वाह गरेका लक्ष्मण जोशीले बताउनुभयो ।

शैक्षिक सामग्रीस्वरुप ड्रेस, झोला, कलमलगायतका सामग्री दिइएको छ । भने पाँच जना परिवारलाई २५ केजी मसिनो चामल र दाल सहयोग गरिएको छ ।

संगीत संयोजक गरेको पैसाबाट गरीव राष्ट्रका बालबालिकालाई शिक्षा आर्जनमा सहयोग गर्ने गरी बाजुरा आइपुगेको र सहयोगलाई निरन्तरता दिने बाल परामर्शदाता समेत रहेका चोङ लिमले बताउनुभयो ।

उहाँले विपन्न परिवारका लागि आगामी दिनमा सस्तो लगानीको घर निर्माण गर्ने र दुई महिनापछि कोल्टी क्षेत्रमा आएर विपन्न बालबालिकालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?